समाचार

कांग्रेस महाधिवेशन अपडेट : मतदानको समय फेरि डेढ घण्टा थप

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतदान गर्ने समय केन्द्रीय निर्वाचन समितिले फेरि डेढ घण्टा बढाएको छ । केन्द्रीय निर्वाचन समितिले यसअघि राती ९ बजेसम्म मतदान गर्ने समय निर्धारण गरेकोमा मतदानमा ढिला भएपछि समितिले फेरि डेढ घण्टा बढाएर राति साढे १० बजेसम्मको समय थप गरेको हो । समितिले यसअघि साँझ ५ बजेसम्म मतदानको समय सार्वजनिक गरेपनि सो समय पर्याप्त नभएको भन्दै ४ घण्टा समयावधी बढाएर राती ९ बजेसम्म मतदानको समय तोकेको थियो । विहान ८ बजेबाट मतदान हुने भनिएको भए… पुरा पढौ

पोखरा महानगरको प्रशासकीय भवन शिलान्यास

पोखरा । पोखरा महानगरपालिकाले आफ्नो सुविधासम्पन्न र अत्याधुनिक प्रशासकीय भवन निर्माण सुरु गरेको छ । पोखरा–८ नयाँबजारस्थित दमकलमार्गमा महानगरको आफ्नै चार रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने भवनको आज महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले शिलान्यास गरिन् । साबिक पोखरा नगरपालिका हुँदादेखिको साँघुरो भवनबाट सेवा दिँदै आएको महानगरले यसअघि पटक÷पटक भवन निर्माणका लागि जमिन खोजी गरेको तर जमिन अभावमा प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन । महानगरका अनुसार ‘अन्डरग्राउन्ड पार्किङ’ सहितको पाँचतलाको भवन रु १९ करोड पाँच लाख छ हजार ३०८… पुरा पढौ

एमाले महासचिव र चिनियाँ उपमन्त्री चाओबीच वार्ता

काठमाण्डौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलसँग चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्र्तगतको अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) उपमन्त्री चेन चाओले आज भीडियो वार्ता गरेका छन् । उपमन्त्री चेनचाओले पोखरेलको पदभार ग्रहणमा बधाई दिँदै दुई पार्टीबीचका अन्तरसम्बन्धित विचारहरूलाई अझ बढी बलियो बनाउँदै लैजाने विचार व्यक्त गरे । महासचिव पोखरेलले एमालेको १०औँ महाधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको जानकारी गराउँदै चिनियाँ कम्युनिष्ट पार्टी र एमालेबीच पुरानो सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउने बताए । उपमन्त्री चाओले यही मङ्सिर २८… पुरा पढौ

महिला सशक्तिकरणको नेतृत्व अनेमसङ्घले लिनुपर्छ : पोखरेल

काठमाण्डौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले महिला सशक्तिकरण नेतृत्व अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले लिनुपर्ने बताएका छन् । अखिल नेपाल महिला सङ्घले आयोजना गरेको ‘एमाले १०आँै राष्ट्रिय महाधिवेशनको सन्देश ः समावेशितासहित एक तिहाइ महिला सहभागिता’ विषयक कार्यक्रममा उनले वैशाखमा स्थानीय तहको निर्वाचन हुने सम्भावना रहेकाले महिला सङ्घले सङ्गठन विस्तारलाई ध्यान दिनुपर्ने बताए । “हरेक घरमा महिला सङ्घ पुग्नुपर्दछ । महिलाका मुद्दामा महिला सङ्घभन्दा अरू छैन भन्ने अनूभूति हरेक महिलाले गर्नुपर्दछ,” उनले भने, “सदस्यता विस्तार र कमिटी निर्माणतिर लाग्नुपर्दछ ।”… पुरा पढौ

शिक्षकलाई राजनीतिक दलको उम्मेदवार नबाउन सर्वोच्चको अन्तरि आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले शिक्षकहरूलाई राजनीतिक दलको महाधिवेशन प्रतिनिधि, केन्द्रीय कार्यसमितिको मतदाता र उम्मेदवार बन्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको इजलासले आइतबार उक्त आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “हाल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि पद ग्रहण गरेका प्रत्यर्थी विपक्षीलाई सोभन्दा माथिल्लो तहको अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय कार्यसमितिमा मतदाता हुन र उम्मेदवार बन्ने बनाउने कार्य नगर्नु नगराउनु भनि सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको… पुरा पढौ

कांग्रेस महाधिवेशनमा पत्रकारमाथि दुव्र्यवहार भएकोप्रति महासङ्घको ध्यानाकर्षण

काठमाण्डौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा समाचार सङ्कलनका लागि पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यबाट दुव्र्यवहार भएको घटनाप्रति नेपल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ । महाधिवेशनका क्रममा आज तीन घण्टा ढिलो गरी सुरु भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकालाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले भित्र जान नदिई दुव्र्यवहार गर्दै समाचार सङ्कलनमा रोक लगाएका थिए । समाचार सङ्कलनमा अवरोध गरेको घटनाप्रति महासङ्घले आज विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षणसमेत गराएको छ । ‘नेपाली कांग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९.५७ अङ्कले ओरालो लागेर दुई हजार २८१.६७ अङ्कमा ओर्लेको छ । केही समय पहिले बुलिस टे«ण्डमा अगाडि बढेको बजार वियरिसमा झर्दा यो हालसम्मकै कम बिन्दुमा आइपुगेको हो । नेप्से झण्डै ११०० अङ्कले घटेको छ भने बजार पूँजीकरण रु १२ खर्बले घटेको छ । नेप्सेका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.४७ अङ्कले घटेर ४३७.५९ मा ओर्लिएको… पुरा पढौ

कांग्रेस १४औँ महाधिवेशन : मतदान गर्ने समय ४ घण्टा थप

काठमाण्डौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मतदान समय थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाईका कारण झण्डै चार घण्टापछि सुरु भएकाले मतदानको समय थप गरिएको हो । निर्वाचनमा मतदाताको सङ्ख्या र हालसम्म खसेको मतको सङ्ख्यालाई मध्यनजर गरी आज राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । कांग्रेस १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । साँझ ५ बजेसम्म दुई… पुरा पढौ

नाटक लेखन कार्यशालाका लागि ८ जना छनौट

पोखरा । पोखरामा पौष १ गतेबाट सुरु हुने नाटक लेखन कार्यशालाका लागि ८ जना सहभागी छनौट भएका छन् । नाटक लेखन कार्यशालाका लागि खुल्ला रुपमा आवेदन खुलाइएकोमा कुल १५ जना आवेदक मध्येबाट ८ जना छानिएको पोखरा थिएटरका अध्यक्ष तथा क्रियटिभ डाइरेक्टर परिवर्तनले जानकारी दिए । यसरी छनौट हुनेमा गुल्मीकी रिता ज्ञवाली, झापाकी गीता बुढाक्षेत्री, संखुवासभाकी पत्रिका घिमिरे, हुम्लाका नरेन्द्र बुढाथोकी रहेका छन् । यसैगरी कास्कीका शरद भण्डारी, दर्शन कुँवर, अजय जिसी र रोशनी श्रेष्ठ समेत छनोटमा पर्न सफल भएका छन्… पुरा पढौ

बागलुङमा ग्रामीण पोषण सुधार कार्यक्रम

बागलुङ । सुत्केरी महिला र एक हजार दिनका बालबालिकाको पोषण व्यवस्थापनका लागि बागलुङमा ग्रामीण पोषण कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ । कृषि ज्ञान केन्द्र बागलुङले दुई वर्ष उमेर समूहका बालबालिकाको परिवारलाई कार्यक्रममा सहभागी बनाउने भएको हो । गण्डकी प्रदेश सरकारको ग्रामीण पोषण सुधार कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोषणयुक्त तरकारी उत्पादन तथा मह उत्पादनमा जोडेर पोषणमा सुधार गर्ने कार्यक्रम रहेको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । सूचीकृत समूह वा सहकारीमा आवद्ध १५ देखि २५ जना सुत्केरी महिलाको समूहले यो कार्यक्रममा सहभागिता… पुरा पढौ