समाचार

खौलालाँकुरी पोखरा सम्पर्क समाजमा केसी

पोखरा । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १३ खौलालाँकुरी स्थायी घर भइ हाल पोखरामा बस्नेहरुको खौलालाँकुरी पोखरा सम्पर्क समाजको अध्यक्षमा धर्मबहादुर केसी चयन भएका छन । समाजको शनिवार साँझ सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले १७ सदस्यीय कार्यसमितिका सबै पदाधिकारी र सदस्य निर्विरोध चयन गरेको हो । दुई वर्ष कार्यकाल रहेको समितिको बरिष्ठ उपाध्यक्षमा जितेन्द्रबहादुर कुँवर, उपाध्यक्षमा शिवलाल विश्वकर्मा, सचिवमा लालप्रसाद शर्मा, सहसचिवमा कल्पनाकुमारी पौडेल र कोषाध्यक्षमा नारायणप्रसाद तिमिल्सिना चुनिए । यसैगरी सदस्यमा पिताम्बर पौडेल, अमरबहादुर कार्की,… पुरा पढौ

१७ औ लेखनाथ महोत्सवको तयारी तिव्र

पोखरा । लेखनाथ उद्योग बाणिज्य संघबाट आयोजनामा गर्न लागिएको १७ औं लेखनाथ महोत्सवको तयारी तिव्र पारिएको आयोजकले जनाएको छ । महोत्सवलाई भब्य रुपमा सम्पन्न गर्नका लागि आइतबार कार्यसम्पादन समिति एवं बिभिन्न उपसमितिका संयोजकहरुको बैठक बसेको छ । आज बसेको बैठकमा महोत्सव सम्पन्न गर्न गठित मुल समारोह समितिका निर्देशक एवं संघका निवर्तमान अध्यक्ष बलराम ढकाल, निर्देशक एवं नेउवामहासंघ केन्द्रिय सदस्य बावुराम गिरी, संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, संघका पुर्व अध्यक्ष एवं निर्देशकहरु चतुराखर अधिकारी, बावुराम जमरकट्टेल, सुमन भट्टराई, लक्ष्मीप्रसाद त्रिपाठी, कृष्णहरि… पुरा पढौ

पृथ्वीनारायण क्याम्पस इतिहास विभागका प्रमुखको बिदाई

पोखरा ।पृथ्वीनारायण क्याम्पस इतिहास तथा सँस्कृति विभागका पूर्व विभागीय प्रमुख प्राडा.ज्ञानबहादुर कार्कीको बिदाई गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट असारमै सेवा निवृत्त भए पनि कोराना भाइरसका कारण कार्कीको शनिबार पृथ्वीनारायण क्याम्सपमा औपचारिक कार्यक्रम गरि बिदाई गरिएको हो । पृथ्वीनारायण क्याम्पस इतिहास तथा सँस्कृति विभागले गरेको बिदाई कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा.डा.सरोज कोइराला, पूर्व क्याम्पस प्रमुख प्राडा.दिलबहादुर क्षेत्री,प्राडा. चन्द्रबहादुर थापा, सहप्राध्यापक वसन्त पराजुलीले प्राडा.कार्कीको सेवानिवृत्त जीवन सुखमय रहोस् भन्दै शुभकामना दिएका थिए । बिदाई भएर जाने इतिहास तथा सँस्कृति विभागका पूर्व… पुरा पढौ

पोखरामा १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता आइतबारदेखि पोखरामा शुरु भएको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ्गले एक समारोहका विच टुर्नामेण्ट डाइरेक्टर राजन पौडेललाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका विशेष अतिथि नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणाले कास्कीले टेनिसमा अभूतपूर्व सफलता हाँसिल गरेको भन्दै खुसि व्यक्त गरे । साथै १८ वर्षको लामो इतिहाँस बोकेको प्रतियोगिताको सफलताको कामना गर्दै उहाँले… पुरा पढौ

छोम्रोङमा सेन्चुरी ल्होसार मेला शुरु

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ११, छोम्रोङमा २० औं संस्करणको सेन्चुरी ल्होसार मेला २०७८ सुरु भएको छ । सेन्चुरी युवा क्लबको आयोजनामा तमु समुदायको पर्व ल्होसारको अवसरमा चार दिनको मेला आइतबारदेखि सुरु भएको हो । छोम्रोङ अन्नपूर्ण आधार शिविर पदमार्गको प्रस्थान विन्दु हो । १४ पुससम्म चल्ने मेलाको एमाले नेता, पूर्व युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले आइतबार उद्घाटन गरे । कार्यक्रममा बोल्दै नेता विश्वकर्माले पर्यटन क्षेत्र कोरोनाले समस्याग्रस्त बनेकाले उत्थानका योजनाबारे सोच्नुपर्ने बताए । नेता विकले राजनीतिक भाषणमा बढी समय… पुरा पढौ

बागलुङमा बढ्दै छ लैङ्गिक हिंसाका घटना

गलकोट। पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएका छन् । जिल्लामा यो वर्ष २३ महिला तथा बालबालिक लैङ्गिक हिंसामा परेका छन् । त्यस्तै ६० वटा मानव अधिकार उल्लङ्घनका घटनामध्ये २३ बलात्कार तथा बलात्कार प्रयासका मात्रै छन् । गत वर्षको तथ्याङ्कलाई हेर्ने हो भने बलात्कार तथा यौन हिंसाका मात्रै १२ घटना घटेका थिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले मानवअधिकार वर्ष पुस्तक २०२२ समावेश गर्नका लागि सङ्कलित तथ्याङ्क अनुसार यो वर्ष ६० वटा मानव अधिकारसम्बन्धी घटना घटेको र तीमध्ये… पुरा पढौ

सुन्तला खरिद गर्न बगैँचामा पुगे व्यापारी

गलेश्वर । म्याग्दीमा उत्पादित सुन्तला खरिदका लागि व्यापारी सुन्तलाको बगैँचामा नै पुग्न थालेका छन् ।पश्चिम म्याग्दीको बास्कुना, भकिम्ल, मरेक, राखु, बरङ्जा र उत्तरी म्याग्दीका हिस्तान, दोसल्लेलगायत गाउँमा सुन्तला खरिदका लागि व्यापारी पुगेका हुन् ।यी क्षेत्रमा सुन्तला खरिद गर्न व्यापारी पुगे पनि किसान भने उत्साहित छैनन् । बोटमा लटरम्मै फलेका सुन्तलामा चाइनिज सिडरस फुड फ्लाइ (औँसा) नामक कीराको प्रकोप देखिएको र सोही रोगका कारण दाना पोटिला नहुँदा भनेजति मूल्य नपाएको किसानको गुनासो छ । त्यसैगरी सुन्तलाको बोटमा औंँसा कीरा लागेर दाना… पुरा पढौ

सबै पार्टीलाई माओवादीको निम्तो, उद्घाटन समय पनि पछि धकेलियो

नेकपा माओवादी केन्द्रले ८ औं राष्ट्रिय महाधिवेशनमा विभिन्न राजनीतक दललाई निमन्त्रणा गरेको समाचार छ। माओवादी केन्द्रका केन्द्रीय कार्यालयले जनाएअनुसार नेपाली काँग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी ९जसपा०, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लगायत पार्टीलाई निमन्त्रणा गरेको हो। यसअघि राष्ट्रिय सम्मेलनको तयारी गरेको माओवादीले कुनै पनि राजनीतिक दललाई नबोलाउने बताएको थियो। तर, शनिबार बसेको स्थायी समिति बैठकले सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेपछि आथित्यता लागि दलहरूलाई बोलाएको हो। शनिबार स्थायी समितिले गरेको निर्णय अहिले… पुरा पढौ

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आजदेखि

नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आज (आइबार) बाट सुरु हँदैछ। माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाण्डौको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार दिउँसो १ बजे हुने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनमा देशभर र अन्तराष्ट्रिय समेत गरी करीव १ हजार ६ सय ३१ जना प्रतिनिधिको सहभागिता रहने जनाइएको छ। विचारको नयाँ संश्लेषण गर्दै समाजबादको नयाँ आधार तय गर्ने लक्ष्यसहित माओवादी केन्द्रले महाधिवेशन लागेको हो। गत मंसीर ४ गतेदेखि वडा सम्मेलन शुरु गरेको माओवादीले मंसीर ११ गते देशभर पालिका सम्मेलन… पुरा पढौ

राष्ट्रियसभा निर्वाचनका लागि १२ दल दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन्। दर्ता भएका दलमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पाटी (जसपा) नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको आयोगका राजनीतिक दल व्यवस्थापन शाखाले जनाएको छ। त्यस्तै, नेपाल लोकतान्त्रिक पार्टी र नेपाल परिवार दल छन्। सबै दलले सातै प्रदेशमा उमेदवारी दिन सक्नेछ। त्यसैगरि, नेपाल मजदूर किसान पार्टीले वाग्मती प्रदेश, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले प्रदेश नम्बर–२ र सुदूरपश्चिम प्रदेशमा तथा ऐतिहासिक प्रजातान्त्रिक… पुरा पढौ