समाचार

अधिकार खोसेर लिनुपर्छ : उप-सभामुख शर्मा

गण्डकी, ३ पुस (रासस) गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरुले संविधानले व्यवस्था गरेका हक अधिकार मागे र नभई खोसेर लिने पर्ने बताएकी छन् । नेपाल रेडक्रस सोसाईटी कास्की लैङगिक तथा सामाजिक समावेशिकरण समितिद्धारा आज पोखरामा आयोजित जिल्ला स्तरीय महिला गोष्ठीको उद्घाटन गर्दै उनले त्यसका लागि महिलाहरु संगठित भएर लाग्नु पर्ने बताईन् ।महिलाहरु राजनैतिक, सामाजिक र आर्थिकरुपमा हस्तक्षपकारी भूमिका निर्वाह गर्दै सशक्तिकरणमा लाग्नु पर्ने बताउँदै उनले प्रत्यक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता हुनु पर्नेमा जोड दिईन् । दुःख र अन्यायमा… पुरा पढौ

बेडगाँउ जिल्लाकै पहिलो बालविवाह मुक्त गाउँ घोषणा

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडाको बेड गाँउलाई जिल्लाकै पहिलो बालविवाह मुक्त गाँउ घोषणा गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग तथा सामुदायिक विकास केन्द्रको पहलमा वडाध्यक्ष रामबहादुर खड्काले आज यहाँ आयोजित कार्यक्रममा उक्त गाँउलाई बालविवाह मुक्त टोल घोषणा गरेका हुन् । उक्त वडा यसअघि जिल्लामा सबैभन्दा बढी बालविवाह हुने वडाका रुपमा परिचित थियो । अबका केही दिनमा अन्य गाउँमा पनि बालविवाह मुक्त घोषणा गर्न अहिले प्रत्येक गाउँ टोलबाट पहल गर्न थालिएको केन्द्रका सूचना अधिकारी एकराज बडुले जानकारी… पुरा पढौ

पशुपन्छी औषधी व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा श्रेष्ठ

नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा तनहुँ खैरेनीटारकी बसन्ता श्रेष्ठ चयन भएकी छन् । संघको शुक्रबार बाग्लुङमा सम्पन्न भएको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन मार्फत श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएकी छन् । उनको नेतृत्वमा अधिवेशनले ११ जना नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा स्याङ्जाका अर्जुन थापा र नवलपरासीपुर्वका धुर्वप्रसाद पाण्डे, सचिवमा कास्कीका भिमबहादुर सुनार, कोषाध्यक्षमा म्याग्दीका टेकप्रसाद सापकोटा र सह–सचिवमा स्याङ्जाका अर्जुन मरासेनी चयन भएका छन् । यस्तै सदस्यहरुमा टिकाराम सापटकोटा, कमल पौडेल, राजेन्द्र… पुरा पढौ

मनकामना केबलकार चार दिन बन्द हुने

चितवन । मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सञ्चालन हुने उनले बताए । उक्त अवधिभर केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् रहनेछ । कम्पनीले केबलकारमा प्रयोग… पुरा पढौ

थकाली युवाहरुको राष्ट्रिय भेला पुस ७ गतेदेखि ११ गतेसम्म पोखरामा

थकाली युवाहरुको राष्ट्रिय भेला पुस दोश्रो साता पोखरामा हुने भएको छ । थकाली सेवा समिति, केन्द्रीय युवा समितिको आयोजनामा यहि पुस ७ गतेदेखि ११ गतेसम्म पोखरामा प्रथम थकाली राष्ट्रिय युवा भेला हुने भएको हो । थकाली युवाहरुलाई आफ्नो भेषभूषा, संस्कार, संस्कृति र परम्परा जगेर्ना गर्न उत्प्रेरित गर्ने उद्धेश्यले थकाली युवाहरुको भेला गर्न लागिएको आयोजक थकाली सेवा समिति, केन्द्रीय युवा समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । भेलाको लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमीक शेरचनले उद्घाटन गर्ने कार्यक्रम तय… पुरा पढौ

हङकङमा संकलित रकम मिर्गौला पीडित कृष्ण गुरुङलाई प्रदान

हङकङमा संकलित रकम मिर्गौला पीडित कृष्ण गुरुङलाई प्रदान गरिएको छ। कास्की मादी–७, थाक गाउँकी हाल हङकङमा बस्दै आएकी नानी कमला गुरुङको पहलमा संकलित ८ लाख ६५ हजार २ सय ८० रुपैयाँ मिर्गौला पीडित गुरुङलाई हस्तान्तरण गरिएको हो। समजसेवी लक्ष्मी गुरुङ र मनु गुरुङले मिर्गौला पीडित गुरुङलाई संकलित रकम हस्तान्तरण गरेका हुन्। कार्यक्रममा मादी–७ का वडाध्यक्ष लालबहादुर गुरुङ जनकल्याण तमु समाजका अध्यक्ष इन्द्रबहादुर गुरुङ, सल्लाहकार नन्दबहादुर गुरुङ, कृष्ण गुरुङ बचाउ अभियान सहयोग समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङ समाजसेवीहरु तुल्सी गुरुङ, खोमबहादुर गुरुङ,… पुरा पढौ

काँग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित

नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन्। प्रदेश–२ को महिलातर्फको केन्द्रीय सदस्यमा यादव निर्वाचित भएकी हुन्। यादव शेरबहादुर देउवा समूहकी हुन्। उनले शेखर कोइराला समूहकी गीता चौधरीलाई पराजित गरेकी हुन्। चित्रलेखाले २ हजार ७३१ मत प्राप्त गर्दा चौधरीले १ हजार ८८५ मत प्राप्त गरिन्। पुरा पढौ

नेपालको फाइनल संभावना कायमै

१९ वर्षमुनिको महिला साफ फुटबल च्याम्पियनसीपमा नेपाल फाइनल नजिक पुगेको छ। बंगलादेशको ढाकामा भएको खेलमा नेपालले भुटानलाई ४–० ले हराउँदै फाइनलका लागि संभावना कायमै राखेको छ। नेपालका लागि मेनुका आलेमगरले २, कुशुम खतिवडा र रजनी थोकरले १÷१ गोल गरे। यो जितसँगै नेपालले ३ खेलबाट ७ अंक जोडेको छ। नेपालले पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० गोलले हराएको थियो। बंगलादेशको पनि ३ खेलबाट ७ अंक छ। नेपालले अब भारतसँग खेल्दैछ। भारतको ३ खेलबाट ६… पुरा पढौ

एघारौं पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी

पोखरा, २ पुष । एघारौ पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी ईन्डष्ट्रीज प्रालि रहने भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा पुष २८ देखी माघ ९ गते सम्म पोखराको अमरसिंह चौरमा हुने एघारौं संस्करणको पोखरा महोत्सवमा पोखरा नयाबजारमा कर्पोरेट अफिस रहेको रवि एण्ड सन्नी इन्डष्ट्रिज प्रा.लि.ले मुख्य प्रायोजकमा रही महोत्सवलाई साथ दिने भएको हो । युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ र रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.का अपरेटिङ अफिसर सन्नी रौनियार बिच मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।… पुरा पढौ

लिग खेल्न मनाङमर्स्याङदी क्लवलाई प्रदेश सरकारले दियो १० लाख

नेपालको ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङदी (एमएमसी)लाई गण्डकी प्रदेश सरकारले १० लाख सहयोग गरेको छ । गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङको रोहवरमा एक सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता–पत्रमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ र एमएमसीको तर्फबाट अध्यक्ष मुखिया गुरुङले हस्ताक्षर गरेका छन् । पोखरामा लिग खेलकै इतिहासमा पहिलो पटक आयोजना हुने लागेको शहिद स्मारक लिग अन्तर्गत हुने फुटबल प्रतियोगितामा होम एण्ड अवेको अवधारणामा एमएमसीले पोखरा रंगशालालाई… पुरा पढौ