समाचार

तथ्याङ्क दिवसमा पोखरामा कर्मचारी सम्मान्, विद्यार्थी पुरस्कृत

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले सही तथ्याङ्क सङ्कलन गर्न सकिएमा योजना तर्जुमा गर्न सहयोग पुग्ने बताएका छन् । तथ्याङ्क दिवस, २०८२ को अवसरमा तथ्याङ्क समन्वय कार्यालय पोखराद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष देवकोटाले व्यक्तिगत सूचना सङ्कलनबाट उत्पादित तथ्याङ्कले पुनः सामुहिक सूचनामा काम गर्दै निर्णय प्रक्रियाको आधार तय गर्न सकिने बताए । गण्डकी प्रदेश नीति तथा योजना आयोगले विकास साझेदारसँग मिलेर केही विषयको तथ्याङ्क लिने काम पनि गरिरहेको जानकारी दिँदै उनले यस्तो तथ्याङ्कले आवाधिक योजना… पुरा पढौ

जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्नेभएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आज सञ्चारकर्मीको प्रश्नको जवाफमा तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने काम सम्पन्न भएसँगै अब तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानमा बोलाउन पत्राचार गर्न लागेको स्पष्ट गरे । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री ओलीले सो आयोगको कानुनी हैसियत र स्वच्छतामा प्रश्न उठाउँदै बयान दिन आयोगमा नजाने पक्षमा आफ्नो भनाइ सार्वजनिक गरिरहेको… पुरा पढौ

वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन, भ्रष्टाचारमुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यसहित निर्वाचनको तयारीमा लागिसकेको बताएका छन् । अध्यागमन विभागद्वारा आज काठमाडौँमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ ९एफएनएमआइएस० कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यथास्थानबाट सरोकार भएका सबैको यथोचित भूमिकाको अपेक्षा पनि सरकारले गरेको बताए । उनले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग… पुरा पढौ

म्याग्दीको धवलागिरी अस्पताल भवनमा, तीन पटक म्याद थप गर्दा पनि आधा काम मात्रै

तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा म्याग्दीस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ । तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच श्यया क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न चुनौति छ । गत साउन महिनादेखि रोकिएको भवन निर्माण मध्यहिँउदसम्म पनि सूचारु नभएको म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको धवलागिरी बजार इकाईका सभापति तेजेन्द्र थापाले बताए । भवन निर्माण पुरा नहुँदा म्याग्दीका अन्य स्थानीय तहको तुलनामा भौगोलिक… पुरा पढौ

पोखरामा पुस १९ गते झ्व भ्वय हुने, निसा देसारले नचाउने

सन्देश श्रेष्ठपोखरा, पुस १७ पोखरामा यहि पुस १९ गते झ्व भ्वय हुने भएको छ । नेवाः मिसा पुचः कास्कीको आयोजनामा नेवारी सांस्कृतिक उत्सव झ्व भ्वयको चौथो संस्करण शनिबार हुने भएको विहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । नेवाःमिसा पुचःले संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्दनका लागि हरेक ३/३ वर्षमा यो कार्यक्रम गर्दै आएको छ । २०७२ सालदेखि शुरु भएको यो भोज २/२ वर्षमा गर्ने भनिए पनि विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस कोभिड–१९ का कारण बिचमा रोकिएको थियो… पुरा पढौ

‘मृत्यु यस्तो हुनु हुँदैन’नाटक पोखरामा मञ्चन हुँदै

पद्माप्रेम थिएटरको प्रस्तुति रहेको ‘मृत्यु यस्तो हुनु हुँदैन’नाटक पोखरामा मञ्चन गरिने भएको छ । बाँच्न नजान्ने निम्न मध्यमवर्गीय परिवारको पीडामा केन्द्रित भएर तयार पारिएको नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’यही पुस २४ गतेदेखि २७ गतेसम्म पोखरा नाटक घरमा प्रर्दशन गर्ने तयारी भई रहेको छ । पद्माप्रेम थिएटरको प्रस्तुतिमा सावित्रा पाठक सबुले लेखेको नाटक हरेक दिन एक सो साँझ ५ बजे तथा शनिबार दिउँसो १ र साँझ ५ बजे गरी दुई सो गरी पाँच सो देखाईने पोखरा थिएटरका संस्थापक एवं निर्देशक पञ्चसुब्बा… पुरा पढौ

करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको उक्त नाका आज बिहानदेखि सञ्चालनमा आएको हो । नाका सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरेपश्चात् सवारीसाधन सञ्चालनमा आएका उनले जानकारी दिए । उनका अनुसार पुलको भारवहन क्षमता ५५ टन बराबर रहेको छ । केरूङ नाका खुलेपश्चात् चिनियाँ सामान आयातका लागि आठ वटा नेपाली… पुरा पढौ

जानकी मावि व्यवस्थापनको अध्यक्षमा बास्तोला

जानकी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पत्रकार हरिप्रसाद बास्तोला सर्वसम्वत चयन भएका छन् । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडामा अवस्थित सो विद्यालयमा भएको व्यवस्थापन समितिका सदस्यको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो । पोखरा १७ का वडाअध्यक्ष एवम् वडा शिक्षा समितिका अध्यक्ष राधिका कुमारी शाही योगीको उपस्थितिमा गठन गरिएको समितिको सदस्यमा सिता काप्mले भण्डारी, देवीलाल शर्मा भण्डारी, मुना श्रेष्ठ र नर्मदा केसी रहेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावकको भेलाले तीन जान सदस्य र वडा शिक्षा समितिबाट दुई जना,… पुरा पढौ

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ । यसैगरी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी… पुरा पढौ

हतारमा गल्ती भएको महशुष भएको छ, त्यसमा रिभ्यू हुन्छ : रवि

सन्देश श्रेष्ठपोखरा, पुस १६ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विधि मिचिएको अवस्था भए रास्वपामा राईट टु रिकल हुने बताएका छन् । सूर्य दर्शन सहकारी ठगी मुद्दामा तारिख बुझ्न पोखरा आएका उनले बुधबार पोखराका पत्रकारहरुसँग कुरा गर्दै सोमबार बुझाइएको समानुपातिक उम्मेदवारको नामावलीमा विधि मिचिएको पाईए राईट टु रिकल गरिने बताएका हुन् । रास्वपाले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नेताका आफ्ना आफन्त रहेको पाइएको छ । जसका कारण अहिले सामाजिक सञ्जालमा नयाले नै विधि मिचेको भन्दै आलोचना भइरहेको छ । सो… पुरा पढौ