समाचार

पोखरा–१ को वडाध्यक्षमा चार पार्टीबीच भिडन्त

पोखरा । स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर–१ मा चार पार्टीबीच भिडन्त हुने भएको छ । सो वडामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाबीच चुनावी भिडन्त हुने भएको हो । पोखरा–१ मा एमालेकी सहारा प्रधान, कांग्रेसकी सीता गुरुङ र माओवादी केन्द्रका भानुभक्त अधिकारी र राप्रपाका मैतलाल गुरुङले वडाध्यक्षका लागि उम्मेदवारी दिएकाले उनीहरुबीच चुनावी भिडन्त पक्का भएको हो । यद्वपी सो वडामा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल हुनसक्ने सम्भावना बाँकी रहेको बताइएको छ । त्यस्तै, खुल्ला… पुरा पढौ

निसीखोला गाउँपालिकाबाट १ सय २१ जनाको उम्मेद्धारी

कविता घर्तीमगर , कास्की । आगामी बैशाख ३० गतेका लागि बागलुङको निसीखोला गाउँपालिकाबाट १ सय २१ जना उम्मेरद्धारको उम्मेद्धारी परेको छ । गाउँपालिका अध्यक्षका लागि ४ जना ,उपाध्यक्षका लागि ४ जनाको उम्मेद्धारी परेको छ भने गाउँपालिका अन्र्गत रहेका ७ वटा वडाध्यक्षको लागि ३१ जना,खुल्ला सदस्यबाट ४५ जना,महिला सदस्यका लागि १९ जना र दलित सदस्यको लागि १८ जना गरि १ सय २१ जनाको उम्मेद्धारी परेको निसीखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वर शाक्यले जनकारी दिएका छन् । ७ वटा वडा रहेको निसीखोला… पुरा पढौ

माछापुच्छ्रे ४ लाहाचोकमा २३ वर्षीय अधिकारी वडा अध्यक्षका उम्मेदवार

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकमा एक २३ वर्षीय युवाले वडा अध्यक्षको टीकट पाएका छन् । नेकपा माओवादी केन्द्रबाट अहिले स्नातक पढ्दै गरेका चिरञ्जीवी अधिकारीलाई टिकट दिएको हो । अधिकारीले हिंजै निर्वाचन कार्यालयमा उमेदवारी दर्ता समेत गराइसकेका छन् । उमेदवारी दर्ता पछि अधिकारीले आफू नेपालकै कान्छो वडा अध्यक्षको उमेदवार भएको दाबी समेत गरेका छन् । कानूनका विद्यार्थी समेत रहेका अधिकारीले आफ्नो जित सुनिश्चित भएको बताएका छन् । पुरा पढौ

कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा ३, उपाध्यक्षमा ५ जनाको उम्मेदवारी

पोखरा, बैशाख १३ रुपा गाउँपालिकाको अध्यक्षमा ३ पार्टीका १ महिलासहित ३ जनाले उम्मेदवारी दिएका छन् । रुपामा एमालेका नवराज ओझा, कांग्रेसकी गीमाया गुरुङ र राष्ट्रिय जनमोचाका सोमनाथ अधिकारीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ । रुपाको उपाध्यक्षमा ५ पार्टीका २ महिलासहित ५ जनाले उम्मेदवारी दिएका छन् । रुपमा एमालेकी लालसुबा गुरुङ, कांग्रेसका नारायणकुमार श्रेष्ठ, माओवादी केन्द्रका नवराज बराल, नेकपा एसका कपिल पौडेल र राष्ट्रिय जनमोर्चाकी शान्तीदेवी बोहोराले उम्मेदवारी दर्ता गरेका छन् । पुरा पढौ

कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा ४, उपाध्यक्षमा ३ जना उम्मेदवार

पोखरा, बैशाख १३ कास्कीको उत्तरपूर्वी क्षेत्रमा रहेको मादी गाउँपालिकाको अध्यक्षमा ४ वटा पार्टीका १ महिलासहित ४ जनाले उम्मेदवारी दिएका छन् । मादीमा एमालेका शिवबहादुर गुरुङ (महेन्द्र), कांग्रेसका देवीजङ्ग गुरुङ, जसपाका बबिता आचार्य अधिकारी र राप्रपाका लिलामोहन कुईकेलले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ ।। यो पालिकामा कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष पाउनेगरी तालमेल भएकाले अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छैन । मादीको उपाध्यक्षमा ३ वटा पार्टीका २ महिलासहित ३ जनाले उम्मेदवारी दिएका छन् । मादीमा एमालेकी कल्पना… पुरा पढौ

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा ५, उपाध्यक्षमा ६ जना उम्मेदवार

पोखरा, बैशाख १३ माछापुच्छ«े गाउँपालिकाको अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । सो गाउँपालिकामा ४ दल र एक स्वतन्त्रले अध्यक्षका लागि उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दिनेमा एमालेका विक्रम गुरुङ, कांग्रेसका मीनबहादुर गुरुङ, राप्रपाका आशिष शाही, मंगोल नेसनल अर्गनाइजेसका डमराज मगर र स्वतन्त्र उम्मेदवार पानबहादुर जिसीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ । माछापुच्छ«े गाउँपालिकाको उपाध्यक्षमा ६ वटा पार्टीका ४ महिलासहित ६ जनाले उम्मेदवारी दिएका छन् । माछापुच्छ«ेमा एमालेकी सीता तिवारी, कांग्रेसकी सीता अधिकारी, माओवादी… पुरा पढौ

कास्कीको अन्नपूर्णमा अध्यक्षमा ११, उपाध्यक्षमा ५ जना उम्मेदवार

पोखरा, बैशाख १३ कास्कीमा गठबन्धन दलहरुबीच तालमेल नभएपछि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् । कास्कीमा अन्तिम समयमा पदीय भागवण्डा नमिलेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी छुट्टाछुट्टै भएपनि उम्मेदवारी फिर्ताको समयसीमा भित्रमा तालमेलको सम्भावना बाँकी रहेकाले त्यसको प्रयास भइरहेको गठबन्धनका दलका नेताहरुले बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्षका लागि ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अन्नपूर्णमा ८ वटा पार्टी र ३ स्वतन्त्रले… पुरा पढौ

हुलाक सेवालाई आधुनिकीकरण गर्ने सरकारको तयारी

काठमाडौ । सरकारले हुलाक सेवालाई समयानुकूल बनाउँदै अत्याधुनिक सेवा दिने गरी आगामी आवको बजेटमा विशेष व्यवस्था गर्ने भएको छ । अर्थ मन्त्रालयमा आज भएको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले हुलाक सेवालाई आधुनिकीकरण गर्ने गरी कार्ययोजना ल्याउन र आगामी आवको बजेटमै यसलाई समावेश गर्न आग्रह गरेका हुन् । आगामी आवको नीति तथा कार्यक्रम र बजेटका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग आज अर्थले छलफल गरेको हो । अर्थमन्त्री शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थ सचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरी… पुरा पढौ

चितवनमा दुई हजार २५० जनाको उम्मेदवारी दर्ता

चितवन । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा दुई हजार २५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेका सात पालिका प्रमुख, उपप्रमुख र ९८ वटा वडामा वडाध्यक्ष वडा सदस्य गरी सो सङ्ख्यामा उम्मेदवारी दर्ता गराएका हुन । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सात पालिकामध्ये ६ पालिका प्रमुखमा ७४ जना, उपप्रमुखमा ४५ जना गाउँपालिका अध्यक्षमा ५ जना, उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको हो । कार्यालयका अनुसार ९८ वटा वडाको वडाध्यक्षका लागि ५०१ जनाको उम्मेदवारी परेको हो । यस्तै महिला सदस्यमा ४१४… पुरा पढौ

रसुवामा दुई महिला वडा सदस्य निर्विरोध

रसुवा । स्थानीय–तह निर्वाचन–२०७९ अन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । उक्त गाउँपालिका–२ र ५ मा दलित महिला सदस्यतर्फ एक÷एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए । निर्विरोध निर्वाचित हुनेमा नेपाली कांग्रेसबाट वडा नं २ का लक्ष्मी परियार तथा नेकपा एमालेबाट वडा नं ५ का कान्छी लाटी कमिनी रहेका छन् । उनीहरूको निर्विरोध घोषणा स्थानीय तह निर्वाचन कानुनबमोजिम हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ… पुरा पढौ