समाचार

प्रेस चौतारी बागलुङको अध्यक्षमा नबिन शिशिर बिक

प्रेस चौतारी नेपाल बागलुङ शाखाको अध्यक्षमा नविन शिशिर बिक सर्वसम्मत चयन भएका छन्। बिहिबार बागलुङ बजारमा सम्पन्न छैटौं जिल्ला अधिबेशनले बिकको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। कमिटीको उपाध्यक्षमा सिर्जना पन्त र झरना कँडेल, सचिवमा कमल पौडेल, उपसचिवमा अर्जुन कार्की र हेम बिक तथा कोषध्यक्षमा खेमराज गौतम (सुवास) चयन भएका छन्। कमिटीको सदस्यमा मनिषा शर्मा, दिवाकर उपाध्याय, राम खत्री, साधना पन्त, रोहन जिसी, अनिस पाठक, बिक्रम पौडेल, सचदेव क्षत्री, कृषिता अधिकारी, करिश्मा क्षत्री, जीवन पाण्डे र शिव बोहरा… पुरा पढौ

कोदालो प्रहार गरी तनहुँमा आफ्नै साथीको हत्या

कोदालो प्रहार गरी आफ्नै साथीको हत्या गरेको आरोपमा तनहुँ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। व्यास नगरपालिका– ११ दरैपधेरा निवासी २३ वर्षीय पूजन तिवारीले पोखरा घर भएका २६ वर्षीय किरणकुमार गुरुङको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरीले जनाएको छ। बिहान गुरुङको हत्या भएपछि घटनास्थल पुगेको प्रहरीले हत्या गरेको व्यक्ति फरार भएपछि खोजी गरेको थियो। बिहीबार विहान आफ्नो घर नजिकै हत्या गरेपछि फरार रहेका तिवारीको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुषालको कमाण्डले पक्राउ… पुरा पढौ

तनहुँ प्रशासनको आदेशः सतर्कता अपनाऔँ, खोप कार्ड अनिवार्य

जिल्ला प्रशासन कार्यालय तनहुँले कोभिड नियन्त्रणको लागि विभिन्न आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बिहिबार सुचना जारी गर्दै जिल्लाभर विहीबार राती १२ बजेबाट अर्काे व्यवस्था नहुँदासम्म विभिन्न आदेश जारी गरेका हुन्। कोभिड–१९ को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णय, संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको… पुरा पढौ

“बाच्ने मन छ तर,मुटु शल्यक्रिया गर्ने पैसा नै भएन,”: पिडितको विलौना

कविता घर्तीमगर, बागलुङ । विगत दुई वर्षदेखि मुटुको समस्याबाट कष्टकर जीवन विताईरहेका एक पिडितले जीवन बचाईदिन सवैसामु आर्थिक सहयोगको अपिल गरेका छन् । बागलुङ जिल्ला तमानखोला गाउँपालिका वडा नं. २ निवासी लालमति विक २ वर्ष यता मुटुरोगबाट थला परेकोले उनका श्रीमान गोविलाल विकले उपचारका लागि आर्थिक सहयोग गरिदिन सवैमा अपिल गरेका हुन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोयाशिक भास्कुलर तथा टान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाडौमा उपचार गराउदा मुटुको शल्यक्रिया गर्न ९ लाख आर्थिक रकम लाग्ने भएकोले आर्थिक सहयोगको अपिल… पुरा पढौ

मादी गाउँसभाको निर्णय : एक्याप क्षेत्रभित्रका प्राकृतिक श्रोत साधनको संरक्षण, सम्वद्र्धन र ब्यबस्थापन गर्ने जिम्मा देउ

पोखरा, पुस २९ मादी गाउँपालिकाले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) हटाउन र सो क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वद्र्धन र व्यवस्थापन आफूलाई दिन संघ सरकारसँग माग गरेको छ । मादी गाउँपालिकाको दशौं गाउँसभाले यसका लागि आग्रह गर्ने निर्णय गरेको गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । गाउँसभाले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) हटाउन र सो क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वद्र्धन र व्यवस्थापन गाउँपालिका मातहत नआएसम्म एक्यापको नाममा संकलन भएको रोयल्टी र पर्यटन शुल्कको ७० प्रतिशत अंश गाउँपालिकामा आउने व्यवस्था… पुरा पढौ

नेपालका नगरपालिकाहरु मध्ये आधाले मात्र गर्छन् फोहोर संकलन

पोखरा, २९ पुसनेपालका नगरपालिकाहरुमा फोहोर व्यवस्थापन चुनौतिपूर्ण देखिएको छ । देशका २ सय ९३ नगरपालिकामा भएको सर्भेक्षणमा आधा फोहोरमात्र स्थानीय सरकारले संकलन गर्न सकेको देखिएको छ ।केन्द्रीय तथ्यांक विभागले गरेको फोहोरमैला व्यवस्थापना सर्वेक्षण २०७६ को प्रतिवेदनले यस्तो औंल्याएको छ । बुधबार पोखरामा आयोगले सर्भेक्षणको प्रतिवेदनमाथि अन्तक्र्रिया आयोजना ग¥यो । फोहोरमैलालाई जैविक, अजैविक र अन्य गरी ३ वर्गमा विभाजन गरी तथ्यांक संकलन गरिएको छ । नेपालका ४१ प्रतिशत नगरपालिकाले मात्र ल्यान्डफिल साइट प्रयोग गरेको सर्भेक्षणमा देखिएको छ । संकलित फोहोरमध्ये ४८.६… पुरा पढौ

चितवन महोत्सव चार दिनमै समापन

चितवन । पुस २५ गतेदेखि नारायणगढको नारायणी नदी किनारमा सञ्चालन गरिएको १३औँ संस्करणको चितवन महोत्सवको बुधबार समापन गरिएको छ । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले अर्को वर्ष १४औँ संस्करणको चितवन महोत्सव गर्ने घोषणा गर्दै चौथो दिनमा महोत्सव समापन गरेका हुन् । । “कोरोना महामारीको जोखिमका कारण हामीले चौथो दिनमै चितवन महोत्सव समापन गर्दैछौँ”, अध्यक्ष श्रेष्ठले भने, “अर्को वर्ष हामी १४औँ संस्करणको चितवन महोत्सव गर्ने छौँ, त्यसको घोषणा आजै गर्छु ।” चार दिनमै महोत्सव स्थगन गर्नुपरेपछि महोत्सव मूल आयोजक… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अङ्कले उकालो लागेर दुई हजार ८५७.७५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९४ अङ्कले वृद्धि भइ ५३०.८३ मा पुगेको छ । कूल २२४ कम्पनीको एक करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर रु ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ मूल्यमा खरिद बिक्री भए । आजको… पुरा पढौ

राष्ट्रिय जनमोर्चाका प्रदेश सम्मेलन फागुनमा

काठमाणडौं । राष्ट्रिय जनमोर्चाले आगामी फागुन ६ र ७ गते प्रदेश सम्मेलन गर्ने भएको छ । यसअघि पार्टीले आउँदो माघको १५ र १६ गते प्रदेश सम्मेलन तोकिएको थियो । पछिल्लो समय कोभिड–१९को नयाँ भेरियन्टको बढ्दो जोखिम र कतिपय आवश्यक तयारी पूरा हुन नसकेका कारण सातवटै प्रदेश सम्मेलन केही सातापछि सारेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । देशव्यापीरूपमा सङ्गठन सुदृढीकरण अभियान थालेको पार्टीले मातहतका प्रदेश, जिल्ला, स्थानीय कमिटीलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्र राजनीतिक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । जनताको… पुरा पढौ

नागरिकको जीवन रक्षका लागि सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवनरक्षाका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्। पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमणदर निकै बढेकामा चिन्ता व्यक्त गर्दै उनले सङ्क्रमण नियन्त्रण गर्न सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत सरकारका प्रवक्ता कार्कीले भने, “पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमणको दर निकै बढेको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ । नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्रगतिमा अगाडि… पुरा पढौ