समाचार

आत्महत्या रोकथामका लागि प्रतिबद्धता

दमाैली । तनहुँको देवघाट गाउँपालिका–५ का बासिन्दाले आत्महत्या रोकथामका लागि प्रतिबद्धता जनाएका छन् । इलाका प्रहरी कार्यालय देवघाटले बिहीबार आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले आत्महत्या रोकथाम र नियन्त्रणका लागि प्रतिबद्धता जनाएका हुन् । सो क्रममा ३०० भन्दा बढीले आत्महत्या रोकथामका लागि प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका छन् । स्थानीयवासीले ‘जीवनमा आइपर्ने हरेक कठिन परिस्थितिको सामना गर्नेछु तर आत्महत्या गर्ने छैन’, लेखिएको व्यानरमा हस्ताक्षर गरेका थिए । आत्महत्या समस्याको समाधान नभएको उनीहरुको भनाइ छ । पछिल्लो समय बढ्दै गइरहेको आत्महत्याको घटनालाई न्यूनीकरण गर्न… पुरा पढौ

रु. २०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. २०० ले घटेर रु. ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु. ९३ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९२ हजार ६०० कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला रु. ९२ हजार ८०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी… पुरा पढौ

ट्रकसँग स्कूटर ठोक्किदा कास्कीमा २ जनाको ज्यान गयो

कास्कीको ढिकुरपोखरीमा सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा बुधबार राति पौने १२ बजे सडकछेउमा रोकिराखेको ना ७ ख ९१२४ नम्बरको ट्रकमा ग २१ प ४४६० नम्बरको स्कुटर ठोक्किदा २ जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा स्कुटर चालक अन्नपूर्ण गाउँपालिका–१, नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र पछाडि सवार २८ वर्षीय सुनील केसीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। ट्रक चालकलाई… पुरा पढौ

देवघाट स्नानका लागि यातायात बन्द

नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनको सीमा क्षेत्रमा पर्ने देवघाटमा हरेक वर्ष आयोजना हुने माघे सक्रान्ति मेलालाई व्यवस्थित पारिने भएको छ। मेलालाई व्यवस्थित बनाउन ३ वटै जिल्लाका स्थानीयलाई समेटेर १५१ सदस्यीय माघे सक्रान्ति मेला मूल व्यवस्थापन समिति गठन गरेको हो। धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको देवघाटधाममा हरेक वर्षको माघे सक्रान्तिमा लाखौँ भक्तजन स्नानका लागि आउने गर्दछन्। स्नानका लागि आउने तीर्थयात्रीको सहजताका लागि यही पुस ३० गते बिहानैदेखि उक्त स्थानमा सवारीसाधन निषेध गरिएको छ। देवघाटको झोलुङ्गे पुल जीर्ण भइसकेकाले सो पुलमा… पुरा पढौ

बस्ती आसपास बाघ देखिएपछि दुम्कीबासका स्थानीयवासी त्रसित

बस्ती आसपासमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन्। दुम्कीबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले बिहीबार एक सूचना जारी गरेर स्थानीयवासीलाई सतर्क रहन अपिलसमेत गरेको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने यहाँ निकुञ्जबाट बाघ बस्ती आसपास आएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले बताए। दुम्कीबास, बघुवनसहित पूर्व–पश्चिम राजमार्गको अरुणखोला दुम्कीबास जंगल क्षेत्रमा समेत बाघ देखिएको स्थानीयवासीले बताएका छन्। गत महिनामात्रै विनयी त्रिवेणी गाउँपालिका–१ स्थित… पुरा पढौ

माओवादी केन्द्र स्थायी समितिको बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज (शुक्रबार) बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ। पार्टी अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न स्थायी समितिको बैठक बोलाइएको हो। माओवादी केन्द्रको पहिलो राष्ट्रिय सम्मेलनमा पुस ११ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ। सोही राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुनेछन्। बैठकमा प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यहरुले सुझाव दिनेछन्। उक्त सुझावलाई समेटेर अध्यक्षले प्रतिवेदनलाई पूर्णता दिने जनाइएको छ। माओवादी केन्द्रले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको… पुरा पढौ

कांग्रेस महाधिवेशन : सबै पदको मतगणना सम्पन्न

काठमाण्डौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सबै पदको मतगणना सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सबै पदको मतगणना सम्पन्न भएको हो । कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सबै पदको मतगणना सम्पन्न भएकाले आजै रातिसम्म सबै पदको नतिजा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । कांग्रेसले यसअघि पदाधिकारी, खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्य, प्रदेश पुरुष तथा महिला केन्द्रीय सदस्य, दलित महिला तथा पुरुष केन्द्रीय सदस्य, मुस्लिम, थारु, मधेसीलगायत… पुरा पढौ

विद्यालयमै बेहोस छात्रको मृत्यु

तनहुँ । विद्यालयमै बेहोस भएका तनहुँका एक विद्यार्थीको मृत्यु भएको छ । तनहुँको बन्दिपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालयमा आठ कक्षामा अध्ययनरत १८ वर्षीय सुजन घलेको आज मृत्यु भएको हो । मुटु दुख्यो भनेर बेहोस भएका उनलाई डुम्रेस्थित मोती मेडिकल हल पठाइएको र त्यहाँबाट दमौली अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको पवित्रा माध्यमिक विद्यालयका अध्यक्ष हेमराज लामिछानेले जानकारी दिए । विद्यालयमै बिरामी परेपछि तत्काल उनलाई मेडिकल लगिएको थियो । धादिङ घर भई भानु नगरपालिका–१३ आफन्तको घरमा बसेर पढिरहेका उनी मुटुको… पुरा पढौ

एमाले निकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा

पोखरा । नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन यही पुस ९ र १० गते पोखरामा हुने भएको छ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको संघका गण्डकी प्रदेश संयोजक दिलबहादुर थापामगरले जानकारी दिए । “सम्पूर्ण प्रगतिशील, देशभक्त र जनवादी मगरहरू एक हौं, न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्न अघि बढौं” भन्ने मूल नाराका साथ हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको उद्घाटन नेकपा (एमाले)का उपमहासचिव एवं गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम रहेको संयोजक… पुरा पढौ

हिसान स्पोर्टस मिट पोखरामा शुरु, मन्त्री गुरुङले गरे उद्घाटन

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १४ औं संस्करणको हिसान स्पोर्टस मिट शुरु भएको छ । “स्वास्थ्य, भातृत्व र प्रतिभाका लागि खेलकुद” भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको एक भव्य कार्यक्रमका विच गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले गरेका छन् । यहि पौष ८ गतेदेखि ११ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले प्रतियोगिताले यूवा खेलाडीको उत्पादनमा टेवा पुग्ने बताए । प्रदेशको… पुरा पढौ