समाचार

राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज ,आजै निर्वाचन चिह्न दिइने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागिएको हो । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते उम्मेदवारको मनोनयन दर्ता गरिएकोमा ४३ जना उम्मेदवारको मनोनयन दर्ता भएको थियो । सोही अनुसार आज निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ भने आजै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन सत्ता गठबन्धन पाँच दलले सिट भागबन्डा गरेका… पुरा पढौ

भारतमा थप एक लाख ५९ हजार भन्दा बढी कोरोना सङ्क्रमित, ओमिक्रोनका सङ्क्रमति तीन हजार ६०० नाघ्यो

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६३२ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख ८ हजार सङ्क्रमित भएका छन् । हाल यहाँ तीन हजार ५२३ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले आइतबार जानकारी दिएको छ । ओमिक्रोनका ती सङ्क्रमितहरुमा एक हजार ४०९ जना भने कोरोना मुक्त भएका जनाइएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या… पुरा पढौ

रुकुमवासी राडीपाखी कारोबार गर्न रिडी झर्न सुरु

रुकुुुुम । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाका नागरिक मेला मान्न हिँडेका छन् । उनीहरु पाल्पा, अर्घाखाँची र गुल्मीको सिमानामा लाग्ने रिडी गण्डकी मेलाको लागि प्रस्थान गरेका छन् । यहाँबाट मेला भनेर हिँडे पनि उनीहरुको मुख्य उद्देश्य भनेको राडीपाखी कारोबार गर्नु हो । जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको विभिन्न क्षेत्रबाट आठ–दश जनाको समूह बनाइ मेलामा राडीपाखी कारोबारका लागि हिँडिसकेको छ । अहिले पुथाउत्तरगङ्गाको घुम्लिबाङ, तुपा, दमचन, तकसेरा, कोल, गर्खानी, हुकाम र भूमेको लुकुमलगायतका ठाउँबाट रिरी गण्डकीको लागि समूह बनाएर मानिस हिँडिसकेको घुम्लिबाङका विकास… पुरा पढौ

भोजनका लागि भजन सन्ध्याबाट रकम सङ्कलन

गण्डकी। पोखराको छोरेपाटनस्थित मानवसेवा आश्रमका लागि रु. पाँच लाख ५० हजार सहयोग प्राप्त भएको छ । आकाशलाई छानो र धर्तीलाई विछ्याउना बनाउन बाध्य सडक मानवलाई उद्धार गर्ने लक्ष्यका साथ आश्रम निर्माण गरिएको थियो । आश्रममा आश्रितको भोजनका लागि भजन सन्ध्या कार्यक्रमबाट रु. पाँच लाख ५० हजार सङ्कलन गरिएकोे हो । कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रमा आवद्ध ३० जनाले खानाका लागि उक्त रकम दिएका थिए । तीमध्ये पूर्वमन्त्री हरि पाण्डेलले रु. एक लाख ४२ हजार, सिका शेरचन र विष्णु गुरुङले जनही रु.… पुरा पढौ

जनताको विश्वासलाई धोका दिन्न: सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताए । सभामुख सापकोटाले भने, “तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ, तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन।” कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र… पुरा पढौ

कैदीबन्दीमा मधुमेहको समस्या

दाङ । दाङको तुलसीपुरस्थित कारागारका कैदीबन्दीमा मधुमेहको समस्या देखिएको छ । कारागारका २२ बन्दीमा सो रोगको समस्या देखिएको हो । तीमध्ये पाँच जनामा मधुमेहको मात्रा नियन्त्रणभन्दा बाहिर रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक महेशकुमार खनालले जानकारी दिए । “हामीले कारागारमा मधुमेहका बिरामीका लागि स्वास्थ्य जाँच गर्दा २२ जनामा मधुमेहको समस्या देखिएको थियो”, उनले भने, “तीमध्ये पाँच जनामा नियन्त्रणभन्दा बाहिर थियो ।” शनिबार विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको प्राविधिक सहयोगमा कारागारका बन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरी आयुर्वेदिक औषधिसमेत प्रदान गरिएको थियो ।… पुरा पढौ

एकपछि अर्काे गर्दै शिर्षनेताहरु आइसोलेशनमा

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बसेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बसेका हुन् । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीे सत्ता गठबन्धनको शुक्रबारको बैठकमा सहभागी भएका थिए । उनले पिसीआर परीक्षण गरेर नतिजा आएपछि मात्रै नियमित भेटघाट र काममा फर्कने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा पनि शनिबारदेखि आइसोलेशनमा बसेका छन् । आज उनको पिसिआर परिक्षण गरिने छ । माओवादीका… पुरा पढौ

कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग

नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् । थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तक्र्रियामा उहाँले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिएका हुन् । नेपाल विद्यार्थी सङ्घका अध्यक्षसमेत रहेका उनले सरोकार निकायसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडै कोरोना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको बताए । कोरोना महामारी नियन्त्रणमा… पुरा पढौ

खानेतेलमा टोटल पोलार मटेरियलको मात्रा बढी भएको पुष्टि

पाल्पा । पाल्पाका होटल तथा रेष्टुरेण्टमा प्रयोग गरिएको तेलमा टोटल पोलार मटेरियलको मात्रा अधिक रहेको भेटिएको छ । खाना पकाउन तथा तार्नका लागि टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि हुनुहुँदैन । स्थानीय होटल रेष्टुरेण्टहरूमा टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि भएमा खानाका लागि अनुचित हुन्छ । सिद्धार्थ राजमार्ग क्षेत्रका होटल तथा रेष्टुरेण्टहरूमा खाना पकाउन प्रयोग हुने तेल गुणस्तरहिन भेटिएकाले अयल टेस्टमिटर प्रयोग गरी गुणस्तर परीक्षण गरिएको थियो । उक्त तेलबाट पकाइएका खाद्यबस्तु स्वास्थ्यका लागि हानिकार रहेको जनाइएको छ । तानसेन… पुरा पढौ

‘हाम्रो समृद्ध बागलुङ’ स्थानीय पाठ्यक्रम लागू

गलकोट। जिल्लाको बागलुङ नगरपलिकाले स्थानीय पाठ्यक्रम तयार गरेको छ । नगरका कक्षा १ देखि ८ सम्म लागू गर्नेगरी ‘हाम्रो समृद्ध बागलुङ’ नामक पाठ्यक्र तयार गरेको हो । नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम २०७८ लागू गर्ने तयारीमा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पाठ्यक्रम नगरका सबै विद्यालयमा पठाउने तयारी गरेको बागलुङ नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए। “स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्थानुसार आफ्नै पाठ्यक्रम तयार पारेको हो, अब त्यसै आधारमा पाठ्यपुस्तक निर्माण गरिनेछ”, उनले भने “बागलुङ नगरपालिकाका सम्पूर्ण विद्यालयमा… पुरा पढौ