पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १४ औं संस्करणको हिसान स्पोर्टस मिट जारी रहेको छ । पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत प्लस टु लेभल भलिवल छात्रतर्फ ८ खेल र छात्रातर्फ ६ गरी १४ खेल सम्पन्न भएका छन् । दोश्रो चरण अन्तर्गत भएको छात्रतर्फको खेलमा सृजना मावी, पश्चिमाञ्चल मावी, माउन्ट अन्नपूर्ण, पोखरा सेकेण्डरी, गुरुकुल मावी, लिटिल स्टेप मावी, जुनियर सिटिजन एकेडेमी र भाष्कर मेमोरियल मावी विजयी भएका छन् । त्यसै गरी छात्रातर्फ स्पाइरल ग्यालेक्सी,…
पुरा पढौ