समाचार

चार क्रिकेटरले भने : कारवाही गर्ने क्यानको निर्णयमाथि पुर्नबिचार होस्

नेपाली क्रिकेट टिमका चार सदस्यले आफूहरुमाथि कारबाही गर्ने क्यानको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । नेपाल क्रिकेट बोर्ड (क्यान)ले कारवाही गर्ने निर्णय गरेको २ दिनपछि उनीहरुले शुक्रबार अपराह्न संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरुमाथि क्यानले लगाएको निर्णय पुर्नबिचार गर्न आग्रह गरेका हुन् । पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टिमका निलम्वित खेलाडी तथा निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले क्यानलाई अभिभावकीय भूमिका खेल्न आग्रह गरे । निलम्वित चार खेलाडीले क्रिकेट खेलबाटै भविश्य खोजिरहेका आफू… पुरा पढौ

सदाशिव शिद्धेश्वर हरिहर मन्दिरमा तयार हुँदै बिभिन्न पूर्वाधार

२ पुस (रासस) पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित दुई शताव्दी पुरानो सदाशिव शिद्धेश्वर हरिहर मन्दिर परिसरमा बिभिन्न पूर्वाधार निर्माणलाई अघि बढाइएको छ ।पोखराको इतिहासको साक्षि मन्दिरलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य वनाउने सोचका साथ सदाशिव हरिहर मनिदर व्यवस्थापन समितिको सकृयतामा १०८ गौमुखे धारा, शिवलिङ्ग लगायतका संरचना निर्माण गर्न लागिएको हो ।एक सय आठ गौमुखे धाराबाट पवित सेतीनदीको पानी निरन्तर झरि रहनुका साथै १०८ शिबलिङ्ग, मुख्य र सहायक प्रवेशद्धार, विवाह तथा पितृउद्धार मण्डप निर्माणका लागि अहिलेसम्म २१ लाख ३७ हजार १९५… पुरा पढौ

पर्यटकको पर्खाइमा शङ्ख बज्ने पहरा

बागलुङ । अक्करे भिरको सिरानमा पहरा छ । गाउँमा त्यसलाई शङ्खे पहरा भन्छन् । पितापुर्खाले दिएको नाम हो, त्यो । जैमिनी नगरपालिका–५ बिनामारे, रिठेडाँडाछेउको शङ्खे पहरा अघिल्लो हिउँदसम्म यसै गुमनाम थियो । जब रिठेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय कस्सिए, त्यो लुकेको पहरा पनि दृश्यमा आयो । रिठेडाँडा पर्यटन पूर्वाधार निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर थापाका अनुसार पहिले–पहिले त्यसलाई शङ्खे ओढार भनिन्थ्यो । रिठेडाँडामा गत वर्ष पर्यटकीय उद्यानको काम थालिएसँगै शङ्खे पहराको चर्चा बाहिरिएको हो । समिति र गाउँले मिलेर उक्त… पुरा पढौ

बेलायतमा महामारी सुरु भएयताकै सबैभन्दा बढी सङ्क्रमित, ओमिक्रोन पनि बढ्दोे

लण्डन । बेलायतमा कोरोना भाइरसको प्रकोप सुरु भए यताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका छन् । यहाँ बिहीबार मात्र ८८ हजार ३७६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यहाँ महामारीको प्रकोप बढेको यो दोस्रो दिन हो । अघिल्लो दिन अर्थात् बुधबार मात्र पनि यहाँ ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड सङ्क्रमणको पुष्टि भएको थियो । कोभिड महामारी सुरु भएयता एकैदिन पुष्टि भएका सङ्क्रमितको यो सर्वाधिक संख्या भएको यहाँका अधिकारीहरुले जनाएका छन् । यहाँ केही समययता हरेक दिन कोभिड १९ का… पुरा पढौ

जाडो छल्न बेँसी झार्दै भेडीगोठ

मनाङ । चिसो बढेसँगै मनाङका भेडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँसीतर्फ झार्न थालिएको हो । यहाँका चामे र नासो गाउँपालिका भेडापालक चरनका लागि चिसो बढेसँगै थानचोक ताल हुँदै लमजुङको घनपोखरा र घलेगाउँ पुर्‍याउने गर्दछन् । बर्खायममा चार हजार मिटरभन्दा अग्लो पाटनमा भेडा चराउनु यस क्षेत्रका भेडापालकको दिनचर्या भएको र चिसो बढेकाले मङ्सिरमै बेँसीतिर झर्न थालेका हुन् । नासो गाउँपालिकाका भेडापालक यादव घलेले आफ्ना डेढसय भेडा लिएर जाडो छल्न बेँसी… पुरा पढौ

रु. एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक हजारले बढेर रु. ९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९३ हजार मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९३ हजार ५०० कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला रु. ९२ हजार ५०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले बढेर रु. एक हजार २५० तोकिएको… पुरा पढौ

दुई पालिकाको लगानीमा पक्की पुल निर्माण सुरु

दमौली । तनहुँको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका जोड्न मितेरीखोलामा पक्की पुल निर्माण सुरु भएको छ । म्याग्दे–५ र शुक्लागण्डकी नगरपालिका–७ जोड्न मितेरीखोलामा पक्की पुल बन्न लागेको हो । उक्त पुलको म्याग्देका अध्यक्ष मायादेवी राना र शुक्लागण्डकी नगर प्रमुख किसान गुरुङले बिहीबार संयुक्त रुपमा शिलान्यास गरेका छन् । दुवै पालिकाको लागत साझेदारी रहने गरी पुल निर्माण गर्न लागिएको हो । विसं २०७९ मङ्सिर ५ गतेभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा कश्यप निर्माण सेवा प्रालिले पाएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय… पुरा पढौ

सबै पालिका र वडामा नेपाल टेलिकमको टेलिफोन र ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार

देशभरका सबै पालिका र वडामा टेलिफोन र ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार हुने भएको छ। यसका लागि संघीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल टेलिकमबीच सम्झौता भएको छ। मन्त्रालयको तर्फबाट सह–सचिव डाक्टर गोपीकृष्ण खनाल र कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बिहीवार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार नेपाल टेलिकमले सबै पालिका र अन्तगर्तका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र अन्य सरकारी कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन मन्त्रालयको समन्वयमा योजना तर्जुमा तथा कार्यान्वयन गर्नेछ। टेलिकमले… पुरा पढौ

आज नेपाल–भुटान १९ वर्षमुनिको महिला साफ च्याम्पियनसीपमा खेल्दै

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले भुटानको सामना गर्दैछ। नेपाल–भुटानबीचको खेल बंगलादेशको ढाकामा रहेको सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बेलुका पौने ७ बजे हुनेछ। फाइनल पुग्ने संभावना कायमै राख्न नेपाललाई भुटानसँगको खेल्न जित्नैपर्ने दबाब छ। नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० गोलले हराएको थियो। भुटानले पहिलो खेलमा श्रीलंकालाई ५–० ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ६–० र तेस्रो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो। प्रतियोगितामा लगातार २ खेल जितेको… पुरा पढौ

गण्डकीको उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात र वर्षाको संभावना

गण्डकी प्रदेश लगायत देशको पश्चिमी क्षेत्रमा हल्का हिमपात र वर्षाको संभावना रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी भाग र हिमाली जिल्लामा आज (शुक्रबार) हल्का हिमपात र वर्षाको संभावना छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज गण्डकी प्रदेश लगायत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात र वर्षाको संभावना रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव दिउँसोदेखि पूर्वी क्षेत्रमा सर्ने अनुमान रहेकाले वाग्मती प्रदेशका केही ठाउँमा पनि मौसम आंशिकदेखि सामान्य बद्ली… पुरा पढौ