समाचार

फुलवारी मन्टेश्वरीले मनायो २६ औं वार्षिकोत्सव

पोखरा ३ नदीपुरमा रहेको पोखराको अग्रणी मन्टेश्वरी फूलवारी मन्टेश्वरी कटेजले आइतबार २६औं वार्षिकोत्सव तथा ११औं स्पोर्टस् डे सम्पन्न गरेको छ । कार्यक्रम प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ३ का निवर्तमान अध्यक्ष रविन्द्र बहादुर प्रजु, प्रिन्सिपल अरुणा शेरचन, विद्यालय प्रमुख निर्देशक जिवन कुमार शेरचन लगायतले बेलुन उडाएर उद्घाटन गरिएको थियो । सो अवसरमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको फोटोमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रजुले फुलवारी मन्टेश्वरी कटेजको कार्यक्रममा सहभागि हुन पाउँदा अत्यन्तै खुशी लागेको बताए ।… पुरा पढौ

गण्डकीमा महिला मतदाता बढी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन् । जसमा महिला मतदाताको सङ्ख्या नौ लाख ५५ हजार ५१६ छभने पुरुषको मतदाताको सङ्ख्या नौ लाख १४ हजार ५३५ रहेको छ । पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या ४० हजार ९८१ ले बढी रहेको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ । जिल्लागत रूपमा गोरखाबाहेक प्रदेशका १० वटै जिल्लामा महिला मतदाताको सङ्ख्या बढी रहेको कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए । गोरखामा… पुरा पढौ

महेन्द्र माविलाई सरसफाई सामाग्री हस्तान्तरण

शिशिर उजाडपोखरा तेन्जिङ आइन डोल्मा हेल्थ नेपालले पोखरा १९ घार्मीमा रहेको महेन्द्र माविलाई सरसफाई सामाग्री हस्तान्तरण गरेको छ । स्वाभिमान टोल विकास संस्था पोखरा १६, कुरेचौरको समन्वयमा विद्यालयमा आयोजित सचेतना मुलक कार्यक्रममा १० थान डष्टविन र प्यान,गार्वेज प्लाष्टिक, कुचो झाडु, ग्लोब्स् र मास्कलगायतका सामाग्री फोहोर मुक्त वातावरण अभियानका संयोजक श्यामसुन्दर आचार्य र सचिव बोधराज आचार्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल, प्रधानाध्यापक बासुदेव पौडेललाई हस्तान्तरण गरे ।सो अवसरमा संयोजक आचार्यले विद्यालयको वातावरण स्वस्थ राख्न समाज प्रदुषण रहित हुनुपर्नेमा जोड दिए… पुरा पढौ

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु

नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु भएको छ । विशेष महाधिवेशन प्रचारप्रसार समितिले आज पत्रकार सम्मेलन गरी बन्दसत्रको कार्यक्रम भृकुटीमण्डपस्थित हलमा सुरु भएको जानकारी दिएको हो । बन्दसत्रको अध्यक्षता काठमाडौँ क्षेत्र नं ५ का कांग्रेस नेता एवं ज्येष्ठ महाधिवेशन प्रतिनिधि ८८ वर्षीय श्यामकुमार खड्काले गरेका छन् । प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि कानुन व्यवसायी एवं महाधिवेशन प्रतिनिधि नारायणप्रसाद भट्टराईले वाचन… पुरा पढौ

विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, मेयर आचार्यद्वारा अक्षयकोष स्थापना

शिशिर उजाडपोखरा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन्। विद्यालयको ७९ औं बार्षिकोत्सव एवं अभिभावक दिवस समारोहको अवसरमा १ लाख ११ हजार १ सय ११ रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। आफ्ना बुबा र भाइ शिवराजले अध्ययन गरेको र उनीहरूको सम्मान स्वरुप अक्षयकोष स्थापना गरेको मेयर आचार्यले बताए। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर आचार्यले सबै पक्षको सहकार्यबाट मात्र सामुदायिक विद्यालयलाई अब्बल बनाउन सकिने उदाहरण यस विद्यालयले पुष्टि गरेको बताए। उनले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण… पुरा पढौ

शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान

पोखरा, पुस २७ गते । नेपाल शिक्षक महासङ्घ, कास्कीको दोस्रो जिल्ला परिषद् आइतवार पोखरामा सम्पन्न भएको छ ।नेपाल शिक्षक महासङ्घ, कास्कीका अध्यक्ष भोलानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रशस्त लगानी भएर पनि सामुदायिक विद्यालयले सन्तोषजनक नतिजा दिन नसकेको अवस्थाप्रति शिक्षक महासङ्घले विशेष ध्यान दिनुपर्ने धारणा राखे । विद्यालयको प्रधानाध्यापकले असल नेतृत्व दिन सक्दा विद्यालयको गुणस्तर राम्रो हुने सोचले महानगरले प्रधानाध्यापकका लागि केही मात्रामा भए पनि प्रोत्साहन रकम प्रदान गरेको आचार्यले बताए ।शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीका… पुरा पढौ

प्रदिप खनालको नेतृत्वमा पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, गण्डकीको नयाँ समिती चयन

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । दमौलीमा सम्पन्न अधिवेशनबाट प्रदिप खनालको नेतृत्वमा नयाँ समिति चयन गरिएको महासंघका केन्द्रिय सदस्य सूर्यमोहन आचार्यले जानकारी दिए । महासंघ गण्डकीको वरिष्ठ उपाध्यक्षमा ठाकुर प्रसाद शर्मा, उपाध्यक्षमा रामचन्द्र सापकोटा, सचिवमा सुरेन्द्र बास्तोला, कोषाध्यक्षमा भागवत् अर्याल, सह सचिवमा रमेश पौडेल निर्वाचित भए । यस्तै सदस्यहरुमा नवराज पौडेल, शान्ति पाण्डे, सरस्वती आचार्य, सुस्मा श्रेष्ठ, रूपबहादुर केसी, मिन वहादुर थापा, किशोर सापकोटा, प्रताप सिंह… पुरा पढौ

कम्युनिष्टमुक्त कांग्रेस बनाउन शर्माको अपिल

पुस २७ नेपाली कांग्रेस गण्डकी प्रदेश सभापती शुक्रराज शर्माले कम्युनिष्टमुक्त कांग्रेस बनाउन अपिल गरेका छन् । हिन्दू राज्य र संवैधानिक राजसंस्थाको वकालत गर्दै आएका गण्डकी सभापती शर्माले कम्युनिष्टको एजेण्डा बोक्ने कांग्रेस सुध्रिनुपर्ने बताए । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले कांग्रेसको विरासत फर्काउनुपर्नेमा जोड दिएका हुन् । कांग्रेस सुधारका लागि विरासतमा फर्कनु पर्छ,उनले भने,ुआफ्नो बिरासत बिर्सिएर कम्युनिस्टहरूको पछि लाग्दासम्म कांग्रेस सुध्रिदैन र मुलुक पनि बन्दैन । उनले कांग्रेसले अहिले कम्युनिस्टको मुद्दा बोकेर हिँडिरहेको आरोप लगाए । कम्युनिस्टसँग… पुरा पढौ

कास्की आइडलको उपाधि रोजिता र शिखालाई

पोखरा, पुस २७ गते ।  कास्की आइडलको गायनतर्फको उपाधि रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले हात परेका छन् । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिवार सम्पन्न गायन तथा नृत्य प्रतियोगिता ‘कास्की आइडल’ को गायनतर्फको फस्ट रनरअप सुशान्त भण्डारी र सेकेन्ड रनरअप सबिना परियार भएका छन् । सन्तोष परियार र विशाल पाण्डेले गायनतर्फ सान्त्वना पुरस्कार प्राप्त गरे । यस्तै नृत्यतर्फ क्रिस्टिना जिसी फस्ट रनरअप, आकृषा पोखरेल सेकेन्ड रनरअप तथा लोजिना पटेल र ऋदम लिम्बू सान्त्वना भए… पुरा पढौ

कलाकार गुरुङ ‘क्यान मनबहादुर जितीमाया पुन साइन आर्टस् पुरस्कार’ बाट पुरस्कृत

२७ पुस ‘क्यान मनबहादुर जितीमाया पुन साइन आट्र्स पुरस्कार २०८२’ बाट कलाकार भुवन गुरुङ पुरस्कृत भएका छन् । पुन आट्र्स पोखराका कलाकार तिलक पुन पुर्जाले आफ्ना मातापिताको नाममा स्थापना गरेको सो पुरस्कारको राशी नगद १० हजारसहित प्रमाणपत्र रहेको छ । काठमाडौंमा हालै आयोजित कार्यक्रममा सो पुरस्कार अर्पण गरिएको पुरस्कार स्थापनाकर्ता तिलक पुन पुर्जाले जानकारी दिए । पुरस्कृत गुरुङ ४५ वर्षदेखि साइन बोर्ड लेखनमा सक्रिय छन् । उनले श्रेष्ठ आट्र्समा साइन बोर्ड लेख्न सिकेपछि यही पेशा अप्नाउँदै आएका छन् । साइन… पुरा पढौ