समाचार

नेपालका नगरपालिकाहरुमा फोहोर व्यवस्थापन चुनौतिपूर्ण , आधामात्र फोहोर संकलन

पोखरा । नेपालका नगरपालिकाहरुमा फोहोर व्यवस्थापन चुनौतिपूर्ण देखिएको छ । देशका २ सय ९३ नगरपालिकामा भएको सर्भेक्षणमा आधा फोहोरमात्र स्थानीय सरकारले संकलन गर्न सकेको देखिएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको फोहोरमैला व्यवस्थापना सर्वेक्षण २०७६ को प्रतिवेदनले यस्तो औंल्याएको छ । बुधबार पोखरामा आयोगले सर्भेक्षणको प्रतिवेदनमाथि अन्तक्र्रिया आयोजना गरेको छ । फोहोरमैलालाई जैविक, अजैविक र अन्य गरी ३ वर्गमा विभाजन गरी तथ्यांक संकलन गरिएको छ । नेपालका ४१ प्रतिशत नगरपालिकाले मात्र ल्यान्डफिल साइट प्रयोग गरेको सर्भेक्षणमा देखिएको छ । संकलित… पुरा पढौ

गण्डकी प्रदेशमा कास्कीका ११५ सहित १६५ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लाका ३५८ जनामा गरिएको परीक्षणमा उनीहरुमा सक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । आज थपिनेमा सबैभन्दा बढी कास्कीका ११५, नवलपुर वर्दघाट सुस्ता पूर्वका ३०, बाग्लुङका ६, तनहुँका ५, स्याङ्जा र म्याग्दीका ३–३ जना, लमजुङका २ र पर्वतका एक जना छन् । यस्तै सोही अवधीमा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म प्रदेशभर कोरोना संक्रमित हुनेको संख्या ८९हजार… पुरा पढौ

सहारा युकेद्वारा आहा रारा गोल्डकपका लागि शिल्ड, मेडल र ट्रफी हस्तान्तरण

पोखरा । २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको लागि सहारा क्लब युकेले आयोजकलाई शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेको छ । पोखरामा बिहीबार आयोजित समारोहमा सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लाई विभिन्न विधाका शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेका हुन् । विजेता, उपविजेता, बेष्ट प्लेयर, स्ट्राइकर, डिफेन्डर, मिडफिल्डर, कोच, किपर, प्रत्येक म्याचको म्यान अफ दि म्याचलाई सहारा युकले विगत ६ वर्षदेखि नगदसहित शिल्ड, मेडल र ट्रफी सहयोग गर्दै आएको छ । सहयोग हस्तान्तरण… पुरा पढौ

फरार प्रतिवादीलाई १७ वर्षपछि साउदी अरेबियाबाट ल्याइयो

काठमाण्डौं । कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरी स्वदेश ल्याइएको छ । इन्टरपोलद्वारा ‘रेड नोटिस’ जारी भएका फरार मगरलाई साउदी अरेबियामा पक्राउ गरिएपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा परिचालन भएको प्रहरी टोलीले बुधबार नेपाल ल्याएको हो । प्रतिवादी मगरले २०६१ मङ्सिर १३ गते मानबहादुर तामाङको हत्या गरेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमतिप्राप्त भई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम विजयी

काठमाण्डौं । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । यसअघि सुदूरपश्चिम नेपाल पुलिस क्लबसँग दुई रनले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १५४ रनको चुनौती पछ््याउने क्रममा कर्णाली १९ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो । कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ४३… पुरा पढौ

भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । हाल यहाँ पाँच हजार ४८८ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले बिहीबार जानकारी दिएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एघार लाख १७ हजार ५३१ रहेका छन् । गएको २४ घण्टामा भारतमा ८४ हजार ८२५ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४७ लाख १५… पुरा पढौ

वृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले आफ्नो आर्थिक क्षमता अनुसार प्रगति गर्न नसकेका अवस्थामा वृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्ने बताएका छन् । प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं चालु आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा आज उनले विकासको विशिष्ट सम्भावना बोकेको भए पनि देशको कूल ग्रार्हस्थ उत्पादनमा ८.७ प्रतिशत मात्र योगदान रहनुले प्रदेशको अवस्था कमजोर रहेको देखाएको छ । मुख्यमन्त्री पोखरेलले अधिकांश सामाजिक सूचक राम्रो रहेको भएपनि जिडिपिमा योगदान कम भएकाले यसमा सुधार हुनुपर्ने उल्लेख… पुरा पढौ

बेँसीसहर–चामे सडक २७ वर्षपछि कालोपत्र गरिँदै

लमजुङ । ट्रयाक खोलेको २७ वर्षपछि बेँसीसहर–चामे सडक कालोपत्र गरिँदै छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्र गर्न थालिएको हो । विसं २०५१ मा यस खण्डअन्तर्गत बेँसीसहरबाट खुदीसम्म मोटरबाटोको ट्रयाक खोल्ने काम भएको थियो । बेँसीशहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको करिब सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्न पहिलो चरणको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुपोत्तम अधिकारीले जानकारी दिए । उनले भने, “सडक चौडाइ गर्ने, पर्खाल निर्माण, कल्भर्ट हाल्नेलगायत काम भइरहेको छ ।” पाँच दशमलव पाँच… पुरा पढौ

धादिङमा बाटो खन्दै गरेको डोजरसहित तीन जना बेपत्ता

धादिङ । धादिङमा बाटो खन्ने क्रममा गएको पहिरोमा परि तीन जना बेपत्ता भएका छन् । बिहीबार बिहान जिल्लाको रुवी भ्याली गाउँपालिका–१ पुरुमा बाटो खन्ने क्रममा पहिरो जाँदा डोजरसहित ३ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा डोजर चालक सिन्धुपाल्चोकका आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय धन तामाङ रहेका छन् । रुबिभ्याली–१ को पुरुबाट लिङ्जो जाने सडकको नयाँ ट्रयाक खोल्ने क्रममा माथिबाट खसेको पहिरोमा उनीहरु बेपत्ता भएको स्थानिय शिक्षक टेक घलले जानकारी दिए । पुरा पढौ

तनहुँका पत्रकार भट्टराई र बास्तोलालाई प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार

प्रेस चौतारी नेपाल तनहुँ शाखाले स्थापना गरेको क्रियाशील पत्रकारिता पुरस्कारबाट जिल्लाका प्रकाशचन्द्र भट्टराई र बसन्ती बास्तोला पुरस्कृत भएका छन् । प्रेस चौतारी तनहुँको बुधबार सम्पन्न ९ औं जिल्ला अधिवेशनका अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो। नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ, निवर्तमान अध्यक्ष केदार सिग्देल, एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले उक्त पुरस्कार प्रदान गरे। पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको छ। पत्रकार भट्टराई प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य र बास्तोला सञ्चारिका समूह नेपालका केन्द्रीय सदस्य हुन्। शाखाका… पुरा पढौ