समाचार

युनाईटेड क्लवद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डष्टविन वितरण

पोखरा १० पुस ।युनाईटेड क्लव पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डष्टविन वितरण गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको सरसफाईलाई मध्यनजर गरी युनाईटेड क्लवले बाबा फाउण्डेशनको सहकार्यमा १० सेट डष्टविन वितरण गरेको हो ।सो अवसरमा वोल्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फोहोर ब्यवस्थापनलाई मध्येनजर गरी युनाईटेड क्लवले डष्टविन प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरिन । मन्त्री गुरुङले युनाईटेड क्लव जस्तै अन्य सामाजिक क्षेत्रमा काम गर्ने क्लवहरुले समेत सरकारी अस्पतालहरुमा आवश्यक परेका सामाग्रीहरु… पुरा पढौ

छोम्रोङमा ‘सेन्चुरी ल्होसार’ मेलाको तयारी

पोखरा, १० पुष । कास्कीको अन्नपूर्ण गाउँपालिका १० छोम्रोङमा आयोजना हुने २० औं संस्करणको सेन्चुरी ल्होसार महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । सेन्चुरी युवा क्लबले तमु समुदायको महान् पर्व ल्होसारको अवसरमा (आईतबार) ११ गते देखि १४ गते सम्म सञ्चालन गर्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष मिकास गुरुङले बताए । उनका अनुसार पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित सञ्चालन हुने सो महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित विभिन्न खेलकुदका कार्यक्रम समावेश गरिएको छ । महोत्सवमा मुख्य आकर्षकको रुपमा पुरुष भलिबल… पुरा पढौ

विपद् प्रभावितहरुको मानवीय पीडालाइ कम गर्न ‘स्फियर मापदण्ड सचेतना’

पोखरा १० मङ्सिरविपद् अथवा द्धन्द्धबाट प्रभावित मानिसहरुलाई मर्यादा सहितको जीवन बाँच्न पाउने अधिकार सहित विपद न्यूनिकरण र पूर्व तयारीमा ध्यान दिनु पर्ने आवश्यताको बारेमा पोखरामा सचेतना कार्यक्रम गरिएको छ । राष्टिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गण्डकी प्रदेश सरकारको समन्वयमा प्रकोप पूर्व तयारी सञ्जाल नेपालको आयोजनामा ‘स्फियर मापदण्ड सचेतना’को कार्यक्रम गरिएको हो ।सञ्जालका अध्यक्ष सूर्यबहादुर थापाले मानवीय प्रतिकार्यहरुको गुणस्तरमा सुधार ल्याउन र आफ्ना क्रियाकलापका लागि जवाफदेही हुने उद्देश्य सहित सन् १९९७ स्फियर शुरुआत भएको जानकारी दिए । स्फियरले… पुरा पढौ

भोली तेर्सापट्टी बुहारी समूहले नेवारी परिकार बनाउन सिकाउँदै

पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीमा रहेको तेर्सापट्टी बुहारी समूह ले संस्कृति बचाउन नेवारी परिकार बनाउन सिकाउने भएको छ । नेवारी परिकारहरु चुलोमा पाक्न छाड्दा संस्कृति नै लोपोन्मुख हुने अवस्थामा पुगेपछि तेर्सापट्टी बुहारी समूहले समूह भित्रका महिलाहरुलाई नेवारी परिकार पकाउन सिकाउन लागेको हो । साथै सम्पूर्ण महिलाहरुलाई उद्यमी बनाउँदै आर्थिक सशक्तिकरण गर्ने उद्धेश्यले तालिम दिन लागिएको समूहले जनाएको छ । समूहले आफ्नो समूहमा आबद्ध ३० भन्दा बढी महिलालाई नेवारी परिकारहरु निःशुल्क रुपमा पकाउन तालिम दिन लागेको समूहकी अध्यक्ष नीलम उदासले… पुरा पढौ

शुभकामना विद्यालयमा क्रिसमसको अवसरमा सांस्कृतिक कार्यक्रम

शुभकामना विद्यालय बैदामले क्रिश्चियन धर्मावलम्वीहरुको महान पर्व क्रिसमसको अवसरमा सांस्कृतिका कार्यक्रम आयोजना गरेको छ । सलोम एजी चर्चका पास्टर भविन्द्र रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुले नाचगान गर्नुका साथै विभिन्न कला र संस्कृतिमूलक प्रस्तुती राखेका थिए । कार्यक्रममा बोल्दै पास्टर सलोम एजीले क्रिसमको अर्थ, भाव र जिसस क्राइस्टको जन्मोत्सवको खुशियालीबारे प्रष्ट्याएका थिए । उनले यो विश्व नै एउटा घर भएको र आजका बाबुनानीहरुले सम्पूर्ण धर्म र आस्था, संस्कृतिको ज्ञान राख्नुपर्ने बताए । कार्यक्रममा सहभागि अतिथि तथा विद्यार्थीलाई क्रिसमसको शुभकामनासहित उपहार… पुरा पढौ

लायन्स क्लब कालिकाद्वारा न्यानो कपडासहित खाद्यान्न वितरण

पोखरा, १० पुस लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनले पोखरा ३२ राधाकृष्ण विद्याश्रम र त्यहाँ रहेको गुरुकुल संस्कृत विद्यालयलाई खाद्यान्न, स्टेसनरी र न्यायो कपडा वितरण गरेको छ । क्लबले विद्याश्रम रहेका वृद्धवृद्धाहरुको लागि खाद्यान्न र राधाकृष्ण विद्याश्रम गुरुकुल संस्कृत विद्यालयका विद्यार्थीका लागि स्टेसनरी सामान र न्यायो कपडा शनिबार वितरण गरेको हो । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि वानका डिपार्टमेन्ट को चिफ सुदीपराज ढुंगाना, कालिका भ्यु टाउनका संस्थापक अध्यक्ष नारायणप्रसाद अधिकारी, क्लबका अध्यक्ष शुक्रराज अधिकारी, लायन्स क्लबका रिजन… पुरा पढौ

नदीपुरमा वाचनालय स्थापना, वात्स्यायानद्वारा उद्घाटन

पोखरा । सूर्योदय क्लब नदीपुरको पहलमा स्थापित वाचनालयको शनिबार उद्घाटन गरिएको छ । बरिष्ठ कलाकार दुर्गा बराल बात्स्यायानले वाचनालयको उद्घाटन गरेका हुन् । प्रमुख अतिथि बरालले वाचनालय नभएको शहर मृत शहर हुने बताउदै टोलमै वाचनालय स्थापना भएकोमा युवा प्रयासको सराहना गरे । पुस्तकालय भनेको ज्ञानको भण्डार रहेको बताउदै बरिष्ठ कलाकार बरालले यसको सदुपयोग गर्न आग्रह गरे । क्लबका अध्यक्ष शेखर पराजुलीले वाचनालय स्थापनाका क्रममा ब्यहोर्नु परेका उतार चढावको बकपत्र प्रस्तुत गर्दै यसलाई जिबन्त वाचनालय बनाउने प्रण गरे । पराजुलीले वाचनालय… पुरा पढौ

काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै, सभापति देउवाले पदभार ग्रहण गर्ने

नेपाली काँग्रेसको नव निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज (शनिबार) बस्दैछ। त्यसअघि, १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति सभापति शेरबहादुर देउवा लगायत पदाधिकारी र सदस्य सबैलाई पार्टीको केन्द्रीय निर्वाचन समितिले प्रमाणपत्र हस्तान्तरण र पदभार ग्रहण गर्ने कार्यक्रम छ। नेपाली काँग्रेसमा दोस्रो कार्यकालका लागि निर्वाचित सभापति देउवा लगायत पदाधिकारी र सदस्यहरुले आज पदभार ग्रहण गर्नेछन्। काँग्रेस केन्द्रीय कार्यालयमा ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गर्ने कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको छ। सभापति लगायत पदाधिकारी र सदस्यहरुको पदभार ग्रहणपछि महाधिवेशबाट आएको काँग्रेसको… पुरा पढौ

आज क्रिसमस डे, नेपाल सरकारले दियो बिदा

आज डियसेम्बर २५ तारिक अर्थात क्रिसमस डे। आजको दिन नेपाल लगायत इसाई धर्मालम्बीहरुका लागि विशेष र महत्वपूर्ण दिन। इसाई धर्मालम्बी लगायत अन्य समुदायहरुले आजको दिन विश्वभर जिसस क्राइस्टको सम्झनामा क्रिसमस डे मनाउँदछन्। आजको दिन जिसस क्राइस्ट पृथ्वीमा आएको र संपूर्ण मानवजातिको पापलाई नास गर्न मानिसकै अवतार लिएकाले आजको दिनलाई विशेष उत्सवका रुपमा मनाउनुपर्ने धारणा राखेर इसाई समुदायको चर्चहरुमा क्रिसमस डे मनाउँदछन्। इसाई धर्मका अनुयायीहरुले आजको यो विशेष दिनलाई विशेष सौहार्दता, प्रेम र माया, सद्भाव र प्रभुको अनुकम्पामा अनुगृहित भएर मनाउने… पुरा पढौ

५ वर्षे बालकलाई यातना दिने होस्टल नै अवैध

पोखरामा बच्चालाई यातना दिएको होस्टल अवैध भएको खुलाशा भएको छ। ओछ्यानमा पिसाब फेर्छ भनेर पिसाब फेर्ने ठाउँ (लिङ्ग) बाँधिदिएर यातना दिने पोखरा महानगर पालिका वडा नम्बर–१५ मा रहेको न्यू लाईफ स्कुल (होस्टल) दर्ता नगरी अवैध रुपमा सञ्चालन भइरहेको पुष्टि भएको हो। सो होस्टलकी वार्डेन जानुका नेपालीले सोहि होस्टलमा बसी पोखरा–१५ फलेपाटनमा रहेको सिद्ध माविमा कक्षा नर्सरीमा अध्ययनरत रेमन बुढाको पिसाब फेर्ने ठाउँ (लिङ्ग) बाँधि दिएकी थिईन्। पछि स्कुलका शिक्षकहरुले थाहा पाएपछि यातनाबारे खुलाशा भएको थियो। विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल… पुरा पढौ