समाचार

रोमाञ्चक खेलमा स्याङ्जा विजयी

पोखरा । पोखरा रंगशालामा जारी गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा स्याङ्जाले रोमाञ्चक जित निकालेको छ । स्याङजाले तनहुँमाथि ३ रनको जित निकालेको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको स्याङजाले निर्धारित ४० ओभर मध्ये ३३.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय २३ रन बनायो । स्याङ्जाको तर्फबाट सन्दिप क्षेत्रीले ४० तथा इश्वर क्षेत्रीले २५ रन जोडे । तनहुँका बलरहरु दिनेश बुढामगरले ३ तथा अभिषेक बस्नेतले २ विकेट लिए । जितका लागि १ सय २४ रनको… पुरा पढौ

पोखराको मालोपाटनमा खुल्यो स्माइल मार्ट , शनिबारदेखि सञ्चालनमा आउँदै

पोखरा । पोखरा–५ मालोपाटन गणतन्त्र चोकमा खुल्यो स्माइल मार्ट पोखरा–५ मालेपाटन गणतन्त्र चोकमा स्माइल मार्ट सञ्चालनमा आउने भएको छ । मार्टको पुष १० गते शनिबार औपाचारीक उद्याटन हुने संचालक कृष्ण प्रासाद भट्टराईले जानकारी दिए । सो मार्टमा दैनिक उपभोग्य सामान सुपथ मुल्यमा उपलब्ध हुनेछन् । कस्मेटीक, पेयपदार्थ, किचनवेयर लगायत इलेक्ट्रोनिक्स सामान उपलब्ध हुने सञ्चालक भट्टराइले बताए । उद्याटन देखी पौष १७ गतेसम्म हरेक सामान खरिद गर्दा ५ देखी २५ प्रतिशतसम्म छुट रहेको भट्टराइले जानकारी दिए । तीन हजार भन्दा माथिको… पुरा पढौ

महिलामाथि हुने विभेद अन्त्यका लागि सरकार प्रतिवद्ध छ:मन्त्री रेग्मी

काठमाडौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेद अन्त्यका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् । मानव अधिकारका लागि महिला एकल महिला समूहको २७औँँँँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री रेग्मीले महिलामाथि हुने हत्या, हिंसा, बलात्कार, घरेलु हिंसालगायत सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारले देशव्यापी अभियान नै सञ्चालन गर्ने बताएका हुन् । उनले राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका निम्ति महिला स्वयं सक्रिय हुनुपर्ने उल्लेख गर्दै महिलालाई हरेक क्षेत्रमा… पुरा पढौ

प्रतिक्रियावादीले जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयास गरेःअध्यक्ष दाहाल

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीले जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच भएको एकतापछि आज राजधानीमा आजोजित एकतासभामा अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले मुलुकमा चलिरहेको प्रतिक्रान्तिको षड्यन्त्रलाई परास्त गर्न कम्युनिष्ट शक्तिबीच एकता आवश्यक भएको समेत बताए । परिवर्तनका पक्षधर, क्रान्तिकारी र वामपन्थी शक्ति एकताबद्ध भएर अगाडि जाने गरी मोर्चाबन्दी हुँदै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताको बलिदानबाट प्राप्त उपलब्धि कुनै पनि हालतमा उल्टिन नदिइने… पुरा पढौ

पदमार्गले यात्रा अवधि छोटिदा यात्रुलाई सहज

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने पदमार्ग निर्माण भएको छ । बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको पैदलमार्ग निर्माण भएपछि यात्राअवधि छोटिएपछि यात्रुलाई पनि सहज भएको हो । दुई किलोमिटर उकालो र घुमाउरो बाटोबाट रिसिनचौतारी र बैसरी आवतजावत गर्न एक घण्टा लाग्छ । जङ्गलको बीचबाट ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाएपछि आधाभन्दा धेरै समय र दूरी घटेको स्थानीयवासी राजन केसीले बताए । उनका अनुसार पदमार्ग निर्माण भएपछि एक घण्टाको यात्राअवधि बीस मिनेटमा छोटिएको छ । चालीस मेगावाट क्षमताको… पुरा पढौ

क्रिसमस ‘डे’ का लागी सार्वजनिक बिदा

काठमाडौ । सरकारले क्रिसमस ‘डे’ का अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस ८ गते बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक गर्दै जानकारी दिएका हुन् । मन्त्री कार्कीका अनुसार मन्त्रिपरिषद्को सो बैठकले हुलाक वस्तुको महसुल दररेट तथा वैदेशिक द्रुत डाँक सेवा ९इएमएस० महसुल पुनरावलोकन गर्ने निर्णय गरेको छ । यस्तै जिल्लासभा, रूपन्देहीको जग्गा रोहिणी गाउँपालिकाका नाममा हक हस्तान्तरण गर्न… पुरा पढौ

कोरोनाबाट एकको मृत्यु, २ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने थप २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ८९६ जनाको पिसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पिसीआर विधिमार्फत् आठ लाख २६ हजार ९०१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म एन्टिजेन विधिबाट ९६ हजार ११५ जनाको कोरोना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ३४९ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको… पुरा पढौ

कास्कीमा सुन्तलाको कतै लहर कतै रहर

गण्डकी । दुई दशकअघिसम्म कास्कीका अधिकांश स्थानमा सुन्तला राम्रै फल्ने गर्दथ्यो । सुन्तलाकै कारण जिल्लाको भरतपोखरी, हंसपुर, दोपहरे फेदीपाटन जस्ता ठाउँ चर्चित थिए । पछिल्ला वर्षमा यहाँका भरतपोखरी, हंसपुर, पुरञ्चौरलगायतका ठाउँमा सुन्तला चाख्न पनि रहर बनेको छ । जिल्लाकै फेदीपाटन, दोपहरे, खच्र्याङ, मास्पाटनलगायतका स्थानमा भने पछिल्ला केही वर्षयता सुन्तलाको उत्पादन बढ्दै गएको छ । सिक्टस ग्रिनिङलगायतका भाइरसका कारण अधिकांश स्थानमा सुन्तला सखाव भए पनि पोखरा महानगरपालिका– २१ फेदीपाटनमा भने केही वर्षयता सुन्तलाको उत्पादन बढ्दै गएको यहाँका कृषक बताउँछन् । यस… पुरा पढौ

विपन्न परिवारका हुम्लावासीलाई न्यानो कपडा

हुम्ला । भौगोलिक विकटता साथै आर्थिक अवस्था निकै कमजोर रहेको कर्णाली प्रदेशका हुम्ला सिमिकोट गाउँपालिका–७ का डाँडा फया गाउँका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । अस्ट्रियाको फ्रिज्जी लाइट संस्थाको आर्थिक सहयोग र पोखरास्थित लामा राइजेन ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिको संयोजनमा न्यानो कपडा वितरण गरिएको हो । ठकुरी, क्षेत्री र दलित जातिको बाहुल्यता रहेको उक्त गाउँमा २ सय ५० घरधुरी रहेको स्थानीय संयोजनकर्ता समाजसेवी जङ्गसुर शाहीले जानकारी दिए । विपन्न एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता तथा दलित समुदायलाई हिउँदको… पुरा पढौ

बलेवाका ७४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

बागलुङ । बागलुङको बलेवा क्षेत्रका सबै विद्यालयका गरिब, जेहेन्दार र उत्कृष्ट ७४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । धौलागिरि छात्रवृत्ति अक्षयकोष प्रतिष्ठान, बलेवाले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको हो । बलेवाका माविबाट गत वर्षको एसइईमा उत्कृष्ट छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । पृथ्वी हीरण्य मावि अमलाचौरका १६, त्रिभुवन मावि पैयुपाटाका चार, जनमत मावि बास्कोट पैयुपाटाका चार, जनताधन मावि नारयणस्थानका चार र गणेश मावि नारायणस्थानका १२ छात्रछात्रालाई प्रतिविद्यार्थी रु एक हजार ५०० तथा सम्मानपत्र प्रदान गरिएको छ । अन्य… पुरा पढौ