समाचार

आजदेखि अंग्रेजी नयाँ वर्ष २०२२

आज (शनिबार) इस्वी संवत २०२२ को पहिलो दिन अर्थात अंग्रेजी नयाँ वर्ष। ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ। आजबाट इस्वी संवतको २०२१ लाई बिदा गर्दै नयाँ वर्ष २०२२ लाई स्वागत गरिदैँछ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुआत भएको मान्यता छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष समेत भन्ने गरिन्छ। जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रुसले… पुरा पढौ

वैज्ञानिक महाबीर पुनलाई पोखरामा सम्मान गरिदैँ

वैज्ञानिक महाबीर पुन आज (शनिबार) पोखरामा सम्मानीत हुँदैछन्। श्रीपति कोइराला गुठीले राष्ट्रिय आविस्कार केन्द्रका वैज्ञानिक पुनलाई सम्मान गर्न लागेको हो। गुठीको २९ औं साधारणसभाको अवसरमा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले पुनलाई २ लाख, २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ताम्रपत्र समाज सेवा पदकद्वारा सम्मान गर्ने कार्यक्रम रहेको छ। नेपालका बहुचर्चित व्यक्तित्वमध्ये एक महाबीर पुन नेपाली वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी एवं वायरलेस नेटवर्किङका आविष्कारकका रुपमा चिनिन्छन्। म्याग्दीको नाङ्गीमा जन्मिएका पुन नेपालको उच्च तथा हिमाली दुर्गम गाउँहरुका लागि ताररहित प्रविधि… पुरा पढौ

कर्मचारी युनियन कास्कीको अध्यक्षमा सुरेशकुमारको उमेद्वारी घोषणा

सुरेशकुमार श्रेष्ठले आसन्न नेपाल निजामति कर्मचारी युनियन कास्कीको आगामी नेतृत्वका लागि आफ्नो उमेदवारी घोषणा गरेका छन्। पुसको २३ गते हुन गइरहेको युनियनको ८ औं जिल्ला अधिवेशनमार्फत युनियनमा युनियनको अध्यक्ष पदका लागि आफ्नो उमेदवारी घोषणा गर्दै श्रेष्ठले चुनावी प्रचार प्रसारको थालनी समेत गरेका छन्। युनियनभित्र रुपान्तरण र पुस्तान्तरणसँगै युवा तथा सृजनशील जुझारु नेतृत्वका लागि अध्यक्ष पदमा आफ्नो उमेद्वारी रहेको श्रेष्ठले दाबी गरेका छन्। उनले हालै सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उमेदवारी र चुनावी प्रचार, प्रसार थालेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘निजामति… पुरा पढौ

काँग्रेसले विविध कार्यक्रमसहित राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै

आज पुस १६ अर्थात ४६ औं राष्ट्रिय मेलमिलाप दिवस। विभिन्न कार्यक्रम गरी आजको दिन यो दिवस मनाइन्छ। २०३३ साल पुस १६ गते नेपाली काँग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु ८ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्किएको सम्झनामा यो दिवस मनाइन्छ। दिवसका अवसरमा आज (शुक्रबार) काँग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्। यस अवसरमा बिपी संग्रहालयमा बिपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गर्न लागिएको जनाइएको छ। ८ वर्षको भारत प्रवासपछि २०३३… पुरा पढौ

विश्वभर एकैदिन १८ लाख बढी कोरोना संक्रमित थपिए

विश्वभर पछिल्लो २४ घण्टामा १८ लाख २९ हजार कोरोना संक्रमित थपिएका छन्। अमेरिकामा मात्रै ५ लाख ४५ हजार जनामा संक्रमण पुष्टि भएको छ। फ्रान्समा २ लाख ६ हजार, वेलायतमा १ लाख ८९ हजार, स्पेनमा १ लाख ६१ हजार, इटलीमा १ लाख २६ हजार संक्रमित थपिएका छन्। त्यसैगरी अर्जेन्टिनामा ५० हजार ५ सय, जर्मनीमा ४१ हजार ८ सय र टर्कीमा ३९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको हो।वल्र्डोमिटरकाअनुसार यस अवधिमा ५ लाख २० हजार जना संक्रमणमुक्त भएका छन् भने ६… पुरा पढौ

छोम्रोङ भलिबल र बास्केटबलको फाइनल खेल आज

अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा जारी ल्होसार मेला अन्तर्गत भलिबलतर्फको उपाधिका लागि आज (शुक्रबार) फाइनल खेल हुँदैछ। फाइनलमा सीवाइसी घुर्जुङ र जनउत्थान क्लब भिड्दैछन्। फाइनल खेल आज विहान १० बजे हुनेछ। बिहीबार भएको सेमीफाइनलमा सीवाइसीले एमवाइसी तल्लोगाउँलाई २३–२५, २५–२० र २५–२२ को सोझो सेटमा पराजित गर्दै सीवाइसी फाईनल प्रवेश गरेको हो। यसैगरी, अर्काे सेमिफाइनल खेलमा योङ स्टार क्लबलाई २५–२३ र २५–२२ को सोझो सेटमा हराउँदै जनउत्थान फाइनलमा पुगेको हो।भलिबलतर्फ मिलन युवा क्लबले तेस्रो स्थान हाँसिल गरेको छ। मत्क्यू गाइजलाई २५–२३ र… पुरा पढौ

ब्राउन सुगर सेवन गरेको कसुरमा पक्राउ परे ऱ्यापर ‘लाउरे’

चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ ब्राउन सुगर सेवन गरेको आरोपमा पक्राउ परेका छन्। ऱ्यापर ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउगरेको छ । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले जानकारीदिए। लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए ।प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ । लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेको थापाले जानकारी दिए । बिहीबार अदालत बिदा भएकाले शुक्रबार अनुसन्धानकालागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।’लाउरे’ हाल रियालीटि शो हिमालय रोडिजका निर्णायक मध्येका एक हुन् । पुरा पढौ

ल्होसारले आपसी प्रेम, बन्धुत्व र एकता बढाउने : मुख्यमन्त्री पोखरेल

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ल्होसारले प्रत्येक नेपालीबीच प्रेम, बन्धुत्व र एकता बढाउने विश्वास व्यक्त गरेका छन् । गुरुङ समुदायको नयाँ वर्ष एवं सबैभन्दा ठूलो पर्व तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विविध समुदायले मनाउने पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको डोरीलाई थप मजबुत बनाउने बताए । बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष सर्वस्वीकार्य र सहअस्तित्व रहेको उल्लेख गर्दै सन्देशमा नेपालको संविधान २०७२ को महत्वपूर्ण उपलब्धि लोकतान्त्रिक गणतन्त्र,… पुरा पढौ

आजदेखि पोखरा सडक महोत्सव

२३ औं संस्करणको पोखरा सडक महोत्सवको तयारी पुरा भएको छ । २३ औं संस्करणको पोखरा महोत्सव सुरु हुँदैछ। रेष्टुरेष्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले आयोजना गर्ने यस संस्करणको महोत्सवको उद्घाटन नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले गर्दैछन्। बाजागाजासहित उद्घाटन गरिने कार्यक्रममा २५ भन्दा बढी साँस्कृतिक समूहको सहभागिता रहनेछ। महोत्सवस्थलमा ३० भन्दा बढी हस्तकलाको स्टल रहनेछ। ३ दिनसम्म चल्ने महोत्सवमा कोमागानेपार्कभित्र हुने कार्यक्रमका लागि भने टिकट शुल्क लाग्नेछ। दिउँसोको लागि ५० रुपैया र बेलुका कन्सर्टको लागि १ सय रुपैयाँ प्रवेश शुल्क लाग्नेछ।… पुरा पढौ

मनाङमा हिमपात रोकियो, जनजीवन भने उस्तै कष्टकर

मनाङमा हाल हिमपात रोकिएको छ। मंगलबारदेखि लगातार २ दिनसम्म हिमपात हुँदा जनजीवन कष्टकर बनेको त्यहाँ बिहान ३ बजेदेखि हिमपात रोकिएको जिल्ला प्रहरी कार्यालय मनाङको संचार केन्द्रले एभरेस्ट आवाजलाई जनाएको छ। केन्द्रका अनुसार हाल त्यहाँ हिमापत रोकिएर जिल्ला सदरमुकाम चामेमाथिको डाँडाहरुमा घाम लागेको छ। हिमपात रोकिएपनि सदरमुकाम चामेको जनजीवन कष्टकर नै रहेको मनाङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीले जानकारी दिए। इन्स्पेक्टर अधिकारी भने, ‘सदरमुकाम डाँडामाथि घाम देखिएपनि लगातार २ दिन अघिदेखि परेको हिमपातका कारण सदरमुकाम चामे बजारमा… पुरा पढौ