समाचार

पर्यटन प्रवद्र्धनका लागि युवाहरु पदयात्रामा

बागलुङ । बागलुङको पर्यटन प्रवद्र्धनका लागि युवाले प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चकोटदेखि काठेखोला गाउँपालिकाको बेलढङ्गासम्म पदयात्रा गरेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सुस्ताएको पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएका १२ युवाको समूहले दुई दिने पदयात्रा सुरु गरेका हुन् । बागलुङ नगरपालिका–६ पञ्चकोटबाट शनिबार सुरु भएको यात्रा आज काठेखोला गाउँपालिका–३ को बेलढङ्गामा पुगेर सकिने यात्रामा सहभागी प्रेम केसीले बताए । पञ्चकोट–बेलढुङ्गा पदमार्गमा पर्ने संसारकोट, थाप्ले, गुनगुनेको धुरी, दारेगौँडालगायतका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनका लागि पदयात्रा… पुरा पढौ

एशियन युथ तथा जुनियर बक्सिङमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौ । जोर्डनको अम्मानमा आयोजना हुने एशियन युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले भाग लिने भएका छन् । यही फागुन १६ देखि चैत १ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालका इन्द्र सुनार, छिरिङ वाङ्दी शेर्पा र स्वस्तिका तिरुवाले प्रतिस्पर्धा गर्ने भएका हुन । इन्द्रले पुरुष ६० केजी, छिरिङले पुरुष ५४ केजी तथा स्वस्तिकाले महिला ५२ केजीमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा दीपक महर्जन रहेका छन् । उक्त प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङग… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टका डेढसय विद्यार्थी दीक्षित

पोखरा, फागुन १५ पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसीएम)का डेढ सय विद्यार्थी दीक्षित भएका छन् । पिसिएम कलेजमा अध्ययन गरेर स्नातक तह पासआउट भएका १४८ जना विद्यार्थी सोमबार दीक्षित भएका हुन् । पोखराको एक होटलमा आयोजित भव्य कार्यक्रमकाबीच २०१५ ब्याचका ७५, २०१६ ब्याचका ६८ र त्यसअघिका ५ गरी कुल १ सय ४८ जना विद्यार्थीलाई दीक्षित गरिएको कलेजले जनाएको छ । दीक्षान्त समारोहका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका म्यानेजमेन्ट संकायका डिन सह–प्राध्यापक डाक्टर दयाराज ढकाल र कार्यक्रम का सभापति एवम् कलेज संचालक समिति… पुरा पढौ

युक्रेन रुससँग वार्ता गर्न तयार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताएका छन् । तर उनले वार्ताको लागि बेलारुसमा भने नबस्ने बताएका छन् । मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय भूभाग प्रयोग गर्दै आएको हुृनाले त्यहाँ नबस्ने बताएको समाचारमा जनाइएको छ । पुरा पढौ

पाकिस्तान र अफगानिस्तानको सीमा केही दिनपछि फेरि खुल्यो

पाकिस्तान र अफगानिस्तान बीचको एक प्रमुख सीमा नाका फेरि खोलिएको छ । सुरक्षाबलहरु बीचको झडपमा कम्तीमा तीन जनाको मृत्यु भएको एक दिनपछि सो सीमा नाका खोलिएको अधिकारीहरूले आइतबार जनाएका छन् । गत वर्ष तालिबान सत्तामा आएपछि छिमेकीहरूबीच सीमा तनाव बढेको छ । पाकिस्तानले आतंकवादी समूहहरूले अफगान भूमिबाट आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ । तालिबानले पाकिस्तानी लडाकूहरूलाई शरण दिएको अस्वीकार गर्छन् । पाकिस्तानको अर्धसैनिक सीमा बलका प्रवक्ताले एएफपीलाई भने, “सबै किसिमका गतिविधिका लागि सीमा फेरि खोलिएको छ ।“ एक… पुरा पढौ

जलवायु परिवर्तनको असर घरको बनोटदेखि स्याउखेतीसम्म

मनाङ । गत वर्ष जेठ र असारमा आएको भारी वर्षाबाट धेरै क्षति पुगेको छ । सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने हिमाली क्षेत्रमा वर्षा हुने गरेको छ । जलवायु परिवर्तनले हिउँसँगै पानी पर्न थालेपछि हिमाली क्षेत्र मनाङ जिल्लामा पक्की घर बन्न थालेका छन् । वर्षाका कारण हिमाली क्षेत्रमा रहेका परम्परागत तथा पुराना माटोका घर मासिँदै गएका छन् । हिमाली क्षेत्रमा माटाको घरभन्दा सुरक्षित हुने भएकाले पनि पक्की घर बनाउनतर्फ स्थानीयवासी लाग्ने गरेको पाइन्छ । मनाङमा सदियौँ… पुरा पढौ

ललितकलाको विकासका लागि सरकारको विशेष प्राथमिकताः मन्त्री आले

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मुलुकको ललितकला र संस्कृतिको संरक्षण एवम् विकासका लागि सरकारले विशेष प्राथमिकता दिएको बताएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १२औँ प्राज्ञसभा को आज उद्घाटन गर्दै उनले ललितकलाको विकास, प्रवद्र्धन गर्न मन्त्रालयले योजनाबद्ध कार्यक्रम ल्याउने विश्वास दिलाएका हुन् । मन्त्री आलेले भिन्न–भिन्न चार प्रज्ञा प्रतिष्ठानलाई एकीकृत गरेर, नाट््य, कला, संस्कृतिको प्रवद्र्धनमा ध्यान केन्द्रित गरिने बताए । कार्यक्रममा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा सुनिलबाबु श्रेष्ठले राष्ट्रको मौलिक पहिचान प्रवद्र्धनमा कला र संस्कृतिको… पुरा पढौ

शिक्षकको कुटाइबाट विद्यार्थीको करङ भाँचियो

म्याग्दी । शिक्षकको कुटाइबाट म्याग्दीको बेनीस्थित प्रकाश माविका एक विद्यार्थीको करङ भाँचिएको छ । लेखा विषयका शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको करङ भाँचिएका हुन् । शिक्षक घिमिरेले कक्षा कोठामै पाइपले निलडाम र चोट पर्ने गरी टाउको र ढाडमा पिटेको पौडेलले बताए । “बिना कारण सरले पाइपले पिट्नुभयो, अफिसमा गएर कुरा गरौँ भन्दा पनि मान्नुभएन्”, उनले भने “बोल्न र सास फेर्न गाहे भएको छ ।” पौडेलका अनुसार उनीसहित कृष्ण तामाङ, निशान गर्बुजा, रुपेश बोहोरा… पुरा पढौ

दुई महिनापछि पोखरा–जोमसोम उडान सञ्चालनमा

पोखरा । पोखरा–जोमसोम हवाई उडान सेवा दुई महिनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना ९भाइरस० सङ्क्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको थियो । जोमसोमस्थित नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले दुई महिनापछि पोखरा–जोमसोम उडान हुन थालेको जानकारी दिए । “समिट एयरले शनिबार र आइतबार दुई÷दुई वटा चार्टड फलाइट गरेको छ,” उनले भने, “तारा एयरले पनि उडानको तयारी गरेको छ ।” पोखरा–जोमसोम हवाई मार्गमा सामान्य अवस्थामा तारा र समिट एयरले दैनिक… पुरा पढौ

वडाध्यक्षको निधनमा नगरपालिकाभर सार्वजनिक बिदा

सुर्खेत । गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका भेरीगङ्गा नगरपालिकाका–१ सुर्खेतका वडाध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज वडा कार्यालयसहित नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो । काठमाडौँस्थित बाँसबारी न्यूरो अस्पतालकमा उपचारका क्रममा शुक्रबार राति वडाध्यक्ष कार्कीको मृत्यु भएको थियो । यही फागुन ८ गते वडा कार्यालयबाट नगरपालिकाको बैठकमा सहभागी हुन आउँदै गरेको अवस्थामा भेरीगङ्गा –१२ सुर्खेतस्थित राजीगाउँमा उनी सवार भे६प ४४०१ नंको मोटरसाइकललाई नेपालगञ्जबाट सुर्खेत आउँदै… पुरा पढौ