समाचार

बिरुवा गाउँपालिका बनाउन कांग्रेसका अध्यक्ष उम्मेदवारको ८ ‘ब’

पोखरा । स्याङ्जाको बिरुवा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका डोलराज ९डिआर० पोखरेलले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका छन् । समृद्ध बिरुवा बनाउन उनले आठ ‘ब’ मा आधारित रहेका प्रतिवद्धता पत्र बनाएका हुन् । आठ ‘ब’ को साथमा ‘कृषि, पर्यटन, सडक पूर्वाधार, सम्बृद्ध बिरुवा निर्माणको आधार’ र ‘आफ्नो लागि सबैले गर्छन्, अरुका लागि केही गरौं ।’ भन्ने नारा पनि अघि सारेका छन् । उनले प्रतिवद्धता जनाएका आठ ‘ब’ हरुमा बाह्रै महिना चल्ने सडक, ब्यावसायमा युवा, बौद्धिक विकाश र विशिष्ट व्यावहार, उत्पादनमा… पुरा पढौ

पोखरा लेडि जेसिज द्वारा आयोजित जेसिज सप्ताह २०२२ भव्यताका साथ सम्पन्न

कास्की । बैशाख ९ गते देखि सुरु गरिएको जेसिज सप्ताह २०२२ भव्यताका साथ सम्पन्न भएको छ । पोखरा लेडी जेसिजको आयोजनामा गरिएको सप्ताह अन्र्गत एक हप्ताभरी विभिन्न सामाजिक कार्यक्रम गरि १५ गते सम्पन्न भएको हो । ९ गते सप्ताहको औपचारिक सुरुवात गरिएको थियो भने १० गते बृहत निशुल्क स्वास्थ्य शिविर,११ गते देखि १४ गतेसम्म महिलाहरुलाई लक्षित गरि ४ दिने सिपमुलक तालिम आयोजना गरिएको थियो भने १५ गते अशक्त तथा असाय ब्यक्तिहरुलाई आवश्यक सामाग्री तथा खाद्यान्न वितरण गरिएको थियो । नेपाल… पुरा पढौ

रानीपौवाको शोभाभगवती मन्दिरमा आइतबारदेखि इही कार्यक्रम हुँदै

पोखराको रानीपौवास्थित शोभा भगवती मन्दिरमा इही (सुवर्णकुमार विवाह) कार्यक्रम हुँदैछ। कास्कीमा गठित नेवाः देय् दबू जिल्ला तथा पोखरा महानगर समितिको संयुक्त आयोजनामा आइतबार र सोमबार गरी २ दिन न्यूनतम शुल्कमा सामूहिक इही कार्यक्रम गर्न लागेको हो। इही कार्यक्रममा सहभागी प्रत्येक कन्याहरुका लागि यस पटक ३ हजार रुपैयाँ मात्रै शूल्क तोकेको नेवाः देय् दबूका अध्यक्ष अष्टमान प्रधानाङ्गले जानकारी दिएका छन्। अध्यक्ष प्रधानाङ्गका अनुसार सो शुल्कमध्येबाट इहीः पतासी (साडी) निशुल्क उपलब्ध गराउनुका साथै इहीः कार्यक्रमको पहिलो दिन इहीः गरिने कन्या तथा एक… पुरा पढौ

पोखरा–२२ को वडाध्यक्षमा गठबन्धनको सरिता बराल सर्वसम्मत

पोखरा महानगरपालिका–२२ को वडाध्यक्ष पदका लागि गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालकी सरिता बराल क्षेत्री सर्वसम्मत् उम्मेदवार बनेकी छन्। गठबन्धनको अन्य राजनीतिक दलमध्ये ४ राजनीतिक दलका प्रत्यासीहरुले उम्मेदवारी फिर्ता लिएपछि सरिता सर्वसम्मत उम्मेदवार बनेकी हुन्। समाजवादी पार्टी नेपाल कास्कीका अध्यक्ष राजु क्षत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत विज्ञप्ती पोस्ट गर्दै यस्तो जानकारी दिएका हुन्। क्षत्रीले फेसबुकमा लेखेका छन्, ‘सत्ता गठवन्धन ५ दलहरु मध्ये ४ दलका उमेदवारहरुले पोखरा महानगरपालिका–२२ मा आफ्ना उमेदवार फिर्ता लिएको र जनता समाजबादी पार्टीका उमेदवार मात्र गठबन्धनका तर्फबाट चुनाबी… पुरा पढौ

तनहुँका ११० जनाले फिर्ता लिए उम्मेदवारी

तनहुँमा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षसहित ११० जनाले उम्मेदवारी फिता लिएका छन्। यही वैशाखको ३० गते हुन गईरहेकोे स्थानीय तहको निर्वाचनका लागि तनहुँमा गत आइतबार र सोमबार उम्मेदवारी मनोनयन दर्ता गराएका ११० जनाले फिर्ता लिएका हुन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार शुक्रबार उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका अनुसार जिल्लाका १० वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले आफ्नो उम्मेदावरी फिर्ता लिएका हुन्। तनहुँको व्यास नगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार शंकरनारायण श्रेष्ठ, स्वतन्त्र रुपमा कांग्रेसका बागी उम्मेदवारी दिएका वृषराज श्रेष्ठसहित १८… पुरा पढौ

म्याग्दी धवलागिरी–१ मा वडाध्यक्षदेखि सबै सदस्यहरु माओवादी (केन्द्र)बाट निर्विरोध निर्वाचित

म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं १ मा वडाध्यक्षदेखि सबै सदस्यहरु माओवादी (केन्द्र) बाट निर्विरोध निर्वाचित भएका छन्। नेकपा माओवादी (केन्द्र) बाट वडाध्यक्षको उम्मेदवार झकबहादुर छन्त्याल, दलित महिला सदस्यमा सन्तमाया बि.क., महिला सदस्य सीताकुमारी छन्त्याल, वडा सदस्य के आइसिंह छन्त्याल र स्वतन्त्रबाट सदस्यको उम्मेदवार बनेका गुनाराम छन्त्याल निर्विरोध निर्वाचित भएका हुन्। त्यहाँको निर्वाचन कार्यालयले उनीहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। पुरा पढौ

पोखरा ७ मा नेकपा (एमाले) को प्रतिवद्धतापत्र सार्वजनिक

पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं.७ मा प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । शुक्रवार वडा नं. ७ निर्वाचन कमिटी उम्मेदवार परिचय तथा प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रमको आयोजना गरेको हो । प्रतिवद्धता पत्रमा सशप्रतिशत साक्षरता वडा निर्माणका लागि विद्यालय उन्मुख बालबालिकाहरुलाई भर्ना अभियानमा जागरुक गराउने तथा विद्यार्थी भर्ना अभियानमा वडा शिक्षा समितिद्धारा आवश्यक कार्यक्रमहरु गरिने, वडाभित्र पर्ने सरकारी अस्पताल, स्वास्थ्य संस्थाहरुमा निःशुल्क वितरण गर्ने औषधीहरुको पहुँच वृद्धि गर्न पहल गर्ने तथा त्यस्ता संस्थाहरुको अनुगमन गरिने, तरकारीमा आत्मनिर्भर वडाको रुपमा विकास… पुरा पढौ

माओवादी उम्मेदवार तिमिल्सिना भन्छन् : जनताको समस्या समाधान गर्ने माओवादी मात्र हो

पोखरा । पोखरा १८ मा माओवादी केन्द्रको तर्फबाट राजु शर्मा तिमिल्सिनाले जनताको समस्या समाधानमा माओवादी केन्द्र भन्दा अन्य पार्टी उपयुक्त नभएको बताए । उनले पोखरा महानगरपालिका १८ पिपलडालीमा चुनाव प्रचार प्रसारको क्रममा जनातनाको दुख बुझ्ने पार्टी माओवादी रहेको उनले बताए । पोखरा १८ को सुकुमबासी बस्तीमा चुनावी प्रचार प्रसारमा घरदैलो गर्दा उनले पिपलडालीको सुकुमबासी बस्तीमा बिजुली जडान गर्ने, घर घरमा धारा जाडान गर्ने क्रममा आफुले काम गरेको अनुभव सुनाए । सुकुमबासीलाई लाजपुर्जा दिलाउने लगायतका समस्यामा नि अहम भुमीका खेल्ने भन्दै… पुरा पढौ

राप्रपा नेपालले पोखरासहित कास्कीका सबै पालिकाको प्रमुख र उप प्रमुखमा एमालेलाई सघाउने

पोखरा, बैशाख १६ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानिय तहको निर्वाचनमा कास्कीका सबै पालिकामा एमालेलाई सघाउने भएको छ । राप्रपा नेपाल कास्कीले केन्द्रमा भएको तालमेल अनुसार कास्कीको पोखरा महानगरपालिका, माछापुच्छ«े गाउँपालिका, मादी गाउँपलिका र रुपा गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा एमालेलाई सघाउने निर्णय अनुसार उम्मेदवारी फिर्ता लिएको जनाएको छ । पोखरा महानगरपालिकामा राप्रपा नेपालले गोविन्द गुरुङलाई मेयर र चिनाकुमारी दवाडीलाई उपमेयरमा उठाएको थियो । तर शुक्रबार निर्धारित समयमै उम्मेदवारी फिर्ता गरिएको राप्रपा नेपालका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सचिव सूर्य… पुरा पढौ

दृष्टिविहीनले भने : हामीलाई आफ्नो मत आफैले हाल्ने वातावरण मिलाउ

पोखरा, बैशाख १६ पोखराका पुष्पराज बराल दृष्टिविहीन छन् । उनी यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा आठौंपटक मताधिकार प्रयोग गर्दैछन् । तर उनलाई यसपटक मतदान गर्ने मन छैन । किनकी उनलाई आफ्नो मताधिकार सुरक्षित नभएको महशुष छ । उनी भन्छन्,‘आठौं पटक मतदान गर्न जाँदापनि मैले आफैले भोट हाल्न पाउँदिन । यसपटकपनि मैले मेरो भोट अर्कैलाई हाल्न लगाउनुपर्ने बाध्यता छ । यसले मेरो भोट कसरी सुरक्षित हुन्छ रु ।’ आफूले एउटालाई हाल भन्दा अर्कैलाई हालिदियो भने रु उनी थप्छन्,‘त्यसैले… पुरा पढौ