समाचार

बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आधा खुट्टा, हात खाएको र क्षतविक्षत अवस्थामा थारुको शव फेला परेको प्रहरीले जनाएको छ ।रासस पुरा पढौ

नेष्डो समृद्ध लघुवित्तको आइपिओ खुला

काठमाडौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गर्ने गरेको हो । कम्पनिले निष्कासन गरेको साधारण शेयरमा कुल निष्कासनको पाँच प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरी जारी पूँजी९रु २५ करोड ५०लाख०को शुन्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार ७५०… पुरा पढौ

आज सुनको मूल्य घट्यो,चाँदीको बढ्यो

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु ९६ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार ३२० पुगेको महासङ्घले जनाएको… पुरा पढौ

गृहमन्त्रीद्धारा माओवादी केन्द्र र एमालेका शिर्ष नेताहरुसंग भेटवार्ता

काठमाडौ । संसद्मा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । गृहमन्त्री खाँणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटार र एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगी भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । भेटका अवसरमा उनिहरुबीच मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने र एमसिसी अनुमोदन गर्नेलगायत… पुरा पढौ

गाउँपालिकाद्धारा एम्बुलेन्स सेवा सुचारु

बाँके । बाँकेको जानकी गाउँपालिकाले जनतालाई सहज स्वास्थ्य सेवाको लागि एम्बुलेन्स सेवा सुरु गरेको छ । नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए । गाउँपालिकावासीले आपतकालीन अवस्थामा गम्भीर बिरामी हुँदा व्यहोर्नुपर्ने समस्याबाट मुक्ति पाउन भनेर गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको उल्लेख गर्दै कार्यवाहक अध्यक्ष धितालले भने, “अब नागरिकले सजिलै एम्बुलेन्स सेवा पाउनेछन् ।” प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले एम्बुलेन्समार्फत स्थानीयलाई सहजरुपमा सेवा दिइने उल्लेख गरे। अहिले गाउँपालिकाका स्थानीय नागरिक अन्य… पुरा पढौ

वायु ऊर्जा आयोजना अलपत्र,चार सय उपभोक्ता मारमा

पर्वत । पर्वत जिल्लामा विद्युत्को माग पूरा गर्नका लागि करोडौँको लागतमा बनाइएको वायु ऊर्जा १५ वर्षदेखि अलपत्र बनेको छ । महाशिला गाउँपालिका–६ फलामखानीमा सञ्चालित हावाबाट बिजुली निकाल्ने प्रविधि (वायु ऊर्जा) मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो । विसं २०६० मा स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समय–समयमा मर्मतसम्भार अभावमा अलपत्र अवस्थामा गुज्रिएको छ । केन्द्रबाट विद्युत् उत्पादन त भएको छैन त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयवासीले मर्मत गर्न माग गरेका छन् । दैनिकजसो बढ्दै गएको विद्युत्को मागलाई पूर्ति… पुरा पढौ

लण्डनको हिलिङ्डन अस्पतालले ‘नेपाल डे’ मनाउँदै

बेलायतको लण्डनमा रहेको हिलिङ्डन अस्पतालले यही फेब्रुअरी २५ का दिन ‘नेपाल डे’ मनाउने भएको छ। हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत यहाँ कार्यरत कर्मचारीलाई यस्तो जानकारी गराएका छन्। यहाँ हाल ७८ देशका नागरिकहरु विभिन्न पदमा कार्यरत छन्। कार्यक्रमलाई सहयोग गर्न हिलिङ्डन अस्पतालमा कार्यरत नेपालीको ‘हिलिङ्डन हस्पिटल नेपाली ग्रुप’ लागिपरेको छ। उक्त समूहमा अस्पतालको जर्सी वार्डमा प्रबन्धक रहेकी रस्मितासिंह दर्लामी, आकस्मिक कक्षमा कार्यरत मणि तामाङ, अञ्जना गुरुङलगायतका नेपालीहरु आवद्ध छन्। कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको उक्त… पुरा पढौ

म्याग्दीको धवलागिरि गाउँपालिकाद्वारा एम्बुलेन्स संचालन

म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स संचालन गर्ने भएको छ। भौगोलिक रुपमा विकट उक्त गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा उपचार दिलाउन एम्बुलेन्स खरिद गरिएको छ। विभिन्न प्रकृया पूरा गरी भारतबाट भन्सार छुटमा एम्बुलेन्स खरिद गरी कार्यविधि बनाएर संचालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिएकी छन्। ‘बिरामीलाई उपचारका लागि बेनी हुँदै पोखरा लैजान यातायातमा मात्रै ३० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ’, उनले भनिन्। समयमै सवारीसाधन पाउन मुस्कील हुने गरेको उनको भनाइ छ। समयमै र न्यून शुल्क तिरेर पुग्ने वातावरण… पुरा पढौ

आईसीसी टी–२० विश्व वरीयतामा नेपाल २ स्थान तल खस्कियो

आईसीसी टी–२० विश्व वरीयतामा नेपालको २ स्थान तल झरेको छ। विश्वकप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा हिँजो (मंगलबार) यूएईसँग पराजित भएसँगै नेपाल विश्व वरीयतामा २ स्थान तल झरेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा छ। यसअघि, नेपाल १३ औँ स्थानमा थियो। यससँगै नेपाल २ हप्तामै ३ स्थान तल झरेको हो। यसअघि १२ औं स्थानमा रहेको नेपालले ४ देश सम्मिलित टी–२० श्रृंखलामा यूएई र आयरल्यान्डसँग हार बेहोरेपछि १ स्थान खस्केको थियो। ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले… पुरा पढौ

विश्वकप खेल्ने नेपालको सपनामा युएई तगारो बन्यो

टी–२० विश्वकप खेल्ने नेपालको सपना अधुरो बनेको छ। आईसीसी ग्लोबल टी–२० विश्वकप छनोटबाट नेपाल मंगलबार बाहिरिएपछि टी–२० विश्वकप खेल्ने नेपालको सपना अधुरो बनेको हो। नेपालले आईसीसी ग्लोबल टी–२० विश्वकप छनोटको अन्तिम आधार तय गर्न सकेन। अस्ट्रेलियामा हुने विश्वकप टी–२० २०२२ खेल्ने अवसरबाट नेपाललाई मंगलबार युएई तगारो बन्यो। सन् २०१४ मा बंगलादेशमा भएको आईसीसी विश्वकप टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलेपछि नेपालले दोस्रो पटक विश्वकप खेल्ने सपना बुनेको थियो। तर, ओमानको अल इमिरात मैदानमा भएको सेमिफाइनलमा नेपाल मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग… पुरा पढौ