समाचार

शहीद स्मारक ‘ए’ डिभिजन लिग:एपिएफको पहिलो जित

काठमाडौ । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय टोली एपिएफ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो । यो जितसँगै एपिएफ पाँच खेलमा चार अङ्क जोड्दै लिगको ११औँ स्थानमा उक्लेको छ । एपिएफको जितमा आशिष लामाले दुई गोल गरे भने बिक्की तामाङले एक गोल गरे । पराजित फ्रेन्ड्सका लागि भने प्रिजेन तामाङले एक… पुरा पढौ

पहिरोमा स्काभेटरसहित पुरिदा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा सोमबार पहिराले चालकसहित स्काभेटर पुरिदा स्काभेटर चालकको मृत्यु भएको छ । तुदी पावर कम्पनीद्वारा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको सडक निर्माणका क्रममा पहिरोमा पुरिएर चालक रघुगङ्गा–२ का अन्दाजी २७ वर्षका भीमबहादुर खत्रीको मृत्यु भएको हो । प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार सडक खनिरहेको अवस्थामा एक्कासि पहिरो खसेर उनि पुरिएका थिए । यसैगरी धवलागिरि गाउँपालिका–७ ताकमका अन्दाजी ७७ वर्षका गोरे थापा मृत भेटिएका छन् । ताकमको रत्नेगैरामा आइतबार साँझ मृत भेटिएका थापाको… पुरा पढौ

सोमबारको शेयर बजार दोहोरो अङ्कले ओरालियो

काठमाण्डौ – पछिल्लो समय लगातार घटिरहेको शेयर बजार आज सोमवार पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेप्से आज १७ दशमलव ९३ अङ्कले घटेर दुई हजार तीन सय ५८ दशमलव ८१ विन्दुमा झरेको छ । आज उत्पादन र माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । आज ५४ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ४६ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै… पुरा पढौ

सप्तरंग साँझ पुस ९ गते पोखरा अमरसिंहमा हुने

पोखरादेशका सातवटै प्रदेशमा आयोजना हुने गरी देश दौडाहा निस्केको ‘टिभिएस रेडर सप्तरंग–३’ पुस ९ गते पोखरामा हुने भएको छ । पोखराको अमरसिंह मैदानमा हुने उक्त कार्यक्रममा देशका आधा दर्जनभन्दा बढी ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिनेछन् ।नेपाल समुदाय प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा भइरहेको उक्त कार्यक्रमको तयारी पूरा भइसकेको स्थानीय आयोजक बार्दली मिडियाले जनाएको छ । ‘सातै प्रदेशलाई सँगै जोड्ने गरी कार्यक्रम गरिरहेका छौं । तेस्रो संस्करणसम्म यसलाई सांगीतिक उत्सवकै रुपमा उभ्याउन सफल भएका छौं,’ बार्दलीका निर्देशक मन क्षेत्रीले भने । उनका अनुसार… पुरा पढौ

उच्च शिक्षामा आर्थिक हैसियत भएकाको मात्रै पहुँच हुनुहुँदैनःप्रम देउवा

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यतामा सरकार दृढ रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्जना राष्ट्र तथा समाजका लागि उपयोग गर्नसक्ने वातावरण निर्माण गर्नु मुलुकको राष्ट्रिय दायित्व रहेको स्पष्ट पारेका हुन् । प्रधानमन्त्री देउवाले विश्वविद्यालयको शिक्षा केवल औपचारिक तथा सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनोपयोगी र समाज विकास एवं रुपान्तरणमा सहयोगी बन्नुपर्नेमा जोड दिए… पुरा पढौ

१४ औं हिसान स्पोर्टस् मिटको तयारी पुरा

पोखरा पोखरामा हुने १४ औं संस्करणको हिसान स्पोर्टस मिटको सम्पूर्ण तयारी पुरा भएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले जनाएको छ । “स्वास्थ्य, भातृत्व र प्रतिभाका लागि खेलकुद” भन्ने नाराका साथ यहि पौष ८ गतेदेखि ११ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको हो । १४ औं संस्करणको स्पोर्टस मिटमा भलिबल, टेबल टेनिस, ब्याडमिन्टन र बास्केटबलका गरी ४ इभेन्टमा ३ हजार विद्यार्थीहरुले सहभागिता जनाउने भएका छन् । हिसान कास्कीका अध्यक्ष याम बहादुर रोकाले जानकारी दिंदै १४ औं संस्करणमा… पुरा पढौ

महानगर वडास्तरीय व्याडमिन्टन शुरु

पोखरा, पुस ५ सोमबारदेखि पोखरा रंगशालास्थित व्याडमिन्टन कभर्ड हलमा महानगर वडास्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शुरु भएको प्रतियोगिताको डबल्स तर्फको उदघाटन खेलमा वडा नं १४ का मनु कार्की र सन्तोष मिश्रको जोडीले वडा नं १६ का भीम छन्त्याल र मीन गुरुङको जोडीलाई २२–२०, २१–१६ को सेटमा पराजित गरे । पुरुष डबल्स तर्फकै प्रतिस्पर्धामा वडा नं १५ का विशान गुरुङ र रोज रानाको जोडीले देव थापा र कुमार गुरुङ(२९)लाई २१–१६, २१–११ को सेटमा… पुरा पढौ

वैदेशिक रोजगारीको अवस्था बुझ्दै स्थानीय तह

बागलुङ । वैदेशिक रोजगारी, वैदेशिक अध्ययन, रोजगारीका समस्या, पुनःस्थापना र समस्याका विषयमा जानकारी राख्नका लागि बागलुङका दुई पालिकाले लगत सङ्कलन थालेका छन् । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले वैदेशिक रोजगारमा रहेका नागरिक र उनीहरुको परिवारको तथ्याङ्क तथा अवस्था पहिचानका लागि वैदेशिक रोजगारसम्बन्धी पाश्र्वचित्र निर्माण गर्न सुरु गरेका हुन् । सङ्कलन गरेको तथ्याङ्क प्रोफाइलका रुपमा राखिने र आगामी नीति तथा कार्यक्रम बनाउँदा त्यसैका आधारमा तयार गरिने बागलुङका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए । प्रोफाइलले सुरक्षित प्रवासन नीति र पुनः एकीकरणको… पुरा पढौ

त्रिभुवन विश्वविद्यालयले विश्व बजारमा बिक्ने शिक्षा दिनुपर्छःशिक्षामन्त्री पौड्याल

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो की भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री पौडेलले आज त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमा सो कुरा बताएका हुन् । विश्व परिवेशमा विकसित ज्ञानलाई मुलुकमा भित्र्याएर देश विकासमा लगाउनुपर्नेमा हामीसँग भएका दक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता रहेकोप्रति चिन्ता प्रकट गरे । मन्त्री पौडेलले भने,“कतै हाम्रा विश्वविद्यालयका शैक्षिक कार्यक्रम, विषयवस्तु हाम्रो जीवनका आवश्यकतासँग मेल खाने हुन सकेनन्… पुरा पढौ

महानगरपालिकाद्धारा चार वर्षमा नौ वडाका कार्यालय भवन निर्माण

कास्की । पोखरा महानगरपालिकाले चार वर्षमा नौ वटा वडा कार्यालयका भवन बनाएको छ । गएको स्थानीय तह निर्वाचनपछि महानगरका ३३ वडामध्ये भवन नभएकामा नयाँ भवन निर्माण तथा अन्यको स्तरोन्नति गरिएको महानगरले जनाएको हो। वडा भवन निर्माणलाई प्राथमिकतामा राखेको महानगरले निर्माण गरेका भवन सुविधासम्पन्न र आधुनिक रहेका छन् । केहीमा विद्युतीय भ¥याङ राखिएको छ । अपाङ्गतामैत्रीसमेत छन् । भवनभित्रै पार्किङको सुविधा छ ।हालसम्म वडा नं २, ७, ११, १२, १६, १९, २२, ३० र ३२ मा नयाँ भवन निर्माण गरिएको महानगरका… पुरा पढौ