समाचार

स्वास्थ्य क्षेत्रमा बजेट कमी हुन दिदैनौं:मुख्यमन्त्री भट्ट

दिपायल । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आम नागरिकको ज्यान बचाउनका लागि स्वास्थ्य क्षेत्रमा चाहिने बजेटमा कमि हुन नदिइने बताएका छन् । दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सेती सभाहलमा स्थापना गरिएको प्रादेशिक बायोमेडिकलको आज उद्घाटनका क्रममा उनले नागरिकलाई घरैमा उपचार मिल्ने गरी स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको बताए । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले राजपुरमा उक्त बायोमेडिकलको स्थापना गरेको हो । सङ्घीय राजधानी बाहिर स्थापना भएको यो बायोमेडिकल पहिलो भएको बताइएको छ । उक्त मेडिकल स्थापनापछि यहाँका लाखौं… पुरा पढौ

नेकपा माओवादी केन्द्र प्रदेश २ को बन्दसत्र सकियो

सर्लाही । जिल्लालाई नै सदस्य छान्ने जिम्मा दिँदै नेकपा (माओवादी) केन्द्र प्रदेश नं २ को बन्दसत्र सकिएको छ । सर्लाहीको लालबन्दीमा सम्पन्न प्रदेश अधिवेशनको बन्दसत्रले २७१ सदस्यीय प्रदेश समिति बनाउने र राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ । बन्दसत्रले जिल्लालाई जिल्लामा भएका सक्रिय सदस्यबाट आरक्षण कोटाअनुसार प्रदेश सदस्य तथा राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट गरेर प्रदेश आयोजक समितिमा यही पुस २० गतेसम्म पेश गर्ने जिम्मा दिइएको माओवादी केन्द्र प्रदेश नं २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।… पुरा पढौ

एघारौं पोखरा महोत्सव २०७८ को तयारी तिव्र

पोखरा ५ पुस ।एघारौ संस्करणको पोखरा महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सव आयोजक युनाईटेड क्लवले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुसको २८ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र परिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा वोल्दै पोखरा महोत्सव मुल आयोजक समारोहका संयोजक तथा युनाईटेड क्लव पोखराका अध्यक्ष राजु श्रेष्ठले एघारौ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढाइएको वताए । अध्यक्ष श्रेष्ठका अनुुसार १२ दिन सम्म आयोजना हुने… पुरा पढौ

कांग्रेसका दुई भ्रातृ संस्था नेतृत्वविहीन

काठमाडौ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल नेतृत्वविहीन बन्न पुगेको छ । पार्टीको भर्खरै सम्पन्न १४औँ महाधिवेशनमा नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गाना र तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत केन्द्रीय सदस्य पदमा निर्वाचित भएसँगै पार्टीका दुई भ्रातृ संस्था नेतृत्व विहीन बन्न पुगेका हुन् । विस २०७३ कात्तिक ३० सम्पन्न तरुण दलको पोखरा अधिवेशनबाट अध्यक्ष बन्नुभएका बस्नेत र विसं २०७६ माघ १६ गते १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि बनेको तदर्थ समितिका अध्यक्ष ढुङ्गाना ९खुलातर्फ० केन्द्रीय सदस्य… पुरा पढौ

एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित

काठमाडौ । नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । बैठक सुरु हुने वित्तिकै एमालेका सांसद देवेन्द्र दाहालले आफूहरुको माग सम्बोधन नभएकाले राष्ट्रियसभाको बैठक अगाडि बढ्न नसक्ने बताए । उहाँले १०औँ बैठकदेखि नै आफूहरुले उठाएको माग सम्बोधन हुन नसकेका कारण आफूहरुले सहज रुपमा बैठक अगाडि बढाउन नदिने बताए । प्रतिनिधिसभाका सभामुखले आफूहरुले कारबाही गरेका सांसदका सम्बन्धमा कुनै पनि निर्णय नगरेका कारण बैठक अगाडि बढ्नुको अर्थ नभएको तर्क उनले बताए । एमालेलेका सांसदले… पुरा पढौ

महारानीथानमा सडक बिस्तार र कालोपत्रे

म्याग्दी । बेनी नगरपालिका–७ स्थित बेनी–अथुङ्गे सडकको महारानी थान खण्डको सडक विस्तार र कालोपत्रे भएको छ । सडक बोर्ड र बेनी नगरपालिकाको लागत साझेदारीमा कमलजैसी मन्दिरदेखि महारानी थान नजिकैको पहिरासम्मको सडक बिस्तार गरेर कालोपत्रे गरिएको हो । सडक बिस्तार र कालोपत्रे भएसँगै साघुरो र जीर्ण सडकमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । साँघुरो ठाउँमा सडक बिस्तार गरेर नाली, पर्खाल निर्माण र कालोपत्रे गरिएको बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताए । तीन सय मिटर आरसिसी नाली बनाएर एक हजार दुई… पुरा पढौ

पुस २७ गते दोस्रो ऋषिङ अल्ट्रा म्याराथान हुदै

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा दोस्रो ऋषिङ अल्ट्रा म्याराथन म्याराथन प्रतियोगिता हुने भएको छ । पर्यटन प्रबद्र्धनका लागि गाउँपालिकाको आयोजनामा यही पुस २७ गते अल्ट्रा म्याराथन हुन लागेको हो । गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसारका लागि प्रतियोगिता गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले खेलकुदका गतिविधिलाई प्राथमिकतामा राखेको जनाउँदै केही समय अगाडी मात्रै पालिकास्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको उनले बताए । गाउँपालिकाले पुस २७ गते खुल्ला म्याराथन, स्थानीय म्याराथन र महिला म्याराथन प्रतियोगिता एकैसाथ आयोजना गर्दैछ… पुरा पढौ

पर्वत अस्पताललाई दुई करोडका उपकरण हस्तान्तरण

पर्वत । जिल्ला अस्पतालमा रु दुई करोड बराबरका स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रियअन्तरर्गत पर्वत जिल्लामा क्रियाशील आठ लायन्स क्लब र लियो क्लबको समन्वय र साझेदारीमा लायन्स क्लब अन्तर्राष्ट्रिय–एलआइसिीएफ) कोषको विशेष आर्थिक सहयोगमा उपकरण हस्तान्तरण गरिएको हो । लायन्स क्लबको तर्फबाट नेपालमा सबैभन्दा ठूलो सहयोग सो अस्पताललाई गरिएको छ । सांसद पदम गिरी र कुश्मा नगरपालिकाले पनि आर्थिक सहयोग गरेको बताइएको छ । जिल्ला अस्पतालमा आइतबार आयोजित एक कार्यक्रमका उक्त सामग्री हस्तान्तरण गरिएको हो । लायन्स क्लबको… पुरा पढौ

‘वीरेन्द्र ऐश्वर्य पार्क (उद्यान)’लाई पुनः व्यवस्थित बनाइने

बागलुङ । बागलुङमा ‘वीरेन्द्र ऐश्वर्य पार्क (उद्यान)’का नाउँमा चिनिएको समीक्षालयलाई व्यवस्थित बनाइने भएको छ । झण्डै १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको उद्यान अब व्यवस्थापन गरेर नयाँ बनाउन लागिएको हो । नगरपालिकाले सो उद्यानलाई व्यवस्थित बनाएर नगरभित्रको आर्कषक गन्तव्य बनाउन लागेको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । यसका लागि नगरपालिकाले डीपीआर बनाइसकेको छ । चालु आर्थिक वर्षभित्रै काम सक्ने लक्ष्य राखिएको छ । २०६२÷०६३ सालको जनआन्दोलनमा उद्यानमा रहेका तत्कालीन राजा तथा रानीको मूर्ति ढालेपछि यो उद्यान बेथितिका रुपमा रहेको थियो । सरसफाइ… पुरा पढौ

६५ घरमा ‘एक घर एक धारा’

गलकोट । खानेपानीको समस्या भएको बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको साँयकोट क्षेत्रमा गत वर्ष नै ६५ घरमा खानेपानीका घारा जडान भइसकेका छन् । अहिले अर्को समस्या ग्रस्त क्षेत्र आलबारी, बाँसकोट, लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा खानेपानीको धारा निर्माण भएर पानी पुर्‍याएको छ । अव्यवस्थित सामुदायिक खानेपानीको धारा रहेको उक्त क्षेत्रमा मुस्किलले दिनमा दुई घण्टा मात्रै पानी आउनेमा अहिले घरमै मिटर सहितको धारा जडान भएको सिगानाका स्थानीय कोपिला… पुरा पढौ