समाचार

पोखरा ६ बैदाममा गठबन्धनको संयुक्त प्रचारप्रसार कार्यलय स्थापनसँगै उम्मेदवार परिचयात्मक कार्यक्रम

पोखरा बैशाख १८ पोखरा महानगर पालिका वडा नं ६ मा नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र तथा नेपाल कम्युनिष्ट पाटी एकीकृतको संयुक्त प्रचार प्रसार कार्यलय स्थापना गरेको छ । गठबन्धनले पोखरा महानगर पालिका वडा नं ६ मा चुनाब अभियान आज बाट सुरु गरेसँगै अभियानको पहिलो दिन गठबन्धनका साझा उम्मेदबारहरुको प्ररिचय गरिएको थियो ।पोखरा महानगर पालिका वडा नं ६मा नेपाली काग्रेसको तर्फबाट निर्वतमान वडा अध्यक्ष तथा अध्यक्षका प्रत्याशि जगतबहादुर पहारी, खुलासदस्य नेकपा माओबादीका तर्फबाट कृष्ण प्रसाद आर्चाय तेसैगरी खुल्ला सदस्यमा नेपाल कम्युनिष्ट… पुरा पढौ

मुख्यमन्त्री पोखरेलद्धारा श्रमिक दिवसको शुभकामना

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मजदुर वर्गको आर्थिक हैसियत माथि उकास्न सके मात्र लोकतन्त्रको उपादेयता सार्थक हुने बताएका छन्। अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘रातदिन श्रम गरेर जिविकोपार्जन गर्ने श्रमजीवहरुको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरहरुलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास मैले लिएको छु।’ विसं २००७ को ऐतिहासिक जनक्रान्तिको जग नै विराटनगर मजदुर आन्दोलन रहेको भन्दै उनले नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले विसं २०१६ मा कारखाना र… पुरा पढौ

आज अन्तर्राष्ट्रिय श्रमिक (मे) दिवस

आज मे १ तारिक अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस। प्रत्येक वर्ष मे १ तारिखको दिन नेपाल लगायत विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने उत्सव श्रमिक दिवस। १ मे १८८६ का दिन औद्योगिक राष्ट्र विशेष गरी अमेरिका र युरोपका मजदुरहरूले समानता, उपयुक्त श्रमज्याला, उचित विदा सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घोषस गर्दै ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माग गरेको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाइन्छ। शिकागोमा यही माग सहितको श्रमिकहरूको… पुरा पढौ

लुम्बिनी विकास बैंकद्वारा पोखरामा वित्तीय जनचेतना मूलक प्रभातफेरी

लुम्बिनी विकास बैंक लिमिटेडले सर्वसाधारणहरुमा वित्तीय पहुँचको विस्तार होस् भन्ने उद्देश्यले पोखरामा वित्तीय जनचेतना मूलक प्रभातफेरी गरेको छ। विभिन्न वित्तिय साक्षरता सम्वन्धित जनचेतनामूलक गतिविधिहरु गर्दै आइरहेको बैंकले पोखरामा प्रभातफेरी गरेको हो। पोखराको न्यूरोडस्थित बैंकका शाखाबाट सुरु भएको प्रभातफेरी कार्यक्रम चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुदै पुन न्यूरोड शाखामा आएर समापन भएको थियो। प्रभातफेरीमा बैंकको पोखरा शाखाहरु तथा बैंकको केन्द्रिय कार्यालयबाट समेत कर्मचारीहरुको सहभागिता थियो। कार्यक्रमको उद्घाटन गर्दै बैंकको संचालक समितिका अध्यक्ष दसरथ रिसालले सबैको पहुँचमा बैंक पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको… पुरा पढौ

माओवादी उम्मेदवार अधिकारी भन्छन् : पोखरा १ लाई स्मार्ट वडा बनाउँछु

पोखरा महानगरपालिका वडा नम्बर १ का माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षका उम्मेदवार भानुभक्त अधिकारिले वडामा शुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार गरिएको घरदैलो कार्यक्रममा बोल्दे उनले आफू वडाध्यक्ष भएपछि वडामा सुशासन कायम गर्ने कामलाई पहिलो प्राथमिकतामा राख्ने बताए । साथै उनले पोखरा १ लाई स्मार्ट वडा बनाउने उद्घोष गरे ।वडाध्यक्षका उम्मेदवार अधिकारीले जनताले स्थानीय सरकारको महशुष हुने गरि कार्य गर्ने प्रदिबद्द्ता ब्यक्त गरे । उनले आफु सधै जनताको सेवामा नै खटिने भन्दै आफु वडाध्यक्षको उम्मेदवारी दिएको भन्दै आफुलाई… पुरा पढौ

एमालेको पुरानै प्रतिबद्धता : व्यबस्थित र निःशुल्क पार्किङ

नेकपा एमालेले पोखरामा निःशुल्क र व्यबस्थित पार्किङ गर्ने घोषणा गरेको छ । एमालेका तर्फबाट मेयरमा उम्मेदवार बनेका कृष्णबहादुर थापाले शनिबार प्रतिबद्धता पत्र सार्वजनिक गर्दै पोखराका सडकमा गरिएका पार्किङलाई ब्यबस्थित र निःशुल्क गर्ने बताए । तर व्यवस्थित कसरी गर्ने भन्ने विषयमा प्रतिबद्धता पत्र मौन छ । यसअघि अघिल्लो निर्वाचनमा हालका मेयर मानबहादुर जिसीलेपनि आफू मेयरमा निर्वाचित भएको ३ महिना भित्रमा सडकबाट पार्किङ हटाउने घोषणा गरेका थिए । तर उनले आफ्नो कार्यकाल ५ वर्ष बित्दापनि सडकको पार्किङ हटाउने पहलसमेत गरेनन् । सडकको… पुरा पढौ

पोखरामा एमालेको प्राथमिकतामा स्मार्ट सिटी परेन

अघिल्लो चुनावमा नेकपा एमालेले स्मार्ट सिटीलाई पहिलो प्राथमिकतामा राखेको थियो । घोषणा पत्रमै स्मार्ट सिटी उल्लेख गरेर त्यसको पूर्वाधार बनाउने भनिएको थियो । तत्कालीन एमालेका उम्मेदवारदेखि एमाले नेताहरु सबैले स्मार्ट सिटीको रटान लगाउँथे । तर मेयरमा मानबहादुर जिसी निर्वाचित भएपछि एमालेले भनेजस्तो पोखरा स्मार्ट सिटीको अवधारणमा अगाडि बढेन । स्मार्ट सिटी अन्तर्गतको बसमा ईटिकेटिङदेखि ट्राफिक लाईटलगायत केहिलेपनि सफलता पाएन । त्यसपछि पोखरेलीहरुले स्मार्ट सिटीको नारालाई बंग्याएर व्यङ्ग्य गर्न थाले,‘चुनावताका स्मार्ट सिटी, जितेपछि यत्रै सिति ?’ नभन्दै भयोपनि त्यस्तै । जसका… पुरा पढौ

डे–वान बाटै भ्रष्टाचारमा शून्य सहनशीलता अप्नाउँछु : थापा

मेयरका उम्मेदवार थापाले भ्रष्टाचार अन्त्य गर्ने उद्घोष गरे । पोखरा महानगरपालिकामा व्यापक भ्रष्टाचार हुने व्यापक गुनासो छ । जसलाई भ्रष्टाचार गरेको आरोपमा कर्मचारी निलम्वनलगायतका घट्नाले पुष्टि गर्छ । तर एमालेबाट मेयरका प्रत्यासी उनले महानगरभित्रको भ्रष्टाचारबिरुद्ध शून्य सहनशीलता अप्नाउने बताए । ‘महानगरमा भ्रष्टाचार नियन्त्रण गर्न जरुरी छ । त्यसका लागि म डे–वानबाटै भ्रष्टाचार अन्त्य गर्न लाग्ने प्रतिबद्धता व्यक्त गर्छु’–उनले भने । पुरा पढौ

यो मेरो अन्तिम चुनाव हो, अब लड्दिन : मेयरका उम्मेदवार थापा

पोखरा, बैशाख १८ पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार कृष्णबहादुर थापाले यस पटकको चुनाव आफ्नो अन्तिम चुनाव भएको घोषणा गरेका छन् । पोखरामा शनिबार भएको उम्मेदवार परिचय तथा प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै एमालेका तर्फबाट मेयरका उम्मेदवार उनले यस पटकको चुनाव आफ्नो अन्तिम चुनाव भएको बताएका हुन् । उनले आगामी दिनहरुमा उम्मेदवार नबन्ने घोषणा गरे । ‘मेरो यो अन्तिम चुनाव हो । आगामी दिनमा म उम्मेदवारपनि हुँदिन । चुनावपनि लड्दिन’–उनले भने । एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उप–महासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव… पुरा पढौ

पोखरा १८ का माओवादी उम्मेदवार राजुको घोषणा : बाख्रा पालनमा अनुदान

पोखरा । पोखरा १८ मा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षको उम्मेदवार राजु शर्मा तिमिल्सिनाले जनताको जनातको जिवनस्तर सुधारको लागि आफुले बाख्रा पालन व्यवसायमा विशेष अनुदानको व्यवस्था गर्ने घोषण गरेको छन् । तिमिल्सिनाले पोखरा बाख्रा पालन व्यवसायमा लागेका र १ देखी २० वटा सम्म पाल्नेलाई प्रति बाख्रा १ हजारको दरले प्रत्येक वर्ष अनुदानको व्यवस्था गर्ने बताएका छन् । २० भन्दा बढि बाख्रा पाल्नेलाई २० हजार रुपैयाँ अनुदान दिने बताएका छन् । राजुले यसअघि नै वडामा निर्वाचित भएपछी सरकारी सेवा सुबिधा बापत… पुरा पढौ