समाचार

पीएम कप क्रिकेटः उपाधिका लागि एपीएफ र पुलिसको फाइनल आज

प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेटको फाइनल आज (बुधबार) हुँदैछ। त्रिवि क्रिकेट मैदानमा बिहान १० बजे सुरु हुने फाइनलमा २ विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्। एपीएफ र पुलिस दुबै टिम उपाधि जित्ने योजनासहित मैदान उत्रने छन्। एपीएफले दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएर पुलिससँगको भेट पक्का गरेको हो। एपीएफले साविक विजेता समेत रहेको आर्मीलाई हिँजो (मंगलबार) ४७ रनले हराएको थियो। यस्तै, पुलिसले बागमती प्रदेशलाई हराएको थियो। फाइनल पुग्ने क्रममा पुलिसले बागमतीलाई ५० रनले पराजित गरेको हो। यसअघि… पुरा पढौ

के तपाईंसँग कोभिडविरुद्धको खोप कार्ड छ ?

सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ। तपाईंसँग कोरोनाविरुद्ध खोप लगाएको खोप कार्ड छ? कार्ड छ भने तपाईं सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउनुहुन्छ। छैन भने, अब कार्ड नभई सार्वजनिक स्थानमा हिँडडुल गर्न पाइनेछैन। कोरोना संक्रमणको गति फेरि बढ्दै गएपछि सरकारले कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)ले गरेको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न भन्दै सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको हो। पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड… पुरा पढौ

पर्वतमा आजदेखि निषेधाज्ञा लागू

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएपछि पर्वतमा निषेधाज्ञा जारी गरिएको छ। कोभिड संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि माघ ५ गतेदेखि लागु हुने गरी स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिएको हो। जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय पर्वतले माघ ५ देखि लागु हुने गरी निषेधाज्ञा आदेश जारी गरेको हो। पर्वतमा कोरोना संक्रमण फैलिएकाले शैक्षिक संस्था होटल, सेवा प्रदायक निकाय, डिपार्टमेन्टल स्टोर्स, धार्मिक स्थल, यातायात लगायतका क्षेत्रमा फरक फरक क्षेत्रमा समय तोकेर आदेश जारी गरिएको छ। अर्को आदेश जारी… पुरा पढौ

भोलीदेखि मनकामना मन्दिर पनि बन्द

कोरोना संक्रमण तीव्र रुपमा फैलिरहँदा नेपालकै प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर प्रवेशमा रोक लगाइएको छ। मंगलबार बसेको सरोकारवालाहरूको बैठकले ६ गते (बिहीबार) देखि माघ मसान्तसम्म नित्यवाहेकका पूजामा रोक लगाउने निर्णय गरेको बताइएको छ। मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङका अनुसार धार्मिक शक्तिपीठहरू बन्द गर्ने नेपाल सरकारको पुस ३० गतेको आदेशलाई कार्यान्वयन गरिएको हो। मन्दिरमा भक्तजनबाट हुने बलीपूजा, लाखबत्ती बाल्ने जस्ता धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ। मनकामना मन्दिरमा कोरोना संक्रमण फैलिनुअघि दैनिक २ हजारको हाराहारीमा भक्तजनले भ्रमण गर्ने गरेको… पुरा पढौ

तालिमबाट सिकेको ज्ञानले काम गर्न थप हौसला मिलेको छः प्रशिक्षार्थी

कविता घर्तीमगर,0४ माघ,कास्की। पोखरामा सम्पन्न भएको एक कार्यक्रममा प्रशिक्षर्थीहरुले तालिमबाट काम गर्न थप हौसला जागृत भएको बताएका छन्गत पौष २८ गतेदेखि जारी रहेको एक हप्ते आधारभुत पत्रकारिता तालिमको आज औपचारिक समापनका क्रममा प्रशिक्षार्थीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । पत्रकारिता क्षेत्रमा पहिलो पाईला टेक्दै गरेको नयाँ पत्रकारलाई विषय वस्तु छनौट तथा समाचार लेखनमा आधारभुत ज्ञान हासिल भएको प्रशिक्षार्थी अन्जु वरालले बताईन् । उनले तालिममा सिकेको ज्ञानलाई ब्यवहारमा सदुपयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरिन् ।समाचारको सिद्धान्त र समाचारको प्रभावबारे तालिमबाट सिक्ने… पुरा पढौ

तोकिएको समयमा हाजिर हुँदैनन् कर्मचारीः ७३२ लाई कारबाही सिफारिस

काठमाण्डौं । राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालयसहितका विभिन्न कार्यालयमा गरेको अनुगमनमा तोकिएको समयमा कार्यालयमा हाजिर नहुने र तोकिएका पोसाक नलगाउने क्रम नरोकिएको जनाएको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्षमा १४७ कार्यालयमा गरिएको अनुगमनमा ७३२ कर्मचारी तोकिएको समयमा कार्यालयमा नआएको पाइएको छ । यस्तै १५६ कर्मचारीले तोकिएको पोसाक नलगाएको फेला परेको केन्द्रका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए । हालै सरुवा भएर जल तथा ऊर्जा आयोगको सचिवालयमा जान लाग्नुभएका सचिव घिमिरेले चालु आर्थिक वर्षमा केन्द्रले गरेका कामकारबाही तथा अनुगमनको बारेमा जानकारी गराउँदै… पुरा पढौ

गुण एयरलाइन्सको जहाजबारे छानबिन गर्न कार्यदल गठन

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्सको जहाजमा प्राविधिक गडबडी भएको घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन कार्यदल गठन गरेको छ । मन्त्रालयले वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा चार सदस्यीय छानबिन कार्यदल गठन गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए । कार्यदलको सदस्यमा पर्यटन मन्त्रालयका इलेक्ट्रोनिक इन्जिनियर नसिव आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका क्याबिन क्रु निरीक्षक सावित्री श्रेष्ठ राई सदस्य तथा प्राधिकरणकै एरोनोटिकल इन्जिनियर रितेशराज पन्त सदस्यसचिव रहेका छन् । घटनाको… पुरा पढौ

स्वास्थ्य मन्त्रालय भन्यो तत्काल बन्दाबन्दी गर्ने पक्षमा छैनौ

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताए । देशमा बल्लबल्ल अलिअलि उकालो लागेको अर्थतन्त्र फेरि नबिग्रियोस् भन्नेमा मन्त्रालय प्रष्ट रहेको उनले बताए । उनले भने “कतिपय क्षेत्र बन्द गर्नुपर्ने हो भने दुईतीन हप्ता बन्द गरेर पुनः सञ्चालन गर्न सकिन्छ ।” १८ वर्षमुनिका बालबालिकाका लागि खोप सञ्चालन गरिरहे पनि विद्यालय बन्द भएकाले व्यवस्थापन केही… पुरा पढौ

अबुधाबीमा भएका आतङ्कवादी हमलाको नेपालद्वारा निन्दा

काठमाण्डौं । सरकारले संयुक्त अरब इमिरेट्सको अबुधाबीका विभिन्न स्थानमा हिजो भएका आतङ्कवादी हमलाको नेपालले निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । व्यावसायिक एवं पर्यटन केन्द्रको राजधानी अबुधाबी विमानस्थल नजिक सोमबार भएको आतङ्कवादी आक्रमण इन्धन ट्रकमा हुँदा तीन जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका थिए । रासस पुरा पढौ

बाख्रापालक भन्छन् : किसान महान ।

पोखरामा बाख्रा दिवस मनाइएको छ । नेपाल व्यवसायीक बाख्रापालक महासंघको आयोजनामा मंगलबार पोखरामा प्रथम राष्ट्रिय बाख्रा दिवस मनाइएको हो । ‘नेपाल, बाख्रा र हामीसँगै’नारासहित मनाइएको बाख्रा दिवसमा बाख्रापालक किसानले सरकारले किसानलाई अपहेलित गरेको गुनासो गरे । कार्यक्रममा नेपाल व्यवसायीक बाख्रापालक महासंघ गण्डकी प्रदेश अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष धन श्रीस मगरले सरकारले किसानलाई हेपेको आरोप लगाए । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेपनि नआएको, कृषिको प्रदेश निर्देशनालयलाई चिठी र मौखिक निम्तो गरेपनि नआएर बाख्रापालक किसानलाई… पुरा पढौ