समाचार

कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पार्टी विधानको धारा १७ को २ बमोजिम पार्टीको विशेष महाधिवेशन यही पुस २७–२८ गते गर्न माग गरेका छन् । उनीहरुले आज काठमाण्डौंमा पत्रकार सम्मेलन गरी विधानले तोकेको विशेष महाधिवेशनका लागि दर्ता निवेदनको समयसीमा ‘तीन महिना’ अर्थात् यही पुस २८ गतेभित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नैपर्नेबारेमा ध्यानाकर्षण गराएका हुन् । विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरू देवराज चालिसे, प्रमोदहरि गुरागाईं, मनोजमणि आचार्य, सुवास पोखरेल, नारायणप्रसाद भट्टराईलगायतले केन्द्रीय कार्यसमितिले यही पुस २६ देखि २८ गते नियमित महाधिवेशनको… पुरा पढौ

जन प्रकाशमा परिवार नियोजनको अभियान

नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान १२ वटा विद्यालय तथा क्याम्पसमा सम्पन्न गरिसकेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १२ वटा विद्यालय तथा क्याम्पसमा सम्पन्न भईसकेकोे सभापति नवीन सिग्देलले जानकारी दिए । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिक स्थित जन प्रकाश मा.विमा अभियान संचालन गरिएको छ । कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले अभियानले स्वास्थ्य र… पुरा पढौ

म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद

म्याग्दीमा ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले गत मङ्सिर १५ गतेदेखि अवैध भरुवा बन्दुक सङ्कलनका लागि सुरु गरेको ‘अप्रेसन ब्राभो सेरा’ अभियानबाट एक महिनाकै अवधिमा १ सय १५ थान अवैध भरुवा बन्दुक बरामद गरेको हो । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जङ्गलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरुवा बन्दुक नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर… पुरा पढौ

महिला अधिकारकर्मीले भने–‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’

महिला अधिकारकर्मीले संविधानको भावनाअनुरुप समानुपातिक समावेशी अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन् । महिला अधिकारका लागि दबाब अभियानले आज माइतिघर मण्डलामा दबाबका लागि र्‍यालीसहित अधिकारको माग गरिएको हो । त्यस क्रममा माइतिघर मण्डलाबाट सुरु भएको र्‍याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था धनि र सम्पन्नशाली व्यक्तिका लागि नभइ सीमान्तकृत, महिला, दलित, जनजाति र पछाडि पारिएका समुदायको अधिकारका लागि रहेको भन्दै विरोध जनाइएको थियो । सहभागी महिलाहरूले संविधानप्रदत्त समानुपातिक समावेशी अधिकारको पालना, दण्डहीनताको अन्त्य, नेतृत्वमा महिला… पुरा पढौ

म्याग्दीको मुदीमा प्रेक्षालयसहित वडा कार्यालय भवन निर्माण

म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय भवन निर्माण भएको छ । धौलागिरि गाउँपालिकाले दुईतले सभाहलसहितको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । भवन निर्माणका लागि गत २०८१ चैत महिनामा मालिका भगवती कन्ट्रक्सनले रु ८४ लाख ९६ हजारमा ठेक्का सम्झौता गरेको थियो । बिहीबार भवन हस्तान्तरण भएको वडाध्यक्ष यामबहादुर घर्तीले बताए । वडा भवन बनाउन मुदीका पूर्वप्रधानपञ्च गङ्गलाल घर्तीले दुई रोपनी १६ आना र रेशमबहादुर घर्तीले तीन आना जग्गा दान गरेका थिए । गाउँपालिकाले यसअघि मुदीमा २०८१ मा रु ८९ लाखको लागतमा… पुरा पढौ

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटन सूचना केन्द्र सञ्चालन

कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को सहयोग एवम् वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा केन्द्र सञ्चालनमा ल्याइएको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को आगमनको अवसर पारी बिहिबारदेखि केन्द्र सञ्चालनमा आएको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार केन्द्रमार्फत यहाँ आउने पर्यटकलाई उक्त क्षेत्रको पर्यटकीय जानकारीसँगै यहाँस्थित होटेल तथा ९होमेस्टे० घरबासलगायत विषयमा जानकारी प्रदान गरिने छ । केन्द्रमा एक्यापबाट एक र स्थानीय… पुरा पढौ

पोखरामा दैनिक ५ घण्टा विद्युत अवरुद्ध

शिशिर उजाडपोखरा पोखरामा शुक्रबारदेखि दैनिक ५ घण्टा विद्युत सेवा अवरुद्ध भएको छ। पुस २० गतेसम्म विहान ६ देखि ११ बजेसम्म लाइन काटिने प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए। पोखरामा वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी बसबार मर्मत गर्नुपर्ने भएकाले दैनिक ५ घण्टा लाइन काटेर मर्मत गरिने केन्द्रका प्रमुख यादवले बताए।योसँगै पोखराका अधिकांस क्षेत्रमा बिहान ५ घण्टा विद्युत अवरुद्ध भएको छ । पछिल्लो समय पोखरामा ग्राहक संख्या बढेसँगै विद्युत खपत र माग पनि बढेकाले अपग्रेडका लागि मर्मत गर्न… पुरा पढौ

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

सन् २०२५ दुई लाख ९९ हजार आठ सय ३१ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । यो प्रसिद्ध पदयात्रास्थलको भ्रमण दक्षिण एसियाली मुलुकका एक लाख ७७ हजार ६२८ र अन्य मुलुकका एक लाख २२ हजार २०३ ले गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख रबीन कडरियाले बताए । सन् २०२४ मा दुई लाख ४४ हजार ४५ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिएभने सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएका थिए । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर,… पुरा पढौ

लक्ष्मी मावि व्यवस्थापन समितिको अध्यक्षमा गुरुड

पोखरा महानगरपालिका वडा नं. २६ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा खेम बहादुर गुरुङ चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिको बैठकले सदस्यहरु मध्यबाट विहिबार गुरुङलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अभिभावक भेलाबाट गुरुड सहित सविना गौतम र डुल बहादुर पुन सदस्यमा छनौट भएका थिए । त्यसैगरी वडा शिक्षा समितिले सिता बस्ताकोटी र इश्वरी कुमारी जि.सी लाई सदस्यमा मनोनित गरेको थियो भने कर्ण बहादुर जि.सी लाई विद्यालय व्यवस्थापन समितिको बैठकले सदस्यमा मनोनित गरेको थियो । शिक्षक अभिभावक… पुरा पढौ

तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा

गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिए । आयोगले आज गृह मन्त्रालयलाई पत्र लेखी लेखकको भ्रमण फुकुवाको जानकारी गराएको छ । आयोगले सो पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र मन्त्रालय, प्रहरी प्रधान कार्यालय र निज लेखकलाई दिइएको… पुरा पढौ