समाचार

मादीनदी लिफ्टिङ खानेपानी आयोजनाको काम सुरु

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ सहलगानीमा मादीनदी लिफ्टिङ–खानेपानी आयोजनाको निर्माण सुरुआत भएको छ । सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाकोे ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम अगाडि बढेको हो । कूल रु २६ करोड लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजनाको पराजुली कन्स्ट्रक्सनले ठेक्काको जिम्मा पाएको छ । विसं २०८० भदौभित्र आयोजनाको सम्पन्न गर्ने गरी सम्झौता भएर निर्माण कार्य अघि बढाइएको भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए । व्यास–५ स्थित मादी… पुरा पढौ

प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला

भैरहवा । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् । उनि भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला परेका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । उनले भने, “अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको थाहा भएको हो ।” यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत थिए । मृत्युको कारण खुल्न सकेको छैन । यादवलाई केही दिनअघि मात्रै कारवाही गरेको बताइएको छ । रासस पुरा पढौ

अस्पताल जाने भन्दै प्रहरीकै मोटरसाइकल लिएर कैदी भागेपछि..

दाङ । दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भइ थुनामा रहेका एक व्यक्ति कारगारबाट भागेका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार हिजो अस्पतालबाट भागेको प्रहरीले जनाएको छ । परियार छालाको उपचारका लागि अस्पताल गएका बेला त्यहीबाट भागेका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिए । उनी प्रहरी जवान धनबहादुर चौधरीसँगै लु३४प ४१० नंको मोटरसाइकल चढेर अस्पताल गएका थिए । उपचारका लागि हत्कडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको बताइएको… पुरा पढौ

पहिलोपटक स्थानीय तहसम्मको जनगणनाको प्रतिवेदन प्रकाशन गरिदै

काठमाडौ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको प्रतिवेदन पहिलोपटक स्थानीय तहसम्मको प्रकाशन गर्ने तयारी गरेको छ । विसं २०६८ सम्म जिल्लास्तरको तथ्याङ्कको मात्र प्रतिवेदन सार्वजनिक गरिन्थ्यो अव स्थानिय तहसम्मको नै प्रकाशन गर्न लागिएको हो । राज्य सङ्घीय संरचनामा गएपछि पहिलोपटक स्थानीय तहको प्रतिवेदन प्रकाशन गर्न लागिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । विसं २०७८ को जनगणनाको फारम ७७ वटै जिल्लाबाट केन्द्रमा आइसकेको छ । प्राप्त फारामलाई परीक्षण र सम्पादन सकेर कम्प्युटरमा तथ्याङ्क राखिने उनले बताए । पुस मसान्तसम्म कम्प्युटरमा… पुरा पढौ

दुग्ध सङ्कलन केन्द्र सञ्चालनमा,किसान उत्साहित

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा दुग्ध सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको छ । त्यहाँ स्थित भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सो केन्द्र सञ्चालनमा ल्याएको हो । गाउँपालिकाभित्र एकै ठाउँमा सङ्कलन गरी बिक्री वितरण गर्ने भएपछि किसानलाई दुध बेच्न झण्झट नहुने र राम्रो आयआर्जनसमेत हुने हुँदा सो केन्द्र सञ्चालनमा ल्याइएको कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जनाएको छ । दुग्ध सङ्कलन केन्द्र स्थापना भएसँगै किसान उत्साहित हुदै व्यवसायमा लागेको सहकारी संस्थाका अध्यक्ष केशव खनालले बताए । गाउँपालिकाको आठ वडामा हाल एक हजार… पुरा पढौ

श्रीमति हत्या अभियोगमा श्रीमान् पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–६ अमरबस्तीकी २२ वर्षीया अम्बिका महतोको हत्या अभियोगमा उनका २५ वर्षीय श्रीमान् साजन महतोलाई प्रहरीले पक्राउ गरेको हो । अम्बिकालाई यही पुस ५ गते राति घाइते भई लडिरहेको अवस्थामा भेटाइएको थियो । कार्यालयका अनुसार अम्बिकाको उपचारका क्रममा मृत्यु भएपछि उनको शरीरमा भएको घाउचोटका कारण हत्या भएको पुष्टि भएको बताइएको छ । रासस पुरा पढौ

चितवन राष्ट्रिय निकुञ्जमा उन्नाइस गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा दुई गैँडा मरेका हुन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ भने अन्य कालगतीले मरेका हुन् । मरेका गैँडामा बूढो भएर पाँच, भासिएर पाँच, पानीमा डुबेर दुई, जुधेर चार र बाघको आक्रमणबाट एक गैँडा मरेको जनाइएको छ । यस्तै साउन १२ गते माडीको… पुरा पढौ

अपरेटरले तलब नपाएपछि विद्युत् सेवा बन्द,गाउँ अन्धकारमा

सिमकोट । विद्युत्का अपरेटरले एक वर्षदेखि तलब नपाएको भन्दै छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । सिमकोट गाउँपालिका–८ खोल्सी र नाम्खा गाउँपालिका–४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत् आयोजना बुधबारदेखि बन्द भएको हो । विद्युत् आयोजनाका अपरेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि तलब नपाएपछि विद्युत् सेवा बुधबारदेखि बन्द गरेका हुन् । गत वर्ष माघदेखि विद्युत् सञ्चालन गर्दै आएको भए पनि आफूहरुले पाउने सेवा सुविधा र तलब नपाएपछि विद्युत् सेवा बन्द गर्न बाध्य भएको अपरेटर लामाले बताए ।… पुरा पढौ

ऐतिहासिक ओदानडाँडा संरक्षणमा जुट्दै सरोकारवाला

गलकोट । ऐतिहासिक महत्व बोकेर पनि ओझेलमा परेको काठेखोला गाउँपालिका–७ रेशस्थित ओदानडाँडाको संरक्षण थालिएको छ । ऐतिहासिक ओदानको संरक्षण गरेर राखिएको उक्त क्षेत्र लामो समयदेखि ओझेलमा परेपछि स्थानीयवासीको सक्रियतामा सो ऐतिहासिकस्थलको संरक्षण थालिएको हो । बाइसे÷चौबीसे राज्यअन्तर्गत भूरे राजाका पालामा आकाशबाट चट्याङ खस्ने क्रममा खसेको कृत्रिम ओदान संरक्षित गरेर राखिएको उक्त डाँडाको नाम पछि ओदान खसे हुँदै ओदानडाँडाको नामकरण गरिएको थियो । चट्याङ पर्दा खसेको ओदानको एक खुट्टा खसेपछि दुईखुट्टे ओदान संरक्षण गरेर ओदानडाँडा मन्दिरमा राखिएको छ । उक्त क्षेत्र… पुरा पढौ

ओमिक्रोनको सङ्क्रमित बढेपछि इटालीमा प्रतिबन्धहरुको घोषणा

रोम । इटालीमा पछिल्लो समयमा कोरोना भाइरसको पछिल्लो तथा घातक भनिएको ओमिक्रोन भेरियन्टका सङ्क्रमण बढेको पाइएको छ ।यहाँ प्रतिदिन यस्तो सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्यका मापदण्डहरुमा कडाई गरिएको छ र यहाँका अधिकारीहरुले पहिलेजस्तै जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने नियम बनाएका छन् । पछिल्लो समयमा क्रिसमसका कार्यक्रमहरुमा बढी नागरिकहरुको आवतजावत र जम्मा हुने भएकाले त्यसमा कडाई गरिएको बताइएको छ ।इटालीको मन्त्री परिषदले यहाँ क्रिसमस तथा नयाँ वर्षका अवसरमा जम्मा हुन पनि प्रतिबन्ध लगाइएको छ । त्यसैगरी नागरिकहरु सार्वजनिक रुपमा भेला हुने कार्यमा पनि… पुरा पढौ