समाचार

एमालेको पोटिलब्यूरोमा को–को परे (सुचि सहित)

काठमाण्डौं । नेकपा (एमाले)ले पोलिटब्यूरो सदस्य चयन गर्नुका साथै केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज बसेको दोस्रो केन्द्रीय कमिटीको बैठकले सातै प्रदेशको प्रदेश कमिटी गठनसमेत गरेको छ । केन्द्रीय कमिटी बैठकले ८० सदस्यीय पोलिटब्यूरो गठन गरेको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए । बैठकले पोलिटब्यूरो सदस्यमा घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानभुक्त ढकाल, मणि थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल, अग्नि खरेल, शम्भू साह, राजन… पुरा पढौ

बैठकको निर्णय सबैले स्वीकार्नु पर्छ : अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले)को अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकले उत्कृष्ट प्रक्रियाबाट नेतृत्व चयन गरेको भन्दै बैठकको निर्णयलाई सबैले स्वीकार्नुपर्ने बताएका छन् । भक्तपुरको जर्मन होम हस्पिटालिटीमा जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दैै उनले पार्टी एकतालाई मूल मन्त्र मानेर अगाडि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले भने, “हाम्रो बीचको एकताले मात्र सबै कुरा जित्न सकिन्छ, एकताको मन्त्रमा ध्यान दिएर अगाडि बढ्नुपर्छ कसैलाई जिम्मेवारी पुगेन भनेपछि उचित जिम्मेवारी दिनेछौँ ।” केन्द्रीय कमिटी नेतृत्व व्यवस्थापन र जिम्मेवारी दिने कुरा… पुरा पढौ

छानोविहीन घरमा रात बिताउँदै वृद्ध दम्पती

दमाैली । ढुङ्गामाटोले बनेको घर । खरले छाएको छानो, तर अहिले घरमा त्यही खरको छानो पनि छैन । गत असारमा गएको पहिराले घर भत्किएको छ । छानो नभएको घरमा छन् एक वृद्ध दम्पती । कठ्याङ्ग्रिद्रो चिसोमा छानोविहीन घरमा बस्न बाध्य छन् म्याग्दे गाउँपालिका–५ झिरुवासका ७५ वर्षीय धनबल गुरुङ र उनकी श्रीमती । भत्किएको टहरो, च्यातिएको गुन्द्री र केही थान च्यातिएको कपडासहित धनबल दम्पती विगत छ महिनादेखि कष्टकर जीवनयापन गर्न बाध्य छन् । चिसोयाम, घरमा खाने अन्न र रातमा सुत्ने ओछ्यान… पुरा पढौ

मिर्गौलापीडितलाई पाँच लाख बढी सहयोग

बागलुङ । आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहनु भएकी गलकोट नगरपालिका–१० पाण्डवखानीकी मिर्गौलापीडित १९ वर्षीया मुना सुनारलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । गलकोट समाज जापान कान्तो क्षत्रीय समितिले सुनारको उपचारार्थ सङ्कलन गरेको रु. पाँच लाख ३५ हजार शनिबार उनकी आमा लालमायालाई हस्तान्तरण गरिएको हो । नियमित डायलासिसका लागि पैसा नभएपछि उनका परिवारजनले सहयोगको याचना गरेका थिए । अर्थाभावमा उपचारबाटै वञ्चित हुनुपर्ने स्थिति देखेपछि सुनारलाई आर्थिक सहायता प्रदान गरिएको समितिका उपाध्यक्ष हिमाल कँडेलले बताए । जापानमा रहेका नेपालीहरुबाट सो… पुरा पढौ

जोमसोम–कोरला सडकको छ खण्ड निर्माण सकियो

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको छवटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३-७४ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो । आयोजनाका प्रमुख जगत् प्रजापतिले चराङ–छोसेर २५ किलोमिटरबाहेक अन्य छवटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको बताए । “जोमसोम–कोरला खण्डको छवटा प्याकेजमा सडक स्तरोन्नति सकिएको छ”, उनले भने,… पुरा पढौ

पुस १५ देखि १७ गतेसम्म पोखरामा सडक महोत्सव

पाेखरा । अङ्ग्रेजी नयाँ वर्षमा पोखरालाई गन्तव्यस्थलका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले अगामी पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मूल आवश्यकता’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको हो । रेवानका अध्यक्ष लक्षमण बरालले भने “कोरोनाको मारमा परेको पर्यटनलाई चलायमान बनाउन र पोखरालाई नयाँ वर्षको गन्तव्यस्थलका रूपमा सडक महोत्सवको आयोजना गर्दै आएका छौँ, यस वर्ष पनि महोत्सवले पनि आन्तरिक पर्यटक पोखरा आउने… पुरा पढौ

काँग्रेस १४ औँ महाधिवेशन : १३४ पदका लागि ५४८ उम्मेदवार

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (आइतबार) बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छुट्याइएको छ। हिँजो विभिन्न पदमा उम्मेदवारी दिएकाहरुले फिर्ता लिन चाहेमा आज बिहान ११ बजेसम्मका लागि समय तोकिएको छ। काँग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ। उपसभापतिमा ७ जनाको उम्मेदवारी परेको छ। त्यस्तै, महामन्त्रीमा ६ जना, सह–महामन्त्रीमा २० जनाको उम्मेदवारी परेको छ। संस्थापन समूहबाट सभापतिमा शेरबहादुर देउवा उम्मेदवार छन् भने संस्थापन इतर समूह विभाजित भएको छ। यो… पुरा पढौ

पोखरा लगायत देशभर चिसो बढ्यो, भोलीसम्म कायम रहने, सतर्क रहन सुझाव

पछिल्लो पटक पोखरा सहित देशभर चिसो बढ्न थालेको छ। पोखरामा दिउँसो घाम लागेपनि बिहान र साँझ चिसो बढेको छ। पोखरामा पछिल्लो २४ घन्टाको तापक्रम न्यूनतम ९ दशमलव २ डिग्रिसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ। मौसम पूर्वानुमान महाशाखा अनुमान गरिए पनि चिसो मौसमको महसुस गरिएको छ। विशेषगरी, राति र बिहान तापक्रम घट्न थालेको छ र चिसो बढेको छ। यस्तो अवस्थामा बिहान र राति घरबाहिर ननिस्कने र निस्कनै परे न्यानो कपडा लगाउँदा चिसोबाट बँच्न सकिन्छ। त्यस्तै, काठमाडौं… पुरा पढौ

माओवादीलाई हराउन सक्ने तागत कोहीसँग छैनः प्रचण्ड

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्दै अध्यक्ष दाहालले भने, ’माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग छैन । हामी अरूजस्तो पार्टी होइन, राष्ट्र र जनताका लागि काम गर्ने पार्टी हो।’ उनले सबै तह, तप्कामा आक्रामक ढङ्गले गयौं र जनतालाई विश्वासमा लियौं भने आफू नेतृत्वको पार्टी एक नम्बरको पार्टी बन्ने… पुरा पढौ

धादिङ–पोखरा सम्पर्क समाजको साधारणसभा सम्पन्न

पोखरा । धादिङ्ग जिल्ला घर भई स्थायी तथा अस्थायी रुपमा पोखरामा बसोबास गरेका धादिङबासीको सामाजिक संस्था धादिङ्ग–पोखरा सम्पर्क समाजको २३ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणभाका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले अन्तर जिल्ला समाजमध्ये धादिङ समाज यहाँको अग्रणी समाज रहेको बताइन् । पोखरालाई समृद्ध बनाउन धादिङबासीको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले धादिङबासीको समस्यामा पनि पोखरेलीले उत्तिकै सहयोग गर्नुपर्ने उल्लेख गरिन् । ‘२३ वर्ष पुगिसकेको यो संस्था युवा अवस्थामा छ । पोखरामा हरेक क्षेत्रमा धादिङबासी स्थापित छन्… पुरा पढौ