समाचार

मिर्गौला पीडित रानालाई सहयोग हस्तान्तरण

पोखरा २४ पुस मिर्गौला पीडित पोखरा १६ का हेम व.रानालाई उपचारका लागी आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सामाजिक अभियन्ता शिवराज देवकोटाको पहलमा संकलित १ लाख ७ हजार ३ सय ७२ रुपैया एक कार्यक्रमका विच पिडित रानालाई हस्तान्तरण गरिएको हो । विगत ३२ वर्षदेखि पोखरा वस्दै आएको रानाको परिवार ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउदै आएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या परेपछि अभियन्ता देवकोटा सहित अमरदिपका नारायण थापा, धर्मराज थापाले सामाजिक संजाल मार्फत सहयोगको आव्हान गरेका थिए ।… पुरा पढौ

हीरक जयन्तीको पुर्वसन्ध्यामा विन्ध्यवासिनी मा.विको सरसफाई

पोखरा २४ पुस पोखराकै पुरानो विद्यालय विन्ध्यवासिनी मा.वि वाटुलेचौरको हीरक जयन्तीको पुर्वसन्ध्यामा वृहत सरसफाई गरिएको छ । यही पुस २७ देखि आगामी चैत २७ गतेसम्म मनाईने हीरक जयन्तीलाई केन्द्रित गरी पोखराको १६ नं. वडाभित्रका विभिन्न टोलमा जनचेतना मुलक सरसफाई गरिएको हो । वडाभित्र रहेका आमा समुह, टोल विकास संस्था, क्लव, विद्यालयका भु.पु विद्यार्थी, शिक्षक कर्मचारी र विद्यार्थीको सहभागितामा विद्यालय प्राङ्गणवाट शुरु भइको सरसफाई संगमचोक, महेन्द्र गुफा, चमेरे गुफा, अमला विसौनी, लामाचौर, मध्यम पथ, अमरदिप, पश्चिमाञ्चल क्याम्पस, दीप चोक, के आई… पुरा पढौ

टाईगर कपको दोश्रो संस्करण सोमबारदेखि, तयारी अन्तिम चरणमा

पोखरा, पुस २४ पोखराको प्रतिष्ठित टाईगर कप भलिवल प्रतियोगिताको दोश्रो संस्करण सोमबारदेखि पोखरामा हुने भएको छ । टाईगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यहि पुस २६ गते सोमबारदेखि माघ १ गतेसम्म पोखरा रंगशालामा ‘दोश्रो टाईगर कप आमन्त्रित खुल्ला क्लव च्याम्पीयनसीप महिला÷पुरुष भलिवल प्रतियोगिता’ हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक टाईगर ग्रुप पोखराले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको टाइगर ग्रुपले… पुरा पढौ

१५ दिनमा कार्यसम्पादन प्रतिवेदन पेस गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखलाई १५÷१५ दिनभित्रको कार्यसम्पादनको प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्। विभागीय प्रमुखहरुलाई मन्त्रालयमै बोलाएर मन्त्री पौडेलले १५÷१५ दिनको कार्यसम्पादनको प्रतिवेदन बुझाउन निर्देशन दिएका हुन्। ‘एक हप्तामा गर्न सक्ने काम के के हुन् टिपोट गर्नुहोस’, मन्त्री पौडेलले भने, ‘अर्को हप्ता काम गरी नतिजा निस्कने गरी काम हुनुप¥यो होइन भने कारण चाहियो।’ मन्त्री पौडेलले ५० औंं वर्षदेखि अड्किएका फाइलका विषयमा अध्ययन गरी टुंग्याउन सक्ने काम तत्काल गर्न निर्देशनसमेत दिए। ‘फाइलहरु अड्काएर हुँदैन, मन्त्रीहरु… पुरा पढौ

त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन्। भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गरेका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न निर्देशन दिएका हुन्। उनले भने, ‘ठाउँ साँघुरो भयो, कोरोना जोखिमलाई मध्यनजर गरी आवागमन कक्ष फराकिलो बनाउनुस्, यात्रुलाई दुःख नहोस्।’ सोे निर्देशन पछि आवागमन कक्ष फराकिलो बनाउनका लागि काम अगाडि बढाइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका… पुरा पढौ

माओवादी नेता नारायणकाजीलाई पनि कोरोना संक्रमण

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्। श्रेष्ठ हाल होम आइसोलेसनमै बसेका छन्। उनले हालसालै आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेका छन्। हालै महाधिवेशन सम्पन्न गरेको माओवादीका केन्द्रीय कार्यालयका कतिपय कर्मचारीमा कोरोना देखिएपछि कार्यालय बन्द गरिएको छ। पुरा पढौ

माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संक्रमण भएको छ। पीसीआर परीक्षण गर्दा प्रचण्डमा कोरोना पोजेटिभ देखिएको उनकी छोरी गंगा दाहालले जानकारी दिएकी छिन्। गंगाले ट्विटरमा लेखेकी छन्, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ। अध्यक्षको सम्पर्कमा आउनुहुने सबैले सावधानी अपनाउनुहोला। आइसोलेशनमा बस्नुपर्ने भएकाले पूर्व निर्धारित सम्पूर्ण भेटघाट र कार्यक्रमहरू रद्द गरिएको छ।’ पुरा पढौ

पोखरामा कलाकार र राजनीतिकर्मीबीच रोमाञ्चक मैत्रीपूर्ण फुटबल खेल हुँदै

पोखरामा भोली (आइतबार) कलाकार र राजनीतिकर्मीबीच रोमाञ्चक मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। विवेकशील साझा पार्टी कास्कीको आयोजनामा पोखराको फुटबल मैदानमा विवेकशील साझा पार्टी र चलचित्र तथा हाँस्य टेलिसिरियलका कलाकार सम्मिलित बक्स अफिस टिमबीच मैत्रीपूर्ण फुटबल हुन लागेको पार्टीका अध्यक्ष फणिन्द्र अधिकारीले जानकारी दिएका छन्। अधिकारीका अनुसार बिहानको ११ बजे खेल सुरु हुनेछ। पोखराको पर्यटन प्रबद्र्धनका लागि राजनीतिकर्मी र कलाकर्मीका बीच मैत्रीपूर्ण फुटबलको आयोजना गरिएको अधिकारीले उल्लेख गरे।आफ्नो कप्तानीमा विवेकशील साझा पार्टीको टिम र चलचित्र निर्देशक दयाराम दाहालको कप्तानीमा बक्स अफिसको कलाकार… पुरा पढौ

केसी ग्रुपको साझेदारीमा पोखरामा खुल्यो ‘आव्या क्लव’

केसी ग्रुप पोखराको साझेदारीमा पोखरामा ‘आव्या क्लव’ खुलेको छ । प्रतिष्ठित घराना स्व.सूर्यबहादुर केसीका छोराहरुसहित ७ जना युवाहरुले पोखराको घारीपाटनस्थित हिमालय आँखा अस्पतालसँगै जोडिएको जग्गामा संयुक्त रुपमा ‘आव्या क्लव’ खोलेका हुन् । ‘आव्या क्लव’मा स्वर्गिय केसीका छोराहरु प्रकाश केसी, किरण केसी र रोसन केसी तथा विश्व गौतम, सायब एडी मल्ल, वरुण खड्का र निरज लामाको लगानी रहेको छ । १४ करोडको लगानीमा बनेको क्लव एक लाख १० हजार वर्ग स्क्वायर फिटमा फैलिएको क्लवले दाबी गरेको छ । नेपालकै सबैभन्दा ठूलो… पुरा पढौ

कांग्रेसका विभिन्न पदमा निर्वाचितलाई डिएलएको सम्मान

पोखरा, पुस २३ गते । नेपाल डेमोक्रयाटीक लयर्स एशोसिएसन कास्कीले नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा बिभिन्न पदमा निर्वाचित भएका आफ्ना सदस्यहरुलाई पोखरा शुक्रबार सम्मान गरेको छ ।सम्मानित हुनेमा गण्डकी प्रदेशका कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापा, बरिष्ठ अधिवक्ता बिश्व धिमीरे, रामचन्द« त्रिपाठी ,रमेश पौडेल लगाएतका दर्जनै कानुन ब्यवसायी रहेका छन ।सम्मान कार्यक्रमा बोल्दै नेपाली काग्रेस गण्डकी प्रदेश सभापती शुक्रराज शर्माले काग्रेसमा मात्र स्वतन्त्र न्यायापालीका र स्वतन्त्र प्रेसको परिकल्पना गर्ने सकिने बताए ।उहाँले लोकतान्त्रीक कानुन ब्यवसायले कानुनिराज… पुरा पढौ