समाचार

कांग्रेस महाधिवेशन: एक हजार ३६५ मत खस्यो

काठमाडौ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा एक हजार ३६५ मत खसेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३:३० बजेसम्म एक हजार ३६५ मत खसेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिनुभयो । कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा ५१३ र भृकुटीमण्डपका दुई स्थान… पुरा पढौ

दीर्घकालमा लाभ हुने कम्पनी छानेर लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिएका छन् । “शेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका विषयमा स्पष्ट पार्न सरकार तयार छ”, उनले भने “ अर्थमन्त्रीले शेयर बजार बढाउने घटाउने गर्दैन, लगानीकर्ता आफै जिम्मेवार भएर लगानी गर्नुस् ।” बीमा समितिको नयाँ भवनको आज ललितपुरमा शिलान्यास गर्दै अर्थमन्त्रीले कम्पनी चिनेर ढुक्कले लगानी गर्न प्रोत्साहित गरे । पछिल्लो समय शेयर बजारमा आएको गिरावटको दोष आफूमाथि लगाएको भन्दै उनले… पुरा पढौ

अमेरिकामा गोली प्रहार एकको मृत्यु, १४ घाइते

टेक्सास । अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा भएको घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । घाइते भएका मध्ये एक जनाको घटनास्थलमै मृत्यु भएपनि बाँकी तीन जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरुको भनाई छ । सवै घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना आइतबार राती भएको हो । भिडभाड र हल्ला भइरहेको बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका बारेमा विस्तृत अनुसन्धान… पुरा पढौ

कांग्रेस १४औँ महाधिवेशन : प्रधानमन्त्री देउवाद्वारा मतदान

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान गरेका छन् । सभापतिका प्रत्यासी उनले राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । केहीबेरअघि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंहले पनि मतदान गरिसकेेका छन् भने अन्य प्रत्यासी डा शेखर कोइराला र विमलेन्द्र निधि पनि मतदानस्थलमै छन् । यसैगरी उपाध्यक्षका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा रामशरण महत, सुनील थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला, बालबालिका तथा… पुरा पढौ

भारतमा थप सात हजार ३५० कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा सात हजार ३५० जनामा कोरोना सङ्क्रमण देखापरेको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट २०२ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अझै पनि ९१ हजार ४५६ जना सक्रिय सङ्क्रमित रहेका सो मन्त्रालयले सोमबार जनाएको छ । यो संख्या ५६१ दिनयताको नै सब भन्दा कम भएको पनि समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमतिको १ प्रतिशत भन्दा कम भएको जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या ०.२६… पुरा पढौ

म्याग्दीखोलामा चार जलविद्युत् आयोजनाको निर्माण सुरु

म्याग्दी। जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माण सुरु गरिएका छन् । संसारको सातौ अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन् । थप दुई आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् । डाँडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन र राहुघाट जोड्ने प्रशारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएर बसेका प्रवद्र्धक सक्रिय भएका मालिका गाउँपालिका–७ बिमका वडाध्यक्ष रेशम जुग्जालीले बताए । “नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा सवस्टेशन र… पुरा पढौ

शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौं:अध्यक्ष प्रचण्ड

राससनेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् । शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उनले पूँजीको लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पूँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताए । शेयर बजार विरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको दोहो¥याए । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले भने, “अध्यक्ष प्रचण्डले… पुरा पढौ

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज (सोमबार) बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङदी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार उक्त पराकम्प १२ वैशाख २०७२ कै हो। भूकम्प जाँदा सदरमुकाम बेसीसहरसहित जिल्लाको मस्र्याङ्दी गाउँपालिका हिमाली जिल्ला मनाङ आसपासका जिल्लामा धक्का महसुस भएको थियो। पुरा पढौ

काँग्रेस महाधिवशेन: मतदान एक घण्टा ढिलो

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान एक घण्टापछि सुरु हुने भएको छ। बिहान ८ बजे सुरु हुने भनिएको मतदान एक घण्टा ढिलो हुने महाधिवेशन मिडिया सेन्टरले जनाएको हो। मतदानका लागि महाधिवेशन प्रतिनिधिहरु लाइनमा बसिसकेका छन्। मतदान साँझ ५ बजेसम्म हुनेछ। मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। भृकुटीमण्डपमा छिर्ने दुवैतर्फका सडकहरुमा सुरक्षा कडा गरिएको छ। परिचयपत्र हेरेरमात्र मतदानस्थलमा प्रवेश दिइएको छ। जसका लागि भृकुटीमण्डप ५ सय १४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३… पुरा पढौ

शिक्षा मन्त्री पौडेलद्वारा पोखराको शितलादेवी विद्यालयको अवलोकन

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पोखराको शितलादेवी सामुदायिक विद्यालयमा सरप्राइज चेकिङ गरेका छन् । विगत केही वर्षदेखि उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा रहेको उक्त विद्यालयमा मन्त्री पौडेलले अवलोकन गरेका हुन्। मन्त्री पौडेलले विद्यालयको गुणस्तरीय शिक्षा, बढ्दो विद्यार्थी संख्या र आवश्यक भौतिक पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्। नेपालकै नमुना विद्यालयको रुपमा रहेको पोखराको शीतलादेवी सामुदायिक विद्यालयले राष्ट्रिय शिक्षा पुरस्कार २०७२ र २०७५ प्राप्त गरेको थियो भने प्रदेश प्रमुख शिक्षा पुरस्कार २०७६ प्राप्त गरेको थियो। विद्यालयमा हाल… पुरा पढौ