समाचार

त्रिवेणी संगीतालयले अरुण सुनार जिताऔं अभियान थाल्ने

पोखरा । ग्यालेक्सी फोके टेलिभिजनद्धारा आयोजित वाल प्रतिभाको खोजी अभियानको रियालिटी शो सारेगमप लिल च्याम्प्समा उत्कृष्ठ सातमा पर्न सफल अरुण सुनारलाई विजयी गराउन अभियान थाल्ने वताएको छ । बिहिवार संगीतालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संगीतालयका प्रवन्धक तथा प्रशिक्षक नवराज वरालले त्रिवेणी संगीतालयका प्रशिक्षार्थी अरुण सुनार गण्डकी प्रदेश कै एकमात्र प्रतिष्प्रधि वाल कलाकार भएकाले आफ्नो संस्थाले उनलाई जिताउन अभियान थाल्ने वताएका हुन। सुनारकी आफन्त पुजा वि.क.ले पर्वत जिल्लामा जन्मेर पोखराबाट संगीतको भविष्य खोजिरहेका अरुण सुनार निर्णायक जुरी निर्णायक तथा दर्शक श्रोताहरुको… पुरा पढौ

विकासको नेतृत्व माओवादीले गर्छ : सभापति कोइराला

पोखरा । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विकासको नेतृत्व माओवादी केन्द्रले गर्ने बताएका छन् । पोखरा १६ अर्मलाकोटमा आयोजित बृहत्त भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै सभापति कोइरालाले सो कुरा बताएका हुन् । कोइरालाले अहिलेको राजनैतिक परिवर्तन माओवादीकै नेतृत्वमा भएको र अव विकासको परिवतन पनि माओवादीकै नेतृत्वमा मात्र सम्भव भएको दावी गरे । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुदा पहिलो भ्रमण चाइना गर्दे पोखरामा अन्तराष्ट्रिय विमानस्थलको लागि कुरा अगाडि बढाएको यस्तै मध्यपहाडी लोकमार्ग निर्माण अवधारण अगाडि सारेको नेपालमा पूर्व… पुरा पढौ

पोखरामा पाँचौ राष्ट्रिय तथा तेश्रो इन्डो नेपाल केन्पोकाई च्याम्पियनसिप हुने

पोखरा । नेपाल केन्पोकाई मार्शल आर्टको आयोजनामा पाँचौ राष्ट्रिय तथा तेश्रो इन्डो नेपाल केन्पोकाई च्याम्पियनसिप पोखरामा हुने भएको छ । जापानिज सामुराइ मार्शल आर्टको रुपमा परिचित उक्त प्रतियोगितामा यहि पुष १२ र १३ गते पोखरा रंगशालास्थित कभर्डहलमा आयोजना हुन लागेको हो । प्रतियोगितामा नेपाली १८० र भारतिय ७० गरी कुल २५० खेलाडीको सहभागिता हुने संघका अध्यक्ष प्रगत कायस्थले जानकारी दिएका छन् । विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ पछि पोखरामा आयोजना हुने उक्त प्रतियोगिता मार्शल आर्ट खेलको वृहत् प्रतियोगिता समेत… पुरा पढौ

जव किशोरीहरू एक भए तव हिंसाका घटनाहरु बाहिरिए

बर्दिया । किशोरीहरू जागृत भएपछि जिल्लामा महिला हिंसाका घटना सार्वजनिक हुन थालेको छ । बर्दियाको गुलरियामा आयोजित जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको बैठकमा यस्तो तथ्य सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले किशोरीहरू जागेकाले आफ्नो अधिकारका लागि धेरै घटना बाहिर आएको बताए । पहिलेका किशोरी हेपिएर बसेकाले हिंसाका घटनामा आवाज उठाउन सक्दैन थिए तर अहिले सबै सशक्त भएर उजुरी गर्न थालेकाले यस्ता घटना सार्वजनिक हुन थालेको उनको भनाई छ । साथी संस्थाको आयोजनामा… पुरा पढौ

रत्ननगर महोत्सवमा कृषि र माछा उत्पादनमा जोड दिइने

चितवन । पूर्वी चितवनको रत्ननगरमा यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुन लागेको ‘रत्ननगर महोत्सव’मा कृषि र माछा उत्पमादनमा जोड दिइने भएको छ । उद्योग वाणिज्य सङ्घ, रत्ननगरको आयोजनामा हुन लागेको उक्त महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइने लागिएको हो । प्रदर्शनीका बारेमा जानकारी दिने उद्देश्यले आज रत्ननगरमा आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक… पुरा पढौ

ठेकेदारको लापर्वाहीले सडक निर्माण अलपत्र हुदा स्थानीयवासीलाई सकस

म्याग्दी । जिम्मेवार व्यक्तिको लापर्वाहीका कारण विकास निर्माणका काममा कसरी अवरोध हुने गरेको छ भन्ने उदाहरण म्याग्दीमा देखिएको छ । जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र पारेर ठेकेदार भागेपछि सडकको काम रोकिएको हो । सडकको स्तरोन्नति र कालोपत्रका लागि ठेक्का सम्झौता भएर सम्पन्न हुनुपर्ने समयमा ठेकेदार कम्पनीको लापर्वाहीले पश्चिम म्याग्दीका बासिन्दाले वर्षौंदेखिको कच्ची सडकको सकसपूर्ण यात्रा गर्न बाध्य छन् । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको ६.८ किमी सडक निर्माणको जिम्मा लिएको बिरुवा–क्याराभान जेभीका एक… पुरा पढौ

पोखरामा भोलि सप्तरंग साँझ, तयारी पूरा

पोखरादेशका सातवटै प्रदेशमा आयोजना हुने गरी देश दौडाहा निस्केको ‘टिभिएस रेडर सप्तरंग–३’ को तयारी पूरा भएको छ । शुक्रबार साँझ पोखराको अमरसिंह मैदानमा हुने कार्यक्रममा आधा दर्जनभन्दा बढी ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिनेछन् ।नेपाल समुदाय प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा भइरहेको उक्त कार्यक्रमको तयारी पूरा भइसकेको आयोजक ग्रिष्मा ब्रोडकास्टिङले जनाएको छ । मंसिर २४ गतेदेखि देशका सातैवटा प्रदेशमा गर्ने गरी सुरु गरिएको यस कार्यक्रमको अन्त्य पोखरामा प्रस्तुति दिएसँगै सकिने ग्रिष्मा ब्रोडकास्टिङ प्रमुख गृहेन्द्र घिमिरेले जानकारी दिए ।सप्तरंगमा अभिनेता राजेश हमाल, गायक रामकृष्ण… पुरा पढौ

सहकारीले बजार नियन्त्रण गर्न सक्नुपर्छः मन्त्री बराल

पोखरा ८, पुष गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले सहकारीले बजार नियन्त्रण गर्न सक्नुपर्ने बताएका छन् । पोखरा २३ स्थित औसेलुचौरमा रहेको पञ्चकोषी कृषि सहकारी संस्थाको विहिबार सम्पन्न भएको आठौं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले सहकारीले बजारलाई सन्तुलन कायम गर्दै नियन्त्रण गर्न सक्नुपर्ने बताएका हुन् । मन मिल्नेहरुको सहकार्य गर्ने उद्धेश्यले स्थापन भएका सहकारीहरुले जनताको आवश्यकता हुने बस्तु तथा सेवा उत्पादन गर्न सके बजारमा हुने मुल्यश्रृखलालाई सहकारीले नियन्त्रण गर्न सक्ने मन्त्री बरालको भनाई थियो । स्थानियको… पुरा पढौ

जन कविकेशरी धर्मराज थापाको घरमा भोलि साहित्यिक बहस हुने

पोखरा, पुस ८ जन कविकेशरी धर्मराज थापाको जन्म घरमा ‘लोकसंस्कृति र लोक जीवन’ बारेमा बहस हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र जन कविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको आयोजनामा यहि पुस ९ र १० गते पोखरामा बहस हुन लागेको हो । बहस जन कविकेशरी धर्मराज थापाको जन्मथलो पोखरा महानगरपालिका वडा नम्बर–१६ बाटुलेचौरमा हुने आयोजकले जनाएको छ । बहसमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ प्रमुख वक्ताका रुपमा रहनेछन् । उनले पोखराको कुण्डली इतिवृतान्त सुनाउने अध्यक्ष प्रतिष्ठानका अध्यक्ष एवम् जन कविकेशरीका… पुरा पढौ

माओवादी राष्ट्रिय सम्मेलनःगण्डकी प्रदेशबाट ७४ प्रतिनिधिको सहभागिता रहने

काठमाडौ । नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा गण्डकी प्रदेशबाट करिब ७४ प्रतिनीधि गरि कुल एक हजार ५०० प्रतिनिधिको सहभागिता रहने भएको छ । आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार ५३३ प्रतिनिधिको सहभागिता हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन् । सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिष्ट १२५, आयोग ७५, केन्द्रीय विभाग १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधि ८०३ गरी कूल एक हजार ४६० को सहभागिता रहनेछ । यसबाहेक जनयुद्धका घाइते, अपाङ्गता भएका… पुरा पढौ