समाचार

बाढी र पहिरोबाट १८५ को मृत्यु

ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण मृत्यु हुनेको संख्या १८५ पुगेको स्थानीय अधिकारीले मङ्गलबार जनाएका छन् । रियो डि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरमा अवस्थित पेट्रोपोलिस नगरपालिकामा जारी यस बाढीमा परेर अरु कम्तीमा ८५ जना अझै पनि हराइरहेका उनीहरुले जानकारी दिएका छन् । यस क्षेत्रमा सबैभन्दा तीव्र वर्षा फेब्रुअरी १५ मा रेकर्ड गरिएको थियो । त्यस दिनको बर्षा सन् १९३२ पछिको सबैभन्दा बढीे थियो । वर्षाका कारण यहाँ मानवीयका साथै अन्य… पुरा पढौ

भारतमा थप १५ हजार नयाँ सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारणले २७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड २८ लाख ६७ हजार ३१ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ६४ हजार ५२२ रहेको छ । पछिल्लो एक दिनमा ३१ हजार ३७७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कुल चार करोड २१ लाख ८९… पुरा पढौ

दुर्लुङकोटलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल

गण्डकी । देउपुरको जस्तो खेती र पाती बाजुङको ठूलो गाउँ । उराठ लाग्ने दुर्लुङको डाँडा मोहनी लाग्ने पाङ ।’ पर्वत र आसपासका क्षेत्रमा विगतमा निकै चर्चामा रहेको यस गीतमा उराठ लाग्ने भनिएको दुर्लुङको डाँडाको पहिचान अहिले भने फेरिएको छ । हिमाली एवं पहाडी दृश्यावलोकनको महत्वपूर्ण गन्तव्यमध्येको हालको कुष्मा नगरपालिका–३ स्थित दुर्लुङमा पछिल्ला वर्षमा भने ठाउँ ठाउँबाट पर्यटक पुग्ने गरेका छन् । स्थानीय जागरुकतासँगै त्यहाँको ऐतिहासिक एवं धार्मिक महत्वको प्रचारप्रसार हुन थालेसँगै विगतको उराठ लाग्ने दुर्लुङ यतिखेर जिल्लाकै मोहोनी लाग्ने गन्तव्यमध्ये… पुरा पढौ

गाउँपालिकाद्धारा चार वर्षमा एक हजार २०० धारा निर्माण

बागलुङ । भौगोलिक हिसाबले जिल्लाकै दुर्गम मानिने तमानखोला गाउँपालिकाले पछिल्लो चार वर्षमा एक हजार २०० धारा निर्माण गरेको छ । गाउँपालिकाले पानीको अभाव रहेका गाउँलाई केन्द्रित गरेर बिभिन्न परियोजना सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले अझै एक हजार घरपरिवारका लागि एक घर एक धारा पु¥याउन बाँकी छ । तमानखोला –२ को खोलेस्बाङमा पछिल्लोपटक सुरु भएको सबैभन्दा ठूलो खानेपानी आयोजना चलिरहेको छ । खोलेस्बाङ विष्णुमाया घर्तीले पानीको धारा बनाउन आफँैले गिट्टी कुट्ने, ढुङ्गा बोक्ने, खानेपानीको पाइप लाइन खन्ने काममा खटिएका छन् ।… पुरा पढौ

दुई बृहत् खानेपानी आयोजना सञ्चालनको तयारी

म्याग्दी । म्याग्दीमा दुई ठूला खानेपानी आयोजना सञ्चालनका लागि तयारी थालिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जिल्लाको रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा खानेपानी आयोजना सञ्चालनको तयारी गरेको हो । रघुगङ्गा–२ र ३ मा बृहत् भगवती, पिप्ले खानेपानी आयोजना र बेनी –५, ६, ९, १० का विभिन्न बस्ती, रघुगङ्गा गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी बृहत् घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न लागिएको हो । दुवै आयोजनाको डिजाइनको काम सकिएको र विभागबाट स्वीकृत गराएर ठेक्का… पुरा पढौ

जिल्लामा स्थानीय तह निर्वाचन तयारी तीव्र

तनहुँ । जिल्ला निर्वाचन कार्यालय तनहुँले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । निर्वाचनको तयारीस्वरुप कार्यालय अहिले मतदाता नामावली अद्यावधिकमा जुटेको छ । निर्वाचन घोषणा भएसँगै मतदाता नामावली सङ्कलन स्थगित गरी आन्तरिक तयारीमा लागेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । कार्यालयले दुई लाख ४८ हजार ४९३ जनाको नामावली निर्वाचन आयोगमा पठाएको छ । ती मध्ये एक लाख २८ हजार ५४२ महिला र एक लाख १९ हजार ९५१ पुरुष छन् । उनका अनुसार विगत… पुरा पढौ

चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । उनिहरुका बीचमा मंगलबार फोनमा कुराकानी भएको चिनियाँ विदेशमन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीचमा फोनमा कुराकानी भएको र उहाँहरुका बीचमा समसामयिक विश्व राजनीतिका बारेमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ । त्यस क्रममा उनीहरुका बाीचमा खासगरी युक्रेनमा पछिल्लो समयमा देखिएको अवस्थाका बारेमा कुराकानी भएको थियो । अमेरिकी विदेशमन्त्री ब्लिन्केनले कुराकानीका क्रममा अमेरिकाले रुसले युक्रेनमाथि आक्रमण गर्ने सूचना पाएको भन्दै अमेरिका त्यसको विरुद्धमा रहेको बारेमा आफ्नो… पुरा पढौ

अव घण्टौँ लगाएर खानेपानी बोक्नुपर्ने बाध्यताको अन्त्य हुदै

चितवन । खानेपानीको अभाव झेलिरहेको भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएसँगै घण्टौँ लगाएर खानेपानी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ । रु एक करोड ५० लाखको लागतमा निर्माण गरिएको सो योजनाको उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका–२९ ढोडेनीमा निर्माण गरिएको सो योजनाको महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले उद्घाटन गरे । सङ्घीय सरकारको रु एक करोड, भरतपुर महानगरको रु ३५ लाखको लागतमा जनसहभागितामा निर्माण गरिएको सो योजनाबाट ८३ परिवार लाभान्वित भएका… पुरा पढौ

गण्डकी प्रदेश लगाएत पहाडी भू–भागमा वर्षाको सम्भावना

देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । पहाडी… पुरा पढौ

आठ वर्षमा सम्पन्न हुदै धवलागिरि अस्पतालको भवन

बागलुङ । बागलुङको धवलागिरि अस्पताल भवन निर्माण सुरु भएको आठ वर्षपछि सम्पन्न हुन लागेको छ । तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सो भवन आठ वर्षपछि मात्रै सम्पन्न हुन थालेको हो । ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माणमा ढिलाइ भएको हो । भवन निर्माण समयमै नहुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित बन्दै आएको थियो । पटक–पटक म्याद थप्दै गरे पनि ठेकेदार कम्पनीले निर्माणमा ढिलाइ गर्दै आएको थियो । अस्पतालको ‘सी’ ब्लकको रङरोगन, झ्यालढोका जडान, विद्युत् जडानलगायत काम भइरहेको छ… पुरा पढौ