समाचार

देशभर २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आगामी माघ २ गते विभिन्न कार्यक्रम गरी देशभर २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको आज सहरी विकास तथा भवन निर्माण विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो ।… पुरा पढौ

खोले सागको व्यावसायिक खेतीको सुरुवात

बागलुङ । गाउँघरका भान्छामा छिटपुट पाक्ने खोले साग हिजोआज बजारमा किनमेल हुनथालेको छ । खोला र पानीको मूलछेउछाउ पाइने सागलाई किसानले पछिल्लो सयम खेतमा नै उब्जाउन थालेका छन् । बागलुङ नगरपालिका–३ रातामाटाका छ किसान अहिले खोले सागका उत्पादनमा जुटेका छन् । झण्डै डेढ रोपनीमा साग लगाइएको बैकुण्ठ सापकोटाले जानकारी दिए । छिपछिपे खेत र मूल वरिपरि खोले साग पहिलेदेखि नै उम्रेपनि रातामाटावासीलाई उती वास्ता थिएन । कतिलाई त यो खाने साग हो भन्नेसमेत पत्तो पाउँथेनन् । अलिअलि गर्दै टिप्ने, खाने… पुरा पढौ

एन प्याव्सन कास्कीको स्थापना दिवसमा शिक्षाविद्सहित विभिन्न व्यक्तित्व सम्मानित

पोखरा, २८ पुष । नेशनल प्याव्सन कास्कीले विविध कार्यक्रमको आयोजन गरी २४ औ स्थापना दिवस मनाएको छ । आफ्नो स्थापना दिवसको अवसर पारेर शिक्षाविद्, विदाइ कर्मचारी तथा एन प्याव्सन कास्की अन्तर्गतका ४ विद्यालयललाई सम्मान गरेको एन प्याव्सन कास्कीका प्रथम उपाध्यक्ष शिवदत्त तिवारीले जानकारी दिए । कार्यक्रममा कास्कीमा पहिलो संस्थागत विद्यालय स्थापना गरी शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका शिक्षाविद् विकल शेरचनलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरी एन प्याव्सन कास्कीमा विगत ८ वर्ष देखि निरन्तर कार्यलय सचिवको रुपमा… पुरा पढौ

ब्राउन सुगरसहित तीन युवक पक्राउ

सिरहा । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित सिरहा प्रहरीले आज बिहान तीन जना युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा लहान नगरपालिका– १२ पडरिया चोकबाट लागुऔषध ब्राउन सुगरसहित स्थानीय २२ वर्षीय प्रशान्त चौधरी, २३ वर्षीय मिथलेश चौधरी र २९ वर्षीय साजन चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको साथबाट लागुऔषध ब्राउन सुगर ५ दशमलव ५ ग्राम, नगद रु ११ हजार र दुई थान मोबाइल बरामद भएको इलाका प्रहरी कार्यालय लहानले… पुरा पढौ

प्रदेशको नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने

प्रदेश २ । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने बताएका छन् । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका– ७ मा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री साहले माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ ३ गते मतदानद्वारा टुङ्गिने बताएका हुन् । प्रदेशसभा समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी… पुरा पढौ

सन्तोषजनक काम भएको निश्कर्ष निकाल्दै अन्नपूर्ण गाउँपालिकाको गाउँ सभा सम्पन्न

अन्नपूर्ण गाउँपालिका कास्कीको एघारौं गाउँ सभा तथा हिउदे अधिबेशन बुधवार सम्पन्न भएको छ । गाउँ सभामा चालू आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक खर्च सम्बन्धी छ्लफल भएको र गाउँसभामा अहिलेसम्म भएका कामहरुको समिक्षा तथा अब सम्पन्न गरिने कामहरुको बारेमा छलफल, बजेटरकमान्तर, बजेट विवरण हेरफेर लगायतका बारेमा समेत छलफल पश्चात विभिन्न निर्णय गरिएको छ ।गाँउसभाले खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धि ऐन २०७८, जलश्रोत ऐन २०७८, विनियोजन बिधियक ऐन २०७८ को पहिलो संशोधन २०७८ सर्वसम्मत रुपमा पारित गरेकोे छ ।विनियोजन बिधेयक ऐन २०७८… पुरा पढौ

क्षमता अभिवृद्धिका लागि एक हप्ते आधारभूत पत्रकारिता तालिम सुरु

कास्की । पोखरामा आज देखि आधारभुत पत्रकारिता तालिम सुरु भएको । नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना र पत्रकार महासंघ कास्कीको संयोजनमा आजदेखि एक हप्ताका लागि तालिम सुरु भएको हो । कास्कीमा रहेर विभिन्न सञ्चार माध्यम आवद्ध पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नको लागी सञ्चालन गरिएको तालिममा नेपाल पत्रकार महासंघ केन्द्रियका पुर्वअध्यक्ष धम्रेन्द्र झा मुख्य प्रशिक्षणका रुपमा रहने छन् । एक हप्ताको लागि सञ्चालन हुने तालिमका क्रममा पुराना तथा लामो समयसम्म पत्रकारिता क्षेत्रमा आवद्ध रहेका पत्रकारहरुलाई पुर्नताजिगी, संचारको अर्थ महत्व तथा प्रकृयाको बारेमा… पुरा पढौ

प्रदेश सरकारले वार्षिक ३ जनालाई ‘गण्डकी रत्न’बाट सम्मान गर्ने, सम्मानितको हैसियत प्रदेश सांसद सरह

पोखरा, पुस २८ गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ प्रदान गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको हालै बसेको मन्त्री परिषद बैठकले वार्षिक रुपमा ३ जनालाई ‘गण्डकी रत्न’ले सम्मान गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले मन्त्री परिषद बैठकले विशिष्ट व्यक्ति सम्मान गर्ने सम्बन्धी कार्यविधि २०७८ लाई स्वीकृत गरेको जानकारी दिए । सरकारले गण्डकी प्रदेश भित्र रहेर शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधि, समाजसेवालगायतका क्षेत्रमा अतुलनीय योगदान गरेर प्रदेशको गरिमा बढाउन… पुरा पढौ

मिलमा एक महिलाको बेरिएर मृत्यु

अछाम । अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिदा भएको घटनामा मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला आज सल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार मिलमा धान कुटाउने क्रममा अचानक सल बेरिँदा उनको मृत्यु भएको श्रीमान् शङ्करमानले जानकारी बताइ ।रासस पुरा पढौ

भारतमा एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएका हुन । मन्त्रालयले भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ६० लाख ७० हजार ५१० पुगेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने नौ लाख ५५ हजार ३१९ रहेको मन्त्रालयले जनाएको छ । दैनिक नयाँ सङ्क्रमितहरुको बृद्धिदर ११.५ प्रतिशत रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।… पुरा पढौ