समाचार

काँग्रेसको सह–महामन्त्रीमा भीष्मराज, डिना र जीवन निर्वाचित

नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत भीष्मराज आङ्देम्बे, डिना (महालक्ष्मी) उपाध्याय र जीवन परियार विजयी बनेका छन्। काँग्रेसको महाधिवेशन केन्द्रीय निर्वाचन समितिले आदिवासी, महिला र दलित जनजाति क्लस्टरको नतिजा सार्वजनिक गरेसँगै आङदेम्बे, उपाध्याय र परियार बिजयी बनेका हुन्। नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत आदिवासी जनजातितर्फको सह–महामन्त्री पदमा भीष्मराज आङदेम्बे निर्वाचित भएका छन्। आङदेम्बेले २ हजार ७ सय ११ मत ल्याएर सह–महामन्त्री पदमा विजयी बनेका हुन्। उनका प्रत्यासी विकास लामाले १ हजार ९ सय १३ मत ल्याए। त्यस्तै, सह–महामन्त्री महिला… पुरा पढौ

कांग्रेस महिला सहमहामन्त्रीमा उपाध्याय निर्वाचित

काठमाण्डौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा महिला तर्फ महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छन् । बिहीबार सम्पन्न मतगणनामा उपाध्याय २ हजार ५३३ मतका साथ निर्वाचति भएको निर्वाचन समितिले जनाएको छ । उनकी प्रतिद्वन्दी कमला पन्तले २ हजार १०५ मत ल्याइन् । उनले पन्तलाई ४२८ मतान्तरले पराजित गर्दै उपाध्याय महिला सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । उपाध्याय देउवा पक्षबाट उम्मेदवारी दिएकी थिइन । पुरा पढौ

१७ लाख पाकिस्तानी बालबालिका पाँच बर्ष नपुग्दै कुपोषणका कारण मृत्यु

कुपोषणका कारण पाकिस्तानमा १७ लाख सात हजारभन्दा बढी बालबालिकाको पाँच बर्षभन्दाअघि मृत्यु हुनेगरेको पाकिस्तानी खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री सैयद फखर इमामले बताएका छन् । पाकिस्तानमा सूक्ष्म पोषक तत्वहरूको कमी व्याप्त छ र यसले बालबालिकाको रोग प्रतिरोध क्षमता, वृद्धि र मानसिक विकासमा गहिरो असर पार्ने गरेको प्रभात नामक पाकिस्तानी पत्रिकाले इमामलार्ई उद्धृत गरी उल्लेख गरेको छ । मन्त्री इमामले पाकिस्तानमा ५० लाखभन्दा बढी मानिसहरूले हाम्रो स्वास्थ्यको लागि महत्वपूर्ण सूक्ष्म पोषक तत्व जिंकको अपर्याप्तता हुने गरेको स्वीकार गरे । बुधबार ‘जिङ्क… पुरा पढौ

स्याङ्जाको आँधीखोलामा एक लाख माछाका भुरा छोडियो

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाद्वारा पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा एक लाख माछाका भुरा छोडिएको छ । गाउँपालिकाले स्याङ्जा स्थित कालीगण्डकी माछा प्रजनन केन्द्रबाट ३७ पोका भुरा ल्याएर आँधीखोलाको विभिन्न १० ठाउँमा छोडेको हो । माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ ।करेन्ट र विषादी प्रयोगको कारणले परम्परागत र स्थानीय जातका माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए । “नदी, ताल… पुरा पढौ

गरिब देशलाई ९३ अर्ब डलर सहयोगको घोषणा

विश्व बैंकले कम आय भएका देशहरूलाई कोभिड–१९ बाट सिर्जित सङ्कटको सामना गर्दै हरित, अझ लचिलो र समावेशी भविष्य निर्माणका लागि ९३ अर्ब डलरको पुनःपूर्ति ‘प्याकेज’ घोषणा गरेको छ । अन्तर्राष्ट्रिय विकास सङ्घबाट प्रवाह हुने उक्त सहायता ‘प्याकेज’ सङ्घको ६१ वर्षको इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो हो । जापानले ‘भर्चुअल’ रूपमा आयोजना गरेको दुई दिने बैठकमा बुधबार उक्त सहमति भएको विश्व बैंकले आज जनाएको छ । विश्वका ७४ गरिब देशमा प्रवाह गरिने उक्त सहायता रकमको ७० प्रतिशत अफ्रिकी मुलुकहरूलाई उपलब्ध गराइनेछ ।… पुरा पढौ

गण्डकीमा २६ कोरोना सङ्क्रमण मुक्त

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २६ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा १५ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थपिनेमा नवलपरासी बर्दाघाट सुस्ता पूर्वका सात, कास्कीका चार, तनहुँका दुई, म्याग्दी र लमजुङका एक/एक रहेको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिए । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० जना रहेको र होम आइसोलेशनमा १८३ जना रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म कुल तीन लाख ५४… पुरा पढौ

रक्षामन्त्री डा रिजालद्वारा राजिनामा

काठमाण्डौं । रक्षामन्त्री डा मीनेन्द्र रिजालले आफ्नो पदबाट राजिनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट गरी मन्त्री रिजालले राजिनामा पेश गरेका हुन् । राजिनामा बुझाएपछि उनले अहिले रक्षामन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरे । यसअघि उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै रक्षामन्त्रीबाट राजिनामा दिने घोषणा गरेका हुन् । “नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरुपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजिनामा दिने निर्णय लिएको छु अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजिनामा… पुरा पढौ

बदलिएको र बलियो कांग्रेस बनाउने आकांक्षाको जित : नवनिर्वाचित महामन्त्री

काठमाण्डौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले पार्टीलाई विधिसङ्गत ढङ्गले सुदृढ बनाएर लैजाने बताए । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा विजय भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै आज उनले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने र जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने बताए । उनले भने, “महाधिवेशनमा मलाई महामन्त्री पदको जिम्मेवारी दिलाउने महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन चाहन्छु । यो विश्वास र जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्नेछु ।” परिवर्तनका सम्वाहक युवाको भरोसाको पार्टी बनाउन आफू लागिपर्ने उल्लेख गर्दै उनले महामन्त्रीमा निर्वाचित… पुरा पढौ

नेप्से परिसूचक उच्च अङ्कको गिरावट

काठमाण्डौं । कारोबार हुने साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन ३७.८७ अङ्कले घटेर दुई हजार ३७६.७४मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.८३ अङ्कले ओरालो लागेर ४५३.५३ मा पुगेको छ । कूल २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर रु दुई अर्ब ३० करोड १७ लाख ५१ हजार ९६८… पुरा पढौ

चिसो छल्न हिमाली क्षेत्रबाट तराई ओरालिदै

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्न थालेपछि त्यहाँका नागरिक चिसो छल्न तराई झर्न थालेका छन् । हुम्लामा मङ्सिर दोस्रो हप्तादेखि हिमपात भएपछि चिसो अत्यधिक बढेपछि उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरिक नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत शहरमा बसाई सर्न थालेका हुन् । मङ्सिरको मध्यान्नमै हिमपात भएसँगै तापक्रम माइनस डिग्रीमा झरेपछि दैनिक नेपालगञ्ज र काठमाडौँ बाहिरिनेको घुइँचो लाग्ने गरेको सिमकोट विमानस्थल स्रोतले जनाएको छ । दसँैँ अगावैदेखि व्यस्त रहेको एकमात्रै सिमकोट विमानस्थल यतिखेर पनि व्यस्त देखिएको छ । चिसो… पुरा पढौ