समाचार

पोखरामा प्रजनन सम्बन्धि स्वास्थ्य शिविर हुदै

कास्की । वात्सल्य नेचुरल आईभिएफद्धारा पोखरामा आगामी शनिबार प्रजनन स्वास्थ्य शिविर हुने भएको छ । शिविर पौष ३ गते मेघा हेल्थकेयर,सभागृहचोक पोखरामा दिउसो १० बजेदेखि सञ्चालन गर्न लागेको हो । शिविरमा वात्सल्यका वरिष्ठ प्रजनन तथा स्त्रिरोग विषेशज्ञ डा आकृति भारतीले प्रजनन सम्बन्धि चेकजाँच र आवश्यक सल्लाहसुझाव दिने छिन् । निसन्तान सम्बन्धि संकोचित सोच, मिथ्या धारणा,कुण्ठा लगाएत विभिन्न रचनात्मक कार्यक्रम गर्दै आईरहेको वात्सल्यले प्रमुख चार स्थान मध्ये १० गते निशा अल्ट्रसाउण्ड एण्ड डाईग्रोष्टिक क्लिनिक विर्तामोड,झापामा,१७ गते वात्सल्य हेल्थकेयर नेपालगञ्ज शाखा,विटिएस चोक,नेपालगञ्ज… पुरा पढौ

यामाहाको नयां मोडलको बाइक पोखरामा बिक्रि शुभारम्भ

पोखरा ।युवा माझ लोकप्रिय ब्राण्ड यामाहाको एफ जेड भि थ्री कनेक्ट एक्स मोडल पोखरामा बिक्रि शुभारम्भ गरिएको छ ।बुधबार गण्डकीको आधिकारिक बिक्रेता भि .ए.डब्लु.इन्टरप्राइजेज प्रा लि ले यामाहाको एफ जेड भि थ्री कनेक्ट एक्स मोडलको बाइक लन्च गरिएको म्यानेजिङ डाइरेक्टर सरोज श्रेष्ठले बताए । उनले यो बाइकले आफ्नो शैली र कार्य क्षमतामा केही सुधार गर्दै बजारमा ल्याएको बताए । यस पटक डिजिटलाइज र गतिशील पुस्तालाई यसको सुविधाहरूद्वारा अझ धेरै लाभान्वित हुन सक्ने श्रेष्ठले बताए ।नयां मोडलको सो बाइकको पोखरा लन्चिङ… पुरा पढौ

देशभर हाम्रो पार्टीमा नागरिकको आकर्षण बढिरहेको छ:अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशभर आफ्नो पार्टीमा नागरिकको आकर्षण बढिरहेको बताएका छन् ।पार्टीको बाग्मती प्रदेश कमिटिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । ​पाटी फुटेर जाँदा पनि बामपन्थी पार्टी निर्माण गरिरहेकोले नेपालमा बामपन्थी पार्टी लोकप्रिय रहेको समेत उनले धारणा राखे । आफूहरु बामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न आग्रह गरे । पार्टीका सबै तहमा रहेर नेतृत्व गर्नेले देशको स्वाभिमान र जनतालाई सुखी बनाउने कुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।… पुरा पढौ

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको छैटौँ संस्करण पुस २ देखि

चितवन । उद्योग सङ्घ चितवन र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । आगामी पुस २ देखि ४ गतेसम्म प्रदर्शनी केन्द्रमा आयोजना हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार प्रदर्शनीमा भारतका ५० स्टलसहित २०० स्टल रहने छन् । ३० प्रतिशत स्टल अत्याधुनिक प्रविधिका उपकरण र अन्य उत्पादनको रहने छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण शिथिल बनेको उद्योग व्यवसायको प्रवद्र्वन गर्ने उद्देश्यले… पुरा पढौ

फेवातालमा सिल्भर काप र विगहेड जातका १६ हजार माछाका भुरा छाडियो

कास्की । पोखराको फेवातालमा १६ हजार माछाका भुरा छोडिएका छन् । पोखरा महानगर पालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले पोखरा १८ खपौदीमा सिल्भर काप र विगहेड जातका १६ हजार माछाका भुरा छाडेका हुन् । उनले फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गर्दै तालका माछालाई ‘ब्राण्डिङ’ गर्नुपर्नमा जोड दिए । पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले फेवाताललाई थप आकर्षण बनाउन माछाको बारेमा अध्ययन गर्न थलोको रुपमा विकास गर्न सकिने बताए । पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले फेवातालको स्वच्छ र सफा माछालाई… पुरा पढौ

जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु

गुल्मी । जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको छ । अक्सिजनकै अभावले कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यले नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा गुल्मीले सञ्चालन गरेको अभियानबाट उक्त अक्सिजन उत्पादन सुरु गरिएको हो । गत वैशाख २८ गतेदेखि जेठ ८ गतेसम्म सञ्चालन गरिएको अभियानमा झण्डै रु ८० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये रु ६० लाख महासङ्घले गुल्मी अस्पताललाई प्रदान गरेको थियो । पत्रकार महासंघका शाखा अध्यक्ष टोपलाल अर्यालले अक्सिजन उत्पादन सुरु हुनु आफुहरुको लागि सबैभन्दा खुसिको क्षण भएको… पुरा पढौ

शिक्षक सेवा आयोगद्धारा माध्यामिक तहको विज्ञापन आवह्न

काठमाण्डौ – शिक्षक सेवा आयोगले माध्यामिक तहमा १५ सय भन्दा धेरै शिक्षकको लागि विज्ञापन आह्वान गरेको छ । आयोगले सूचना निकालेर माध्यामिक तह तृतीय श्रेणीको लागि १५ सय ४७ जना शिक्षकको विज्ञापन खुलाएको हो । आयोगले खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता र पिछडिएको क्षेत्रका उम्मेद्वारको लागि पनि कोटा तोकेर विज्ञापन गरेको हो । नेपाली विषयको लागि २ सय ३१ जना शिक्षकको माग भएको छ । यस्तै, अंग्रेजी विषयको लागि तीन सय १२ जना, गणितको लागि दुई सय ८९… पुरा पढौ

कोरोनाका अरु भेरियन्टभन्दा ओमिक्रोन फैलिने दर तीव्र छः डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नयाँ कोरोना भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिइरहेको भन्दै यसलाई अवमूल्यन गरे स्वास्थ्य प्रणाली अस्तव्यस्त हुनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले यसअघिका भेरियन्टभन्दा तीव्र गतिमा ओमिक्रोन फैलिइरहेको भन्दै यसलाई कम नआँक्न आग्रह गरेका छन् । कतिपयले आफैं जोखिममा पर्ने गरी यो भाइरसलाई अवमूल्यन गरेको देखेको उनको भनाइ छ । गेब्रेयससका अनुसार अहिलेसम्म ७७ मुलुकमा ओमिक्रोनका संक्रमित पुष्टि भइसकेको छ । संभवतः ७७ भन्दा बढी मुलुकमा ओमिक्रोन पुगिसकेको अनुमान गर्दै उनले केही… पुरा पढौ

लोक सेवा आयोगले खुलायो फेरी २८४ जना अधिकृतको विज्ञापन

काठमाडौं । लोक सेवा आयोगले २८४ जना शाखा अधिकृतका लागि विज्ञापन खुलाएको छ । कर्मचारी समायोजनको विवाद अदालतबाट निरुपण हुन नसकेको अवस्थामा लोक सेवा आयोगले बुधबार न्याय सेवाको कानून, न्याय तथा सरकारी वकिलतर्फ ७० गरी कूल २८४ जना अधिकृतको विज्ञापन गरेको हो । आयोगले यसअघिका दुई तहको प्रतिस्पर्धा टुंग्याएर सरकारलाई नियुक्तिका लागि सिफारिस गर्न सकेको छैन । त्यतिबेलाको विवाद कायमै रहेका बेला आयोगले फेरि नयाँ भर्ना प्रक्रिया थालेको हो । यसअघि परीक्षा नै नभएका र परीक्षा दिएर नाम सिफारिस हुन… पुरा पढौ

आज सुनको मूल्य घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला आज रु ५००ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० छ जसको मूल्य मङ्गलबार प्रतितोला रु ९२ हजार ३०० तोकिएको थियो । आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार… पुरा पढौ