म्याग्दी । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा निर्माणाधीन मङ्गला इन्द्रेणी पार्क र सङ्ग्रहालय अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०७५÷०७६ देखि सुरु गरिएको पार्क र सङ्ग्रहालयको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको मङ्गला गाउँपालिकाले जनाएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन तथा स्थानीयवासीलाई शारीरिक व्यायाम, विश्रामसहित आनन्दको अनुभूति दिलाउने उद्देश्यअनुरुप पार्क र सङ्ग्रहालय निर्माण थालिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । इन्द्रेणी पार्कमा हालसम्म सङ्ग्रहालय भवन, प्रतिक्षालय, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालय, बाथरुमलगायतका भौतिक संरचना निर्माण सम्पन्न भएका…
पुरा पढौ