समाचार

रुसद्धारा तेस्रो विश्वयुद्धको चेतावनी

रुसी विदेशमन्त्री सर्गेई लाभारोभले युक्रेनलाई पश्चिमा राष्ट्रहरुले सहयोग जारी राखे तेश्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएका छन । अमेरिका लागायत पश्चिमा राष्ट्रहरुले युक्रेनको डोनबास क्षेत्रमा भारी मात्रामा हतियार पठाएको विषय उठाउदै विदेशमन्त्री लाभारोभले यस्तो चेतावनी दिएका छन् । विदेशमन्त्री सर्गेई लाभारोभले पश्चिमा देशहरुले युक्रेनमा पठाएको हतियारको निशाना रुसी सेना भएको बताएका छन । उनले नाटोले रुससँगै युद्ध चाहेको देखिएको समेत बताएका छन । रुसी सेनाले युक्रेनमा हतियार पठाउने ६ वटा च्यानल ध्वस्त बनाएको जानकारी पनि विदेशमन्त्री लाभारोभले दिएका छन । यता… पुरा पढौ

वर्षायामको सुरुवातसंगै पाटन क्षेत्रका बासिन्दामा चिन्ता

तनहुँ । तनहुँको ब्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रका बासिन्दा वर्षायाम सुरु भएसँगै चिन्तित हुन थालेका छन् । गत वर्ष मादी नदीमा आएको बाढीले बस्तीको क्षेत्र कटान गरेपछि उचित संरक्षण हुन नसक्दा उनीहरु चिन्तित भएका हुन् । बस्तीदेखि करिव ७० मिटर दूरीमा मादी नदी बगेकाले उक्त क्षेत्र जोखिममा रहेको पाटन टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । उनका अनुसार अघिल्लो वर्ष तटबन्धको लागि सम्बन्धित निकायमा हारगुहार गरे पनि कुनै सुनुवाइ भएन । “अहिले नगरको ३ नंवर वडास्थित भतेरीमा तटबन्ध निर्माण… पुरा पढौ

एकल उम्मेद्धार परेपछि माओवादीका छन्त्याल निर्विरोध

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा नेकपा (माओवादी केन्द्र)का एक वडा सदस्य निर्विरोध भएका छन् । माओवादी केन्द्रका वडा कमिटी अध्यक्षसमेत रहेकी सीताकुमारी छन्त्याल महिला वडा सदस्यमा निर्विरोध भएका हुन् । धवलागिरी गाउँपालिकाको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले १ नं वडाको महिला सदस्य पदमा छन्त्यालको मात्र एकल उम्मेदवारी परेकाले निर्विरोध भएको बताए । छन्त्याल निर्विरोध भएसँगै माओवादीले स्थानीय तह चुनावमा मतदान नहँुदै म्याग्दीमा खाता खोलेको छ । छन्त्याल निर्विरोध हुने जिल्लाको एक मात्र उम्मेदवार बनेका छन् । धवलागिरिको… पुरा पढौ

मुस्ताङका छ वडामा एकल उम्मेदवारी

मुस्ताङ । स्थानीय तह निर्वाचनअन्तर्गत मुस्ताङको छवटा वडामा एकल उम्मेदवारी परेको छ । लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन–तीन वटा वडामा निर्विरोध भएको जनाइएको छ । लोघेकर दामोदरकुण्डका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले १, ३ र ४ वडामा एकल उम्मेदवारी दर्ता भएको बताए । वडा नं १ को अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार टसीढिन्डु ठकुरीसहित चार वडा सदस्यको एकल उम्मेदवारी परेको छ । वडा नं ३ को अध्यक्षमा एमालेका झ्याब्याङ तेञ्जिङ गुरुङसहित दुई सदस्य र नेपाली कांग्रेसबाट एक सदस्य निर्विरोध भएका छन्… पुरा पढौ

आगलगी हुँदा रु १५ लाखको क्षति

मलङ्गवा । मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलगी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको छ । नेपाली कांग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा आज बिहान चार बजेको समयमा भएको आगलगीमा अन्नपात, लत्ताकपडा र गरगहना जलेर रु १५ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । बिद्युत् चुहावट हुँदा घरमा आगलगी भएको प्रारम्भीक अनुसन्धानबाट देखिए पनि सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । घरमा सुतिरहेको समयमा आगलगी… पुरा पढौ

निर्वाचन अपडेटः एक लाख ४१ हजारको मनोनयन दर्ता,गण्डकीबाट १२ हजार ३१४

काठमाडौ । स्थानीय तह सदस्य निर्वाचनका लागि एक लाख ४१ हजार ४६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले बिहान १०ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश नं १ मा २२ हजार १९४, मधेसमा ३६ हजार २७५, बागमतीमा २३ हजार ६५४, गण्डकीमा १२ हजार ३१४, लुम्बिनी २२ हजार ४२१, कर्णालीमा १२ हजार ८४८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ७६२ जनाको उम्मेदवारी परेको छ । नगरपालिकाको प्रमुखमा तीन हजार ३१८ र उपप्रमुखमा दुई हजार ३६ को उम्मेदवारी दर्ता भएको छ ।… पुरा पढौ

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ मा गठबन्धनबाट माओवादी उम्मेदवार

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रले उम्मेदवार दर्ता गरेका छन्। गोविन्दप्रसाद अधिकारी (वडाध्यक्ष), कृष्णप्रसाद अधिकारी ( खुला सदस्य), जीवनाथ भण्डारी (खुला सदस्य), सुनिता पौडेल (खुला महिला सदस्य), शारदा परियार (दलित महिला सदस्य) ले उम्मेदवारी दर्ता गराएका हुन्। पुरा पढौ

काठमाडौं महानगरको मेयर पदमा ५६ र उपमेयरमा ३१ उम्मेदवारी

काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) का लागि ५६ जनाको उम्मेदवारी परेको छ। यीमध्ये २१ जनाले दलका तर्फबाट उम्मेदवारी दिएका हुन्। ३५ जनाले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका हुन्। मेयर पदका लागि उम्मेदवारी दिनेमध्ये ८ महिला छन्। यस्तै, उपप्रमुख(उपमेयर) पदमा ३१ जनाको उम्मेदवारी परेको छ। यीमध्ये १२ जनाले दलका तर्फबाट र १९ ले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका हुन्। उपमेयरमा उम्मेदवारी दिनेमा १२ महिला छन्। काठमाडौंका सबै पालिकामा जम्मा एक हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन्। प्रमुखका लागि… पुरा पढौ

देशभर १ लाख ३६ हजार २६९ को उम्मेदवारी

स्थानीय तह निर्वाचनका लागि देशभरका ७५३ वटा पालिकामा गरी १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोगले मंगलवार बिहान सार्वजनिक गरेको विवरण अनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो। यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो। स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ। २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए। कुन पदमा कति उम्मेदवार ? मेयरः… पुरा पढौ

मनाङको नासोंमा ३ वडाध्यक्ष निर्विरोध निर्वाचित

मनाङको नासों गाउँपालिकामा ३ जना वडाध्यक्ष सर्वसम्मत निर्वाचित भएका छन्। पालिकाको वडा नम्बर ५, ६ र ७ मा सर्वसम्मत वडाध्यक्ष चयन भएका हुन्। वडा नम्बर ५ मा थुतेन लामा, वडा नम्बर ६ मा पुष्पबहादुर गुरुङ र वडा नम्बर ७ मा ओमबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका हुन्। पुरा पढौ