समाचार

चार महिनादेखि किसानले दूधको भुक्तानी पाएनन्

बागलुङ । बागलुङको बलेवा क्षेत्रका व्यावसायिक दुग्ध उत्पादक किसानले चार महिनादेखि दूधको भुक्तानी पाएका छैनन् । बागलुङ नगरपालिका–१२ को कालीगण्डकी, नवनमूना, वडा नं १४ को नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्मीशेराको पल्लोपाखाका दुग्ध उत्पादक सहकारीले मङ्सिर महिनायताको भुक्तानी नगरेका हुन् । त्यहाँका चारवटै सहकारीले बिक्री केन्द्र गठन गरेर सोही केन्द्रमार्फत बजारमा दूध पठाउने गरेका छन् । स्थानीय बजारमा दूध बिक्री नभएको भन्दै पोखराको लभकुश डेरीलाई दूध बिक्री गर्दै आएका संस्थाले डेरीले पैसा नदिएको भन्दै किसानको पैसा भुक्तानी नगरेका हुन् । सहकारीमार्फत… पुरा पढौ

संसदबाट आजै एमसिसी अनुमोदन गर्ने सत्तारूढ गठबन्धनको निर्णय

काठमाडौ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना (एमसिसी)मा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । बैठकपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीहरुलाई एमसिसी सैन्य सङ्गठनअन्तर्गत नभई विशुद्ध आर्थिक सहयोग हो भन्ने सन्दर्भमा सरकारले स्पष्ट गरेपछि आजै बस्ने प्रतिनिधिसभाले अनुमोदन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धन दलका शीर्ष नेता… पुरा पढौ

कालीगण्डकीको पानी तानेर गलेश्वरमा स्नानको व्यवस्था

म्याग्दी । कालीगण्डकी नदीको पानी तानेर म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा ल्याइएको छ । मन्दिर परिसरमा भक्तजनलाई कालीगण्डकीको पानीले स्नान गर्ने व्यवस्था मिलाइएको हो । मन्दिर परिसरमा कालीगण्डकीको पानी ल्याएपछि स्नानका लागि जोखिम मोलेर नदी किनारमा पुग्नुपर्ने बाध्यता हटेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । उनका अनुसार खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको सहयोगमा भक्तजनलाई स्नानका लागि ‘लिफ्ट’ प्रविधिबाट पानी तानिएको हो । स्नानका लागि ११ वटा गौमुखी धारा जडान गरिएकोे छ ।… पुरा पढौ

बागलुङ नगरपालिकाद्वारा शववाहन हस्तान्तरण

गलकोट। बागलुङ नगरपालिकाले शववाहन खरिद गरेर धवलागिरि अस्पताललाई हस्तान्तरणको छ । आफन्तको मृत्युमा दुःख परेको समयमा शव ओसारपसारका लागि समस्या नहोस् भन्नका लागि नगरपालिकाले शववाहन खरिद गरेर सञ्चालनका लागि अस्पताललाई हस्तान्तरण गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । नगरपालिकाको रु. १२ लाख २० हजार र धवलागिरि अस्पतालको रु. दुई लाख गरी रु १४ लाख २० हजारमा कर छुट गरी शववाहन खरिद गरिएको हो । बिरामी बोक्ने एम्बुलेन्समै शव बोक्नुपर्ने समस्या भएपछि नगरपालिकाले शववाहन खरिद गरेर शनिबार सो अस्पताल हस्तान्तरण गरेको… पुरा पढौ

बागलुङ कालिकाको भेटी अब सिधै बैंक खातामा

बागलुङ कालिका मन्दिरको भेटी तथा सहयोग रकमलाई बैंकिङ प्रणालीमा व्यवस्थापन गर्नका लागि क्यूआर कोडमार्फत भुक्तानी सुरु भएको छ। प्रभु बैंक बागलुङ शाखाले मन्दिरलाई क्यूआर कोड उपलब्ध गराएको हो। क्यूआर कोडले नोटको सुरक्षा, भेटी तथा सहयोग रकमको पारदर्शिता र असहज परिस्थितिमा भक्तजनको सहजताका लागि क्यूआर कोड सहयोगी बन्ने विश्वास लिइएको छ । मन्दिर परिसरमा क्यूआर कोड राखिनेछ । सबै भक्तजनको पहुँचमा हुने क्यूआर कोड स्क्यान गरेर कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको खातामा भक्तजन तथा दाताले सिधै रकम जम्मा गर्न सक्ने… पुरा पढौ

पर्वतको जलजला–७ स्वास्थ्य शिविरबाट २ सयले निःशुल्क सेवा लिए

पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट करिब २ सय भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्। गाउँपालिकाको स्वास्थ्य शाखासँगको सहकार्यमा अन्तराष्ट्रिय पर्वत समाजले शनिबार एकदिने विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो। शिविरमा स्त्रीरोग र दन्तरोग लगायतको स्वास्थ्य परीक्षणबाट सर्वसाधरणहरुले सेवा लिएका हुन्। शिविरमा एकसय ७५ जना महिला र ४० पुरुषले सेवा लिएको जनाइएको छ। शिविरमा निशुल्क स्वास्थ्य परिक्षण, परामर्श सेवा र औषधि वितरण गरिएको थियो। शिविरमा मल्लाझ, बासखर्क, लेखफाँट, सालिजा, धाइरिङ, बनौ र नागलिङका सर्बसाधरणहरुले… पुरा पढौ

नवलपुरका ४ स्थानीय तहमा आज सार्वजनिक बिदा

मगर दिवसको अवसरमा नवलपुरका ४ स्थानीय तहले आज (आइतबार) का दिन सार्वजनिक बिदा घोषणा गरेका छन्। नवलपुरको देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका, बुलिङटार गाउँपालिकामा आजको दिन सार्वजनिक विदा दिने सूचनामा जनाइएको छ। नवलपुर जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका सहित ८ वटा स्थानीय तह छन्। पुरा पढौ

गोरखामा सुरु भयो सहिद सप्ताह

गोरखामा विविध कार्यक्रमसहित सहिद सप्ताह सुरु भएको छ। सहिद सप्ताहको पहिलो दिन गोरखामा अखिल क्रान्तिकारी विद्यार्थी संगठनले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेको समाचार छ। क्रान्तिकारीका जिल्ला अध्यक्ष विष्णु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज हितराज पाण्डे लगायतका नेताहरुको सहभागिता थियो। पहिलो सहिद रम्तेलको स्मृतिमा अक्षयकोष स्थापना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका प्रथम सहीद दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने घोषणा गरेका छन्। रम्तेलको स्मृतिमा शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई… पुरा पढौ

बेँसीसहर–चामे सडक १५ दिन बन्द

लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने भएको छ। यस सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द हुने डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सबइन्जिनियर हरि श्रेष्ठले बताए। मनाङको नासोँ गाउँपालिका वडा नं ९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गर्न लागिएको हो। त्यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो। पछि पुनः काठेपुल राखेर यातायात संचालनमा भएकोमा गत कात्तिकमा आएको बाढी पहिराले… पुरा पढौ

दमौलीको दोभान युवा क्लब तनहुँ जिल्ला लिग च्याम्पियन

दमौलीको दोभान युवा क्लबले तनहुँ जिल्ला लिग च्याम्पियन बनेको छ।दोभानले शुक्रबार सम्पन्न फाइनल खेलमा अजम्बरी युवा क्लब बन्दीपुरलाई टाइब्रेकरमा ४–१ ले हराउँदै जिल्ला लिगको उपाधि चुमेको हो। खेलको निर्धारित समयभित्र दुवै टिमबाट समान १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। दोभान युवा क्लब दमौलीले युवा क्लब भिमादलाई सेमीफाइनलमा हराउँदै फाइनल खेलेको थियो। उता, अजम्बरी युवा क्लब बन्दीपुरले भने खैरेनीटार युवा क्लब खैरेनीलाई पराजित गर्दै फाइनल खेलेको थियो। लिग विजेता दोभान युवा क्लबले १ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र… पुरा पढौ