समाचार

गठबन्धनका उम्मेदवारमा पुरुष बढी

बागलुङ । सक्षम भएर पनि महिलाहरु स्थानीय तहको मुख्य पदमा आउनबाट रोकिएका छन् । गठबन्धनका नाममा उनीहरु उम्मेदवारी दिनबाटै वञ्चित हुनु परेको हो । सत्ता गठबन्धन दलबाट त्यहाँ एकजना मात्र महिला स्थानीय तहको प्रमुखमा उम्मेदवार छन् । बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट गण्डकी थापा अधिकारी चुनावी मैदानमा छन् । सो गठबन्धनबाट बाँकी नौवटा स्थानीय तहका प्रमुख÷उपप्रमुखमा पुरुष उम्मेदवार छन् । राजनीतिमा महिला सहभागिता बढाउन संवैधानिक रुपमै स्थानीय तहको प्रमुख या उपप्रमुखमा महिला हुनुपर्ने व्यवस्था भए पनि गठबन्धनका कारण महिलाको… पुरा पढौ

श्रममन्त्री नेतृत्वको टोली बुधबार मलेसिया जाने

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा उनी चार दिने मलेसिया भ्रमणमा जान लागेको मन्त्रालयले जनाएको छ । श्रममन्त्री श्रेष्ठसँग यहाँस्थित मलेसियाको राजदूतावासका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले मन्त्रालयमा भेटवार्ता गरेका थिए । भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका साथै सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । मलेसियाका कार्यवाहक राजदूत फ्याजलले… पुरा पढौ

लुबाट बच्न आग्रह

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ९लु०बाट जोगिन आग्रह गरेको छ । गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लुबाट बच्न दिउँसो घरबाट ननिस्कन आग्रह गरेको हो । बाहिर निस्कनै परे पातलोे कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने भनिएको छ… पुरा पढौ

९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस

काठमाडौ । फोटो पत्रकार क्लब (पिजे क्लब) नेपालले ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा आज यहाँ ‘लेन्सबाट फोटोपत्रकारिता’ विषयक फोटो प्रदर्शनी गरेको छ । काठमाडौँको वसन्तपुरमा आयोजित प्रदर्शनीमा फोटो पत्रकारहरुले कार्यसम्पादन गर्दा भोग्नु परेको चुनौती र जोखिम झल्काउने ३० वटा फोटा राखिएका छन् । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले संयुक्तरुपमा प्रदर्शनी शुभारम्भ गरेका थिए। अध्यक्ष बस्नेतले फोटो सत्य, तथ्य र निष्पक्ष हुुनुपर्नेमा जोड दिँदै सबै पत्रकारले पत्रकारिताको मूल्य मान्यता र आचारसंहिताअनुसार काम… पुरा पढौ

मनाङमा महिला उम्मेदवार पाउनै मुस्किल

मनाङ । संविधानले दिएको महिला अधिकार र अवसर सत्तारुढ गठबन्धनका कारण खोसिएको भन्दै केही स्थानमा महिला रुष्ट भइरहेका बेला कतिपय स्थानमा भने महिला उम्मेदवार पाउनै मुस्किल छ । मनाङमा जिल्लामा यस्तै भएको छ । मनाङमा महिलाका लागि नै तोकिएको सङ्ख्या पूर्तिसमेत हुन सकेन । मनाङमा सबैभन्दा बढी मतदाता नै महिलाको छ । तर, उम्मेदवार बन्न चाहने भने देखिँदैनन् । मनोनयन दर्ताको समय सकिएको छ तर पनि महिलाकै लागि तोकिएको गाउँपालिका, वडामा आवश्यक सङ्ख्या पु¥याउनै मुस्किल भएको देखिन्छ । हालसम्म पनि… पुरा पढौ

मकवानपुरमा प्रमुख पदका लागि ३ महिलाको उम्मेदवारी दर्ता

मकवानपुर । मकवानपुरमा गठबन्धन दल र नेकपा एमालेले पालिकाहरुको प्रमुख पदमा एक÷एकजना महिला उम्मेदवारको मनोनयन दर्ता गराएसँगै प्रमुख पदमा उम्मदेवारी दिने महिलाको सङ्ख्या तीन पुगेको छ । हेटौँडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा समाजवादीकी मीना लामाको उम्मेदवारी दर्ता भएको छ भने नेकपा एमाले बकैया गाउँपालिकामा सरला बोलखेको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी बकैया गाउँपालिकाबाट नै नेकपा माओवादी केन्द्रले लक्ष्मी माझीको उम्मेदवारी दर्ता गराएसँगै मकवानपुरमा तीनजना महिलाहरु प्रमुख पदका उम्मेदवार बनेका हुन् । बकैया गाउँपालिककी अध्यक्ष उम्मेदवार बनेकी माझीबाहेक पालिकाको प्रमुख पदमा… पुरा पढौ

सुनको मूल्य प्रतितोला ९०० ले घट्यो

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रति तोला रु ९०० ले घटेर रु ९९ हजार ३०० तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु एक लाख २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० कायम भएकामा अघिल्लो दिन प्रतितोला रु ९९ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३५० कायम रहेको महासङ्घले… पुरा पढौ

बागलुङमा उल्लासमय वातावरणमा मनोनयन दर्ता सम्पन्न

बागलुङ । बागलुङमा उल्लासमय वातावरणमा मनोनयन दर्ता सकिएको छ । कतै पञ्चेबाजा त कतै स्थानीय कला संस्कृतिको प्रदर्शन गर्दै बागलुङका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरेका हुन् । सोमबार बिहानदेखि सुरु भएको मनोनयन दर्ताको समय साँझ ५ बजे सकिएको भए पनि निर्वाचन अधिकृतको कार्यालय पुगेका सबै उम्मेदवारको दर्ता राति अबेर सकिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बताए । उम्मेदवारहरुको अन्तिम नामावली तयार गर्ने काम चलिरहेको छ । प्राप्त सूचनाअनुसार बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जनकराज पौडेल र राप्रपाका सञ्जय खड्काले उपप्रमुखमा… पुरा पढौ

देवललगायत पुरातात्विक सम्पदा ओझेलमा

म्याग्दी । तत्कालीन पर्वत राज्यको सदरमुकाम रहेको म्याग्दीका बेनीबजार, पुलाचौर, ढोलठान, डढेकोट ताकम र ज्यामरुककोटमा रहेको ऐतिहासिक देवल र पुरातात्विक सम्पदा संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । त्यहाँ मल्लकालीन समयका ऐतिहासिक सम्पदा र पुरातात्विक तथा शिखरशैलीका देवल,मठ मन्दिर, कुवा, धारा, ओखल आदि सम्पदा प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा पर्दै गएका हुन् । बडादसैँ, चैतेदसैँ, कृष्णजन्माष्टमी, श्रीपञ्चमीलगायत चाडपर्वमा मानिस जम्मा भएर ती सम्पदाबारे चासो राख्ने गरे पनि अघिपछि वास्तै नगर्दा अमूल्य सम्पदा नष्ट हुँदै गएका छन् । जिल्लाका विभिन्न… पुरा पढौ

एकै दिनमा ८० हजारभन्दा बढी संक्रमित

दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ । त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यतामात्र कम्तीमा पनि ८० हजार ३६१ जना संक्रमित भेटिएका छन् । त्यहाँ पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७० लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको नि समाचारमा जनाइएको छ । यहाँ अघिल्लो हप्तासम्ममा दैनिक कम्तीमा पनि १ लाख… पुरा पढौ