समाचार

बेनी–जोमसोम सडक स्तरोन्नतिको काम ६५ प्रतिशत सम्पन्न

गण्डकी । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्डको स्तरोन्नति र कालोपत्र गर्ने काम ६५ प्रतिशत सम्पन्न भएको छ । ११ मिटर फराकिलो सडकमा बर्खाको समयमासमेत नियमित यातायातका साधन सञ्चालन हुनेगरी जोमसोम–कोरला खण्डको ८५ प्रतिशत र बेनी–जोमसोम सडक खण्डको ६५ प्रतिशत काम सम्पन्न भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बेनी–जोमसोम–कोरला सडकखण्डमा बेलिब्रिज विस्थापित गरी धमाधम पक्की पुल निर्माण गरिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने उक्त सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातका साधन… पुरा पढौ

बेपत्ता महिलाको शव पोखरीमा फेला

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ३ बरदाहा गाउँ बस्ने एक महिला चार दिनदेखि हराइरहेकामा सोमबार साँझ पोखरीमा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय फजेल राईनकी पत्नी २२ वर्षीया रुक्साना खातुन गत शुक्रबारदेखि घरबाट हराएकी थिइन् । उनी घरबाट हराएपछि परिवारले प्रहरी चौकीमा गरेपछि उनको खोजी भइरहेकोे थियो । शव घर नजिकैको पोखरीमा तैरिइरहेको अवस्थामा फेला पारिएको हो । पानीमा चार दिनसम्म ढाडिएकाले शवको घाउखत स्पष्ट नदेखिएको र शङ्कास्पद मृत्यु भन्दै… पुरा पढौ

खेलकूद क्षेत्रको विकासमा सरकारले गम्भिर छः प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकूद क्षेत्रको विकास र विस्तारमा सरकार गम्भिर रहेकोले सक्दो सहयोग गर्ने बताएका छन् । माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा सम्मान गर्दै उनले खेलाडीको हौसला प्रदान गर्नको लागि आगामी दिनमा पनि पदक विजेता खेलाडीलाई सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोलीका सदस्यलाई नगदसहित सम्मान गरेका छन्। गत… पुरा पढौ

प्रतिनिधिसभा बैठकबाट दुई अध्यादेश स्वीकृत

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ । बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ लाई बहुमतले स्वीकृत गरेको हो । उक्त दुवै अध्यादेशलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त दुवै अध्यादेशलाई पारित गर्नु पूर्व बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिनुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधि सभाको… पुरा पढौ

निर्माणाधीन कोल्डस्टोर अलपत्र

पर्वत । पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन कोल्डस्टोर विगत साढे चार वर्षदेखि अलपत्र बनेको छ । आर्थिक वर्ष २०७३÷७४ मा रु पाँच करोड लागतमा निर्माण सुरु भएको कोल्डस्टोरले पूर्णता पाउन नसकेको हो । बेसिजनमा सुन्तला र आलुलगायत फलफूल र तरकारी बजारमा पठाउने गरी रु पाँच करोडलागत अनुमान गरी कोल्डस्टोर निर्माणको अवधारणा ल्याइएको थियो । दुई तलाको कोल्डस्टोर निर्माण योजना तिनै तहका सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको हो । स्थानीय खेमबहादुर र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको कोल्डस्टोर एक… पुरा पढौ

पार्टीको पाठ्यक्रम तयार गर्दै माओवादी केन्द्र

काठमाडौ । नेकपा (माओवादी केन्द्र)ले तीन तहको पाठ्यक्रम तयार गरी सोहीअुनसार उच्च तहको कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ । पार्टी स्कूल विभागको बैठकले आधारभूत, माध्यमिक र उच्च तहको पाठ्यक्रम निर्माण गर्ने र सोहीअनुरूप पाठ्यसामग्री तयार पार्ने निर्णय गरेको हो । बैठकले केन्द्रका तर्फबाट उच्च तहका कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने, प्रदेश र पालिका स्तरमा माध्यमिक र आधारभूत तहका कक्षाहरू सञ्चालन गर्ने निर्णय गरेको स्कूल विभागका सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिए । वडा तहमा स्वअध्ययनको संस्कृति विकास… पुरा पढौ

फिलिपिन्सको आँधीमा ज्यान गुमाउनेको संख्या ३७५ पुग्यो

फिलिपिन्समा हालै आएको आँधीका कारण ज्यान गुमाउनेको संख्या बढ्ने क्रम जारी छ । स्थानीय प्रहरीका अनुसार आँधीका कारण अहिलेसम्म कम्तीमा ३ सय ७५ जनाको मृत्यु पुष्टि भएको छ। गएको बिहीबार आएको सुपर टाइफुन राईका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। राई आँधीका कारण करिब १ सय ९५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो। आँधीका कारण कम्तीमा ५ सय जना घाइते भएका छन् । अझै ५६ जना बेपत्ता रहेको स्थानीय प्रहरीले जनाएको छ।… पुरा पढौ

सभामुख सापकोटाले बोलाए कार्य व्यवस्था परामर्श समितिको बैठक

सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। संसद् संचालनका लागि आवश्यक छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। समितिको बैठक बिहान साँढे ११ बजे संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने बताइएको छ। सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद् अवरोध जारी राखेको छ। सरकारले संसद् सुचारु गर्नका लागि सर्वदलीय बैठक बोलाएपनि एमाले सहभागी भएको छैन। पुरा पढौ

काँग्रेस महाधिवेशन: केन्द्रीय सदस्य (महिला खुला)को मतपरिणाम सार्वजनिक

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा गत मंसीर २७ गते भएको निर्वाचन अन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) तर्फको ९ सिटको मतपरिणाम सार्वजनिक गरिएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार डा डिला संग्रौला (पन्त) २,८८५, पुष्पा भुसाल २,७१८, डा आरजु राणा देउवा २,५३६, अम्बिका बस्नेत २,३३९, ईश्वरी न्यौपाने २,२५९ मतका साथ निर्वाचित भएका छन्। यसैगरी, सरिता प्रसाईं २,०९६, रमा कोइराला पौडेल १,८५८, शुसीला ढकाल आचार्य १,८०४ तथा रङ्गमती शाही १,७८९ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। पार्टीको… पुरा पढौ

माओवादी वागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित

माओवादी केन्द्र वागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन्। पौडेलले १६२ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी दिनानाथ गौतमले ८६ मत ल्याए। उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेमबहादुर पुलामी निर्वाचित भएका छन्। सचिवमा इन्द्रबहादुर थिङ (छिन्ताङ)ले १४९ मत प्राप्त गरी विजयी बने। सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन्। कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएकी छिन्। पुरा पढौ