समाचार

आईपीएल टि–२० क्रिकेट:आज पन्जाब र चेन्नई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टि–२० क्रिकेटमा आज (सोमबार) पन्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल सोमबार राति ७ः४५ बजे सुरू हुनेछ । पन्जाब सोमबार चौंथो जितको खोजीमा रहेको छ । पन्जाब ७ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ । चेन्नई ७ खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ । दुई टोलीबीचको पछिल्लो भेटमा चेन्नई बलियो देखिएको छ । चेन्नईले ३ खेल जितेको छ भने पन्जाबले दुई खेल जितेको… पुरा पढौ

प्रदेश सभा सदस्य पदबाट थापाले दिए राजीनामा

कास्की । नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् । पोखरा महानगरपालिकाको मेयर उम्मेदवारको टिकट पाएपछि उनले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका हुन् । नेकपा एमालेले दीपक पौडेललाई दिइसकेको टिकट खोसेर थापालाई मेयरको उम्मेदवार बनाएको छ । उनले सभामुख नेत्रनाथ अधिकारीसमक्ष राजीनामा बुझाएका छन्। कास्की क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभामा विजयी भएका थापाले कांग्रेसका गुरुप्रसाद बराललाई ७ हजार ४ मतले हराएका थिए । थापाले १५ हजार ३२९ मत ल्याउँदा बरालले ८ हजार… पुरा पढौ

कास्कीमा कांग्रेसले एक्लै चुनाव लड्ने

कास्कीमा नेपाली कांग्रेसले एकल चुनाव लड्ने भएको छ । नेपाली कांग्रेसले पोखरा महानगरपालिकाको प्रमुखबाहेक अन्यमा एकल चुनाव लड्ने भएको हो । कांग्रेस कार्यकर्ताले तालमेल गरेर कांग्रेसलाई कमजोर बनाएको भन्दै तालाबन्दी, नाराबाजी, धर्नालगायतका कार्य गरेपछि कास्की कांग्रेसले पोखरा महानगरपालिकाको उपप्रमुखसहित सबै वडा तथा अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, रुपा गाउँपालिका र मादी गाउँपालिकामा एकल चुनाव लड्ने तयारी गरेको हो । पोखराको मेयरमा भने केन्द्रबाटै भागवण्डा भएकाले त्यसमा भने चुनावी तालमेल अनुसारै जाने नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । ‘पोखराको मेयरमा… पुरा पढौ

पोखरा महानगरमा एमालेका कृष्ण थापा मेयर उम्मेदवार बन्दै

पोखरा महानगरमा एमालेको तर्फबाट कृष्ण थापा उम्मेदवार बन्दैछन्। यसअघि, दीपक पौडेललाई मेयर उम्मेदवारमा अघि सारेपनि कृष्ण थापालाई मेयरको उम्मेदवार बनाउने पार्टीभित्र सहमति बनेको एमाले उच्च श्रोतले बताएको छ। श्रोतका अनुसार एमालेको केही बेरपछि बस्ने बैठकले थापालाई मेयर उम्मेदवारको टुंगो लगाउनेछ। पुरा पढौ

कास्कीमा कांग्रेसले पोखराको मेयरबाहेक अन्यन्त्र एक्लै प्रतिस्पर्धा गर्ने

पोखरा । नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाको मेयर बाहेक अरु पदमा गठबन्धन नगर्ने भएको छ । स्थानिय तह निर्वाचनमा केन्द्रीय सत्ता गठबन्धन भएकाले पोखराको मेयरमा एकीकृत समाजवादीका उम्मेद्वारलाई समर्थन गर्नेर बाँकी सबै पालिका तथा वडामा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय भएको कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले जानकारी दिए । पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेद्वारलाई सहयोग गरेपनि बाँकी सबै पालिका र वडामा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको उनले बताए । कांग्रेसले पोखरा महानगरपालिकाको प्रमुख लगायत सबै पालिका र वडामा नेतृत्व गर्नुपर्ने… पुरा पढौ

पुम्दीकोटमा जारी महायज्ञमा २ करोड १४ लाख संकलन

पोखरा । पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा २ करोड १४ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत आइतबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमिति सह–संयोजक निर्मल बरालले बताए । महायज्ञको आठौं दिन (आइतबार) मात्र करिब ५२ लाख ६२ हजार संकलन भएको बरालले बताए । मुक्तिनाथ विकास बैंकले महायज्ञमा १० लाख १ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गरेको बरालले बताए । त्यसै गरी महायज्ञमा पोखरा २२… पुरा पढौ

पहिलो दिन पोखराको मेयरमा ११, उपमेयरमा ४ जनाले दिए उम्मेदवारी

पोखरा, बैशाख ११ पोखरा महानगरपालिकाको मेयर पदमा पहिलो दिन ११ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै उपमेयरमा ४ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन अन्तर्गत निर्धारण गरिएको उम्मेदवारी दर्ताको पहिलो दिन पोखराको मेयर पदमा पाँच वटा दल र ६ जना स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । पहिलो दिन सचेत नेपाली पार्टीबाट भोजराज खनाल, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमप्रसाद गुरुङ, नेपाल जनता दलबाट… पुरा पढौ

पोखराको मेयरमा अटेरी उम्मेदवार गनेस पौडेलले दिए उम्मेदवारी

पोखराको मेयरका लागि अटेरी उम्मेदवार खड्कराज पौडेल (गनेस)ले उम्मेदवारी दर्ता गरेका छन् । स्थानिय तहको चुनावलाई दलविहीन चुनाव बनाउनुपर्ने एजेण्डा बोकेका उनले उम्मेदवारी दर्ताको पहिलो दिन नै आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । पोखरा–१४ निवासी पौडेल साहित्यकार हुन् । उनको प्रस्तावकमा स्थानिय अप्सरा अधिकारी र समर्थकमा सरोज जिसी रहेका छन् । उम्मेद्वारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेद्वारी दिएको बताए । स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उम्मेद्वारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका… पुरा पढौ

राप्रपा नेपालका गोविन्द गुरुङले मेयर, चिना दवाडीले उपमेयरमा दिए उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबाट पोखराको मेयरमा युवा नेता गोविन्द गुरुङले उम्मेदवारी दिएका छन् । उनले अपराह्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । । मेयर पदमा उम्मेदवारी दिएका उनको प्रस्तावकमा आकाश खरेर र समर्थकमा दीलमाया मोक्तान रहेकाे राप्रपा नेपालका केन्द्रीय सदस्य सुर्य बाँस्तोलाले जानकारी दिए । मेयर पदमा उम्मेदवारी दर्ता गरेका गुरुङ पोखरा–१५ रामबजारबासी हुन् । उनी राप्रपा नेपालका कास्की जिल्ला सदस्य तथा पार्टी निकट राष्ट्रिय युवा मोर्चा, कास्कीका संयोजक छन् । त्यस्तै, राप्रपा नेपालबाट उपमेयरमा… पुरा पढौ

नबिल बैंकको शाखा मालेपाटनमा

पोखरा । नबिल बैंक लिमिटेडले मालेपाटनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको आइतबार पोखरा महानगरपालिका वडा नं.–५ का वडा अध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपालीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले बैंकहरुले उत्पादक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले कृषि क्षेत्रको समृद्धिका लागि बैंकले गरेको सेवा प्रवाह स्वागत योग्य भएको बताए । बैंकका निर्देशक आशा राणा अधिकारीले कृषि तथा महिला उद्यमीहरुका लागि बैंकले विशेष कर्जा प्रदान गर्दै आइरहेको बताइन् । उनले गण्डकी प्रदेशमा बैंकका १६ वटा शाखा रहेको… पुरा पढौ