गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन, भ्रष्टाचारमुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यसहित निर्वाचनको तयारीमा लागिसकेको बताएका छन् ।
अध्यागमन विभागद्वारा आज काठमाडौँमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ ९एफएनएमआइएस० कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यथास्थानबाट सरोकार भएका सबैको यथोचित भूमिकाको अपेक्षा पनि सरकारले गरेको बताए । उनले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले शुभारम्भ भएको यस प्रणाली अध्यागमन सूचना व्यवस्थापन प्रणालीमा एक कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस प्रणालीले अध्यागमन कानुन बमोजिम विदेशी नागरिकको आवतजावत र बसाइँलाई प्रभावकारी बनाउने, आगन्तुकको व्यक्तिगत सुरक्षा थप मजबुत बनाउने, विपद्को समयमा खोजी तथा उद्धारमा सहजीकरण गर्ने, नेपाल बसाइँका क्रममा हुनसक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्ने, अपराध भएमा अनुसन्धान प्रभावकारी बनाउने र विश्वस्तरमा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुर्याउने रहेको बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






