समाचार

बर्ड–फ्लुु पुष्टि भएपछि कुखुरा नष्ट

चितवन । भरतपुर महानगरपालिका– ८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित फर्ममा पालिएका सबै कुखुरा नष्ट गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले सो फर्मको कुखुरामा बर्ड–फ्लुु पुष्टि भएपछि नष्ट गरेको हो । केही दिन अघिदेखि कुखुरा मर्न थालेपछि नमूना परीक्षण गरिएको थियो । केन्द्रका निमित्त प्रमुख डा प्रभात न्यौपानेका अनुसार फर्ममा रहेका पाँच हजार ३०५ लेयर्स कुखुरा, १८ हाँस, १०० किलो दाना र १७६ अण्डा नष्ट गरिएको छ । फर्मलाई शिल गरेर नजिकै रहेको एउटा मासु पसल र… पुरा पढौ

सुन प्रतितोला रु ९९ हजार

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु ९९ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० तोकिएको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९६ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार… पुरा पढौ

रुसी राष्ट्रपति पुटिनद्वारा युक्रेनमाथि ‘सैन्य कारबाही’को घोषणा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भर्खरै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा ‘सैन्य कारबाही’को घोषणा गरेका छन्। जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत् पछिल्लो घोषणा गरेका हुन्। यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए। राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले ‘झन्डै २ लाख सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको’ बताएका छन्। राष्ट्रसंघको आह्वान बिहीवार बिहानको सम्बोधनका क्रममा पुटिनले पूर्वी युक्रेनमा तैनाथ… पुरा पढौ

युक्रेनमा एक महिने संकटकाल घोषणा

गंभीर संकटमा फसेको युक्रेनले संकटकाल घोषणा गर्ने भएको छ। युक्रेनको राष्ट्रिय सुरक्षा परिषद् (नेसनल सेक्युरिटी काउन्सिल) ले संकटकाल लगाउने निर्णय गरेको हो। दोनेत्स्क र लुहान्स्क क्षेत्रबाहेक सबै क्षेत्रमा संकटकाल लगाउने निर्णय गरेको वरिष्ठ सुरक्षा अधिकारी ओलेक्सी डानिलोभ सुरक्षा परिषद्को बैठकपछि बताएका छन्। दोनेत्स्क र लुहान्स्कमा युक्रेनी फौजले पहिलेदेखि नै रुस समर्थित पृथकतावादीसँग लडाइ गरिरहेको छ। संकटकाल सुरुमा ३० दिनसम्म रहने उनले बताएका छन्। यद्यपि, यो कदमलाई युक्रेनी संसदले अनुमोदन गर्नुपर्नेछ। पुरा पढौ

अति आवश्यक कामबाहेकका नेपालीलाई युक्रेनबाट परराष्ट्रले बोलायो

युक्रेनमा संभावित आक्रमणले तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीहरुलाई सतर्कताका लागि आग्रह गरेको हो। मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न भन्दै अत्यावश्यक परेर त्यहाँ बस्नु परेमा बाहेक उपलब्ध व्यवसायिक हवाई उडानको उपयोग गरेर स्वदेश फर्किन अनुरोध गरेको छ। नेपाली दूतावास बर्लिनमा युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी प्राप्त भएको… पुरा पढौ

आजै कार्यव्यवस्था परामर्श समितिको पनि बैठक बस्दै

कार्यव्यवस्था परामर्श समितिको बैठक आज (बिहीबार) बस्दैछ। आजका लागि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ। त्यो भन्दा अघि सभामुख सापकोटाले परामर्श समितिको बैठक बोलाएका हुन्। बिहीबारको बैठकमा सरकारले आइतबार टेबुल गरेको एमसीसी सम्झौता संसद्मा छलफलका लागि पेस गर्ने कार्यसूची छ। पुरा पढौ

आज संसद बैठक बस्दै, एमसीसीमाथि छलफल हुने कार्यसूची छ

प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने कार्यसूची छ। संसद् सचिवालयले जारी गरेको बैठकको संभावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ। प्रतिनिधिसभाको बैठक अघि, बिहान ११ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ। गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिएको थियो। पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमित र निको हुनेको संख्या उस्तै उस्तै

पोखरा । गण्डकी प्रदेशमा बुधबार कोरोना संक्रमित हुने र निको हुनेको संख्या उस्तै उस्तै रहेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका २१ जना कोरोना संक्रमित हुँदा २३ जना निको भएका छन् । विभिन्न जिल्लाका २४२ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीका १२ जना, म्याग्दीका ३, पर्वतका २, तनहुँ, लमजुङ, स्याङ्जा र बाग्लुङका एक–एक जना छन् । यो सहित प्रदेशभर हालसम्म संक्रमित हुने संक्रमितको कुल संख्या एक लाख एक हजार ८०३ पुगेको छ… पुरा पढौ

त्रिवेणीको विकासका लागि प्रदेश सरकारको ‘विशेष प्याकेज’

त्रिवेणी (नवलपुर), ११ फागुन । माघको दोस्रो साता गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मन्त्रीसहितको टिम लिएर सिंहदरबार पुगे । माघ १६ मा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर अलपत्र आयोजनका लागि बजेट थपिदिन आग्रह गरेका उनी त्यसको भोलिपल्ट अर्थात् १७ गते ३ मन्त्रीसँग भेटघाट गरे । भेटघाटको उद्देश्य थियो, प्रदेशले प्राथमिकतमा राखेका तर अगाडि बढ्न नसकेका योजनाको गाँठो फुकाउने ।मन्त्रीमात्र होइन उनी सचिवको कार्यकक्षमा समेत पुगे । भाषणमा धेरैपटक भनिएको, नागरिकलाई धेरैपटक आश्वासन बाँडिएको दुम्कीवास त्रिवेणी सडक खण्डको ट्रयाक अब जसरी पनि… पुरा पढौ

सूचनाको हक अस्पतालदेखि आमा समूहसम्म लागु हुने

पोखरा, फागुन ११ गण्डकी प्रदेशमा नीजि क्षेत्रहरुमा पनि सूचनाको हक लागु हुने भएको छ । गण्डकी प्रदेशले ल्याउन लागेको ‘गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा नीजि संघसंस्थाहरुमा पनि सूचनाको हक लागु हुने प्रावधान राखिएको हो । यसअघी सार्वजनिक निकायमा मात्रै सूचनाको हक लागु हुने गरेको थियो । गण्डकी प्रदेशको कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयले आगामी गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशनमा पेश गर्ने तयारी गरेर विधेयकको मस्यौदा बनाएको छ । मस्यौदामा मन्त्रालयले बुधबार… पुरा पढौ