समाचार

धनराजलाई समर्थन गर्दै कांग्रेसका २ बागी उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

पोखरा, बैशाख १६ पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका कांग्रेसका दुई बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसबाट बागी उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले आज अपराह्न ४ः१५ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिएका दुबैले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन् । यसअघि उनीहरुले गठबन्धनको विरोध गर्दै उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता लिएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै ऋषिराम सापकोटाले… पुरा पढौ

गाउँ फर्क अभियान सुरु गर्न अर्थ मन्त्री बरालको सुझाव

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालले जीवनले कृषि उत्पादनलाई प्रबद्र्धन गर्न र आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि गाउँ फर्क अभियान सुरु गर्नुपर्ने बताएका छन् । पोखरा २२ को घरेडी घोताने १२ भाई समाज घर को शुक्रबार पुम्दी पुम्दीको कालाबाङमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन् । पछिल्लो समयमा घर गाउँका बस्ती रित्तिदै जाने क्रम नरोकिएकोले गाउँ फर्क अभियान सुरु गर्न सके कृषि उत्पादनमा बृद्धि हुने जसले खाद्यन्नमा समेत आत्म निर्भर हुने… पुरा पढौ

मनोनयन फिर्ताका लागि दबाब नदिन आयोगको ध्यानाकर्षण

काठमाण्डौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई मनोनयन फिर्ताका लागि दबाब नदिन सबै पक्षको ध्यानाकर्षण गराएको छ । उम्मेदवारलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने सूचना प्राप्त भएको जनाउँदै आयोगले यस्ता गतिविधि नगराउन सरोकारवालालाई आग्रह गरेको हो । आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ “यस्ता गतिविधिले कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवं कानूनी अधिकार कुण्ठित… पुरा पढौ

हप्तामा दुई दिने बिदाको होटल सङ्घ पोखराद्वारा स्वागत

कास्की । होटल सङ्घ पोखरा नेपालले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयलाई स्वागत गरेको छ । सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले आज एक विज्ञप्ति जारी गरी आगामी जेठ १ गतेबाट लागू हुने गरी मन्त्रिपरिषद्ले गरेको शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्थाले पर्यटन क्षेत्रमा सकारात्मक असर पर्ने उल्लेख गरेका छन् । लामो समयदेखि विविध समस्या झेल्दै आएको पर्यटन क्षेत्रमा दुई दिने बिदाको व्यवस्थाले केही रुपमा भए पनि व्यवसायमा राहत पुग्ने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ । सङ्घले दुई दिन… पुरा पढौ

उम्मेद्धारले नामावली फिर्ता लिने आज अन्तिम दिन

काठमाडौं । निर्वाचन आयोगले मनोनयन दर्ता गराएका उम्मेदवारले मनोनयन फिर्ता गर्न चाहे आज साँझ पाँच बजेसम्मको समय तोकेका छ । फिर्ताको समय सकिएलगत्तै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकेको थियो । देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उम्मेदवारी दर्ता भएको थियो । ती उम्मेदवारीमाथि परेका दावी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ उम्मेदवारहरुको नामावली प्रकाशन गरेको थियो । आज शुक्रबार… पुरा पढौ

विदेशबाट फर्केर गाईपालनमा रमाउदै

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टीका तेजबहादुर केसी कुनै समय विदेशमा चर्को घाममा मजदुरी गर्थे । विदेशमा उनको पसिना त्यसै खेर गइरहेको थियो । पसिना आफ्नै देशमा बगाउने अठोटले घर फर्किएका केसी पछिल्लो समय गाईपालनमा रमाएका छन् । उनको आफ्नै गाईफार्म छ । केसी दिनभर गाईको गोबर सोहर्छन् । गाईलाई दाना–घाँस खुवाउछन् । साँझ बिहान भने उनी गाईको दूध दुहुनुका साथै बजारमा बेच्न निस्कन्छन् । बाह्र वर्ष विदेश बसेर नेपाल फर्केपछि थालेको यो कामले केसीलाई आत्मसन्तुष्टि र इज्जत मिलेको छ… पुरा पढौ

ठेक्का लागेको तीन वर्षपछि सडक कालोपत्र

म्याग्दी । म्याग्दी सदरमुकामस्थित बेनी नगरपालिका–७ मङ्गलाघाटमा सडक कालोपत्र गरिएको छ । मङ्गलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर लामो सडक कालोपत्र गर्न तीन वर्ष लागेको हो । मङ्गलाघाटमा आक्सफाल्ट प्रविधिको कालोपत्र गरेको निर्माण कम्पनीले हाँडेभिरदेखि बगरफाँटतर्फ जोड्ने सडक कालोपत्र गर्न बेस र सब बेस राखेको छ । सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको उक्त योजना देव एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले रु पाँच करोडमा ठेक्का लिएको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७५ माघमा सम्झौता भएको… पुरा पढौ

वातावरणीय परीक्षण अध्ययनका लागि पोखरा विश्वविद्यालयद्धारा सम्झौता

कास्की पोखरा विश्वविद्यालयले पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनमा आफ्नो १०० शय्याको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइई) अध्ययन प्रतिवेदन तयार गर्न सम्झौता गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार डा दीपकबहादुर भण्डारी र श्रेष्ठ कन्सल्टेन्ट प्रालि, ललितपुरका प्रबन्ध निर्देशक इन्द्रलाल श्रेष्ठबीच उक्त सम्झौता भएको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए । वातावरणीय परीक्षणबाट अस्पतालको स्थापनाले स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक–आर्थिक, जनस्वास्थ्य र सांस्कृतिक पक्षमा पर्नसक्ने सम्भावित वातावरणीय प्रभावका पहिचान, सम्भावना र विश्लेषण गर्नेछ । प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्नेतर्फ अध्ययन… पुरा पढौ

म्यादी प्रहरीको मृत्यु

हुम्ला सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षिय जसबहादुर रोकायाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीबार मृत अवस्थामा भेटिएका थिए । मृत्युको कारण खुल्न सकेको छैन । घट्नाबारे प्रहरीले अनुसन्धान थालेको छ ।रासस पुरा पढौ

तनहुँमा मतपत्र आइपुग्यो

तनहुँ । आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । नेपाली सेनाको सुरक्षामा तनहुँमा बिहीबार मतपत्र ल्याइएको हो । नेपाली सेनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरेको छ । तनहुँमा ५३८ पेटी मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए। जिल्लाका लागि दुई लाख ६९ हजार थान मतपत्र आइपुगेको छ । ढुवानी गरिएका मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । निर्वाचन कार्यालयका अनुसार रबरम्याट, स्ट्यामप्याड, स्वस्तिक छाप, लाहाछाप, मार्कर पेन, स्यानिटाइजर, कैची, कर्मचारी परिचयपत्र,… पुरा पढौ