समाचार

तनहुँको डुम्रेमा ‘तपाईको मास्क खोई ?’

तनहुँको डुम्रेमा ‘तपाईको मास्क खोई’ अभियान संचालन गरिएको छ । तनहुँ–लमजुङ–गोरखाको महत्वपूर्ण व्यापारिक नाका डुम्रे बजारमा प्रहरीले अभियान सुरु गरिएको हो। ओमिक्रोन भाइरसको जोखिम उच्च देखिएको कारण सचेतनाका लागि प्रहरी चौकी डुम्रेले अभियान संचालन गरेको हो। अभियानलाई तनहुँ उद्योग वाणिज्य संघ डुम्रे इकाई, सशस्त्र प्रहरी बल मनकामना गण र डुम्रे बजारका अन्य सहयोगी संस्थाहरुले समन्वय गरेको छ। पुरा पढौ

गण्डकी प्रदेश अर्थमन्त्री बराललाई कोरोना संक्रमण

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’लाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री बरालको नमूना संकलन परीक्षणको बुधबार आएको नतिजामा मन्त्री बराललाई कोरोना संक्रमण भएको हो। स्वास्थ्यमा असहता आएपछि मन्त्री बरालको मंगलबार नमूना संकलन गरिएको थियो। मन्त्री बराल हाल होम आइसोलेसनमै बसेका छन्। मन्त्री बरालका सचिवालय र निजी निवासका ११ जनाको मंगलबार नै नमूना परीक्षण गरिएकामा ३ जनामा बाहेक अन्यमा कोरोना संक्रमण पुष्टि भएको हो। पुरा पढौ

प्रेस चौतारी तनहुँको अध्यक्षमा श्रेष्ठ

प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्षमा राजकुमार श्रेष्ठ ‘बीबी’ चयन भएका छन्। संगठनको नवौं जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो। जसमध्ये उपाध्यक्षमा कृष्णचन्द्र न्यौपाने, महिला उपाध्यक्षमा सम्झना रसाइली, सचिवमा ऋषिकान्त दुवाडी, कोषाध्यक्षमा मदन तिमल्सेना, सह–सचिवमा किरण श्रेष्ठ र सुनिता आचार्य छन्। सदस्यहरुमा विनोद ढुंगाना, ध्रुव सुवेदी, सविन लामिछाने, अन्जन परियार, शर्मिला विक र अशोक विश्वकर्मा छन्। पुरा पढौ

राष्ट्रिय सभा सदस्यको निर्वाचन सर्दैनः निर्वाचन आयोग

निर्वाचन आयोगले कोभिड–१९ ले उत्पन्न परिस्थितिमा राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा फरक नपर्ने उल्लेख गरेको छ। आयोगले स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने प्रस्ट्याएको हो। राष्ट्रिय सभाको १९ सदस्यका लागि माघ १२ गतेका लागि तय गरिएको मतदान सातवटै प्रदेशमा हुनेछ। सातवटै प्रदेशमा कूल २ हजार २५ जना मतदाता छन्। ५३२ प्रदेश सभा सदस्य र १ हजार ४ सय ९३ स्थानीय तहका प्रमुख र उपप्रमुख राष्ट्रिय सभा सदस्यको मतदाता छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार… पुरा पढौ

तनहुँको व्यास नगरपालिकाद्वारा निःशुल्क कोरोना परीक्षण

तनहुँ । तनहुँको व्यास नगरपालिकाले कोरोना परीक्षणका लागि निःशुल्क पीसीआर गर्ने भएको छ । व्यास नगरपालिका–१० दुम्सीस्थित कोभिड अस्पतालमा यस अगाडि पीसीआरका लागि शुल्क लिने गरिएकामा माघ १ गतेदेखि निःशुल्क गर्ने निर्णय भएको हो । कोभिड–१९ को बढ्दो प्रकोपलाई मध्यनजर गरी महामारीको अवधिर कुनै पनि शुल्क नलाग्ने व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । नगरपालिकाले यस अगाडि पीसीआर परीक्षणका लागि रु एक हजार शुल्क लिने गरेको थियो । “कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै नगरवासीलाई महामारी अवधिभर निःशुल्क… पुरा पढौ

वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न आग्रह

काठमाण्डौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले आज विज्ञप्ति जारी गरी कोभिड¬–१९ को महामारीको पुनः प्रभावको स्थितिमा विद्यालयलाई सुरक्षित सिकाइको थलो बनाउन नेपाल सरकार र राजनीतिक दलको ध्यान नपुगेकामा दुःख व्यक्त गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा यही पुस २७ दखि माघ १५ गतेसम्म विद्यालय बन्द गराउने निर्णय गरेको थियो ।… पुरा पढौ

सुनचाँदी, खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन हुन्छ : गृहमन्त्री

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाँणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न सुनचाँदी, गरगहना खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा आज आयोजित सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री खाँणले सुनचाँदी आयात र निर्यात, व्यवसायीको सुरक्षा र ओसारपसारमा देखिएको समस्या समाधान गर्न यसअघि तयार गरिएको कार्यविधिलाई परिमार्जन गरी राजपत्रमा प्रकाशन गरी पूर्णरूपमा कार्यान्वयन गर्ने जानकारी दिए । सम्बन्धित मन्त्रालय, सरोकार राख्ने सङ्घ/संस्था र विज्ञसँगको पर्याप्त छलफल र सुझावका आधारमा कार्यविधि परिमार्जन गरिने उनको भनाइ छ । मन्त्री… पुरा पढौ

चक्कु प्रहारबाट १६ महिने बालकको मृत्यु, एक घाइते

स्याङ्जा । स्याङ्जाको वालिङ–१० भकुण्डेमा आज दिउँसो चक्कु प्रहारबाट १६ महिनाका नाबालकको मृत्यु भएको छ । पर्वतको पैयूँ गाउँपालिका–५ घर भई हाल वालिङ–१० भकुण्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले वालिङ–१२ सिर्सेकोट घर भई एउटै घरमा डेरा गरी बस्ने रनमाया गुरुङका १६ महिनाका छोरा साईमन गुरुङको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका साइमनलाई गह्रौँ प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा… पुरा पढौ

निर्वाचन आयोगद्वारा शुक्रबारका लागि सर्वदलिय बैठक आह्वान

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग यही पुस ३० गते शुक्रबार परामर्श गर्ने भएको छ । आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनका साथै स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोगले सर्वदलीय बैठक आह्वान गरेको हो । शुक्रबार बिहान ११ः३० बजेका लागि सर्वदलीय बैठक आह्वान भएको छ । सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन पत्राचार गरि सकेको आयोगका प्रवक्ता शालिग्राम… पुरा पढौ

थप तीन हजार ७५ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ७५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या मङ्गलबार देखिएको नयाँ सङ्क्रमितभन्दा ६३१ ले बढी हो । उपत्यकाका तीन जिल्लामा आज एक हजार ५३८ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा एक हजार १२८, ललितपुर २३६ र र भक्तपुरमा १३४ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये नौ हजार ५१ को पीसीआर र तीन हजार ९८५ को एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १३ हजार… पुरा पढौ