समाचार

ऊर्जामन्त्रीद्वारा खोकना राजकुलो मुहान निर्माणको शिलान्यास

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गरेका छन् । उनले ललितपुर महानगरपालिका–२१ स्थित नख्खु खोलामा निर्माण सुरु गरिएको सो मुहानको आज उद्घाटन गरेका हुन् । ललितपुरको उत्तर–पश्चिममा अवस्थित खेकना राजकुलो सिँचाइ प्रणाली करिब ३०० वर्षअघिदेखि सञ्चालनमा आएको स्थानीय बताउँछन् । सो राजकुलोको सञ्चालन विगतमा गाउँका मुख्य व्यक्तिबाट हुँदै आएकामा हाल खोकना राजकुलो व्यवस्थापन समिति गठन गरेर गरिँदै आएको छ । स्थानीय कृषकको मागलाई मध्यनगर गर्दै आवश्यकता र पहिचानका आधारमा… पुरा पढौ

चालकसँग एक मिनेट कार्यक्रम

प्रदेश । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले ट्राफिक सचेतना अभियानअन्तर्गत चालकसँग एक मिनेट कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई ट्राफिक सचेतना अभिवृद्धि गराई सवारी दुर्घटना न्यूनीकरणका गर्ने उद्देश्यले सो कार्यक्रम गर्दै आएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक सचेतना अभियानअन्तर्गत कार्यालयसहित त्यस मातहातका कार्यालयले विभिन्न कार्य गर्दै आएको छ । प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकृत सन्तुलालप्रसाद जैसवालले चालू आर्थिक वर्ष २०७८÷७९ को पुस महिना मसान्तसम्ममा यस कार्यालयबाट मादकपदार्थ… पुरा पढौ

हिमपातले सडक अवरुद्ध हुदा रित्तिए हुम्लाका खाद्य डिपो

हुम्ला । खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चङ्खेली, याङचु र याल्वाङमा पनि चामल छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेका ग्रामीण क्षेत्रका खाद्य डिपोहरूमा चामल नहुँदा स्थानीयवासीलाई महँगोमा चामल किन्नुपर्ने बाध्यता भएको छ । गाउँका खाद्य डिपो खाली भएपछि बजारको महँगो चामल खरिद गरी उपभोग गर्नुपरेको स्थानीयवासीको भनाइ छ । लिमिटेड शाखा कार्यालय हुम्लाले हिन्दूहरुको महान पर्व दसँै तिहारको अवसरमा खाद्यान्न बिक्री वितरण गरेपछि ती खाद्य डिपोहरू रित्तिएका हुन् । चालु आर्थिक… पुरा पढौ

भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक छःअध्यक्ष ओली

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक रहेको बताएका छन् । झापाको भद्रपुर–१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको आज उद्घाटन गर्दै उनले देशको गरिमा उच्च पार्न र मुलुकलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक रहेको बताएका हुन् । अध्यक्ष ओलीले मानिस कुनै न कुनै राजनीतिक विचारबाट प्रेरित हुने गरेको बताउँदै कर्मचारी पनि त्यसबाट भिन्न नरहेको उल्लेख गरे । उनले भने, “काम गर्ने बेलामा कर्मचारीले निरपेक्ष भएर जनताको काम गर्नुपर्छ, कर्मचारी संयन्त्र… पुरा पढौ

सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन अल्टिमेटम

कर्णाली । कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्टदेखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरेको भेटिएको छ । सडक डिभिजन कार्यालयले चिन्ह लगाएर छोडेको जग्गा समेत अतिक्रमण गरी स्थानीयवासीले घर टहरा, पर्खाल, सेफ्टी ट्याङ्कीलगायतका संरचना निर्माण गरेको भेटिएको हो । नापी र सडक डिभिजन कार्यालयले सडकको क्षेत्र नाप्दा घर टहरा, पर्खाल, सेफ्टी ट्याङ्की गरी २४ वटा संरचनाले सडक मिचेर निर्माण गरेको भेटिएको सडक डिभिजन कार्यालय जुम्लाका सब इञ्जिनीयर वीरेन्द्र रावलले बताए । उनका अनुसार अतिक्रमण… पुरा पढौ

रघुगङ्गाको आफ्नै भवनबाट सेवा प्रवाह

म्याग्दीको रघुगङ्गा गाउँपालिका कार्यालयको भवन निर्माण गरिएको छ । गाउँपालिकाले मौवाफाँटमा भवन निर्माण गरी सेवा प्रवाह गर्न थालेको छ । चौध कोठाको दुईतले भवनबाट सेवा प्रभाव गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । रु एक करोड ६८ लाखको लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माण गर्न गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत रु २६ लाख ५७ हजार विनियोजन गरेको थियो । हाल माथिल्लो तलामा २०० जना अटाउने सभाहल निर्माण भइरहेको छ । भवन र सभाहल… पुरा पढौ

भोजनका लागि भजन सन्ध्याबाट रकम सङ्कलन

गण्डकी । पोखराको छोरेपाटनस्थित मानवसेवा आश्रमका लागि रु पाँच लाख ५० हजार सहयोग प्राप्त भएको छ । आकाशलाई छानो र धर्तीलाई विछ्याउना बनाउन बाध्य सडक मानवलाई उद्धार गर्ने लक्ष्यका साथ आश्रम निर्माण गरिएको थियो । आश्रममा आश्रितको भोजनका लागि भजन सन्ध्या कार्यक्रमबाट रु पाँच लाख ५० हजार सङ्कलन गरिएकोे हो । कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रमा आवद्ध ३० जनाले खानाका लागि उक्त रकम दिएका थिए । तीमध्ये पूर्वमन्त्री हरि पाण्डेलले रु एक लाख ४२ हजार, सिका शेरचन र विष्णु गुरुङले जनही… पुरा पढौ

चैतभित्र घरमै स्वच्छ खानेपानी

काभ्रेपलाञ्चोक । आउदो चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई घरघरमा स्वच्छ खानेपानी पु¥याइने भएको छ । गत मङ्सिरमा खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोरोना र प्राकृतिक प्रकोप खेप्नुपर्दा उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको हो । तेमाल वृहत खानेपानी आयोजना कोरोनाको पहिलो र दोस्रो लहरका साथै गत साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पु¥याउदा करिब एक वर्ष पछि धकेलिएको हो । उपभोक्ता समितिले अबको तीन महिनापछि घर–घरमा खानेपानी पु¥याउने गरी आयोजनाको मर्मतलयातका काम भइरहको… पुरा पढौ

पिएम कप राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

प्रधानमन्त्री कप सिनियर पु्रुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक प्रशिक्षक खेमराज भट्टले जानकारी दिए । कप्तानमा भट्टसँगै उपकप्तान शेर मल्ल, विकेटकिपर राजु रिजाल रहेका छन् । टोलीका अन्य सदस्यहरुमा खडक बोहरा, गजेन्द्र बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकाश आग्री, आदित्य महता, नारायण जोशी, वशन्त कार्की, अर्जुन साउँद, दिपक टमटा र कैलाश ऐर रहेका छन् । यस्तै नरेन भट्ट, अनुराग सिंह, सत्यराज विष्ट र मिलन बोहरा… पुरा पढौ

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा पुस्तक प्रदर्शनी

काठमाडौ । नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी शुरु गरेको छ । प्रदर्शनीमा साहित्य, समालोचना, बालसाहित्य, कोश, कथा, कविता, इतिहास, लोकसाहित्य, संस्कृति, ललितकला, सङ्गीत र विभिन्न ‘जर्नल’ गरी ४९० प्रकारका पुस्तक एवं पत्रपत्रिका प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिने छ । नेपाली बृहत् शब्दकोश एउटा किन्दा १५ प्रतिशत र दुई वटा किन्नेलाई २० प्रतिशत सहुलियत दिइएको प्रदर्शनीका व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई… पुरा पढौ