समाचार

एमाले गोर्खाको अध्यक्षमा गुरुङ

नेकपा एमाले गोरखाको अध्यक्षमा प्रेमबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन्। एमालेको गोरखा जिल्ला ७ औं अधिवेशनले अध्यक्ष गुरुङसहित ६० जिल्ला सदस्य निर्वाचित गरेको हो। अध्यक्ष सहित ३ जना पदाधिकारी, भूगोलतर्फबाट जिल्ला कमिटी सदस्य ५० जना र खुला महिलातर्फबाट ७ जना जिल्ला कमिटी सदस्यसहित ६० जना सदस्य सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ। जसमध्ये उपाध्यक्षमा कृष्णबहादुर नेपाली र सचिवमा काजीराम रोका निर्वाचित भएका छन्। उपसचिव पदाधिकारीका लागि निर्वाचन हुने भएको छ। उपसचिवको २ पदका लागि ३ जनाको उमेदवारी परेपछि निर्वाचन भएको… पुरा पढौ

एमाले लमजुङ अध्यक्षमा अधिकारी

नेकपा एमाले लमजुङको अध्यक्षमा कृष्णप्रसाद अधिकारी सर्वसम्मत निर्वाचित भएका छन्। शनिबारदेखि सुरु एमाले लमजुङको ८ औं जिल्ला अधिवेशनले अधिकारीलाई सर्वसम्मत निर्वाचित गरेको हो। अधिवेशन अन्तर्गत निर्वाचनको क्रममा अध्यक्षको पदमा अधिकारीबाहेक अन्य कसैको पनि उमेदवारी परेन। यद्यपी, निर्वाचन कमिटीले अध्यक्षको आधिकारिक घोषणा भने गरेको छैन। निर्वाचनका अन्य प्रक्रिया बाँकी नै रहेकाले घोषणा नगरेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका अनुसार अन्य पदाधिकारीमध्ये उपाध्यक्ष पदका लागि २ जना, सचिव पदमा २ जना र उपसचिवमा ७ जनाको उम्मेदवारी परेको छ। पुरा पढौ

एमाले तनहुँ अध्यक्षमा श्रेष्ठ

नेकपा (एमाले) तनहुँको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। श्रेष्ठ निर्वतमान उपाध्यक्ष समेत हुन्। अन्य पदमा धेरैको दाबी परेपछि सर्वसम्मत हुनसकेको छैन। उपाध्यक्षमा हरिराज कँडेल, मेखबहादुर थापा र मोहन विकले उम्मेदवारी दिएका छन्। सचिवमा विष्णुभक्त सिग्देल, कार्यालय सचिव राजेश्वर ढकालको उमेवारी परेको छ। उपसचिवमा प्रदीपराज अधिकारी, खिमबहादुर कुमाल र देवु विष्टले उम्मेदवारी दिएका छन्। तनहुँ एमालेको नवौं अधिवेशनले १०५ सदस्यीय कार्यसमिति बनाएको छ। पुरा पढौ

विद्यालय बन्द गर्ने निर्णय भएको छैन: शिक्षा मन्त्रालय

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेपनि शिक्षा मन्त्रालयले भने विद्यालय बन्द गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय नगरेको जनाएको छ। सीसीएमसी व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै कम्तीमा पनि माघ १५ गतेसम्म देशभरीका सबै विद्यालयमा बिदा दिनुपर्ने निर्णय गरेको थियो। सीसीएमसीले कम्तिमा पनि १५ दिन विद्यालय बन्द गर्न सिफारिस गरे पनि अहिलेसम्म यस विषयमा कुनै निर्णय नभएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ। सीसीएमसी व्यवस्थापन… पुरा पढौ

पोखरामा मोटरसाइकलको ठक्करबाट १ जना गंभीर घाइते

पोखरा रंगशाला अगाडि मोटरसाइकलले ठक्कर दिदाँ पोखरा–२८, तालचोकका २८ वर्षीय दीपक लिम्बु गंभीर घाइते भएका छन्। ग १३ प ५८६२ नम्बरको मोटरसाइकललाई ग १८ प ५३७१ नम्बरको मोटरसाइकलले आइतबार राती १०ः ५० बजे पछाडीबाट ठक्कर दिदाँ मोटरसाइकल चालक लिम्बु गंभीर घाइते बनेको कास्की जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। ट्राफिक कार्यालयका अनुसार घाइते लिम्बुको गण्डकी मेडिकल कलेजको आइसीयु कक्षमा उपचार भइरहेको छ। पुरा पढौ

माओवादीलाई पहिलो पार्टी बनाउन जोड

माओवादी केन्द्रलाई पहिलो र ठूलो पार्टी बनाउन जोड दिइएको छ। कास्कीको मादी गाउँपालिका वडा नं ११ मा आयोजित माओवादी केन्द्रको भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन्। उनीहरुले परिवर्तनको मुख्य संवाहक माओवादी नै रहेको प्रष्ट पारे। आगामी दिनमा माओवादी आन्दोलनलाई थप बलियो बनाउँदै लैजानुपर्नेमा उनीहरुको जोड थियो। कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्र कास्की जिल्ला समन्वय समिति अध्यक्ष बखानसिंह गुरुङ ‘आभास’ प्रदेश कमिटी सदस्य कृष्णराज दाहाल, जीवन परियार, गाउँपालिका कमिटी अध्यक्ष तोरण गुरुङ, उपाध्यक्ष रुद्र रानाभाट, सचिव बेलबहादुर विश्वकर्मा, माओवादी… पुरा पढौ

वालिङमा पनि राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा

स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय एकता दिवस (पृथ्वी जयन्ती) को दिन भोली (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले आइतबार एक सूचना निकाल्दै पुस २७ गते मंगलबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। पृथ्वीनारायण शाहप्रति सम्मान गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ । पुरा पढौ

राष्ट्रिय एकता दिवस भोली, तनहुँको शुक्लागण्डकीमा बिदा

तनहुँको शुक्लागण्डकी नगपालिकाले भोली (मंगलबार) बिदा दिने भएको छ। नगरपालिकाले राष्ट्रिय एकता दिवसको दिन स्थानीय बिदा दिने भएको हो। नगरपालिकाले आइतबार सूचना जारी गर्दै राष्ट्रिय एकताको दिन बिदा दिने निर्णय गरेको हो। शिक्षा उपसचिव नवराज चापागाइँद्धारा जारी सूचनामा भनिएको छ, ‘पुस २१ गते बसेको नगरकार्यपालिकाको निर्णय अनुसार २७ गते नगरमा स्थानीय बिदा दिइएको हो।’ पुरा पढौ

कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि सिसिएमीका १३ निर्णय

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भयो । काठमाडौँमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना कोरोना सङ्क्रमण देखियो । सङ्क्रमण दर ९.५ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार शनिबार ९४४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । शनिबार कूल १३ हजार २६४ नमूना परीक्षण गरिएको थियो । शनिबार र आइतबारको तथ्याङ्कले कोरोनाको सङ्क्रमण दर बढ्दै गएको देखाएको छ । आजको समेत विवरणअनुसार देशभर ६ हजार ७५५ जना सक्रिय सङ्क्रमित देखिएका… पुरा पढौ

देशको विकासका लागि विज्ञको ज्ञान सदुपयोग गर्नुपर्छ : पूर्व प्रधानमन्त्री भट्टराई

काठमाण्डौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकको विकासका लागि राजनीतिक नेतृत्वले विज्ञको ज्ञान, सीप र अनुभवलाई सदुपयोग गर्नुपर्ने बताएका छन् । राष्ट्रिय व्यापार सङ्घको १७औँ साधारणसभा एवम् नवौँ अधिवेशनको आज उद्घाटन गर्दै उनले मुलुकको नेतृत्व गर्ने राजनीतिक दलले भएको बताउँदै राजनीतिक नेतृत्वले विज्ञसँग भएको ज्ञान, सीप र अनुभवलाई लिएर अगाडि बढ्नुपर्ने बताए । “मुलुकमा राजनीतिक व्यवस्था फेरिए पनि आर्थिक, प्रशासनिक, सुरक्षा, न्यायलयजस्ता निकाय पुरानो ढङ्गले सञ्चालन हुँदा देशले सोचेको जस्तो विकासको गतिलाई अगाडि बढाउन सकेन”, उनले भने । उनले कृषि,… पुरा पढौ