समाचार

पोखरा इलेक्ट्रिक क्लबमा सापकोटा

पोखरा । पोखरा इलेक्ट्रिक क्लबको २३ औं साधारण सभा तथा ७ औं अधिवेशनले कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत चयन भएको कार्यसमितिको निवर्तमान अध्यक्षमा भिमप्रसाद गौतम, उपाध्यक्षमा दीपक बास्तोला,महासचिवमा अमृत पोखरेल,सहसचिवमा प्रकाश कटवाल र कोषाध्यक्षमा ऐन भट्टराई चुनिएका छन् । क्लबका कानूनी सल्लाहकार शुकेदव गौतम संयोजक तथा हरिप्रसाद भट्टराई र डिल्लीराम आचार्य सदस्य रहेको निर्वाचन समितिले दिएको जानकारी अनुसार कार्यसमितिका सदस्यहरुमा डोलराज लम्साल,प्रदीप पौडेल,गणेशप्रसाद भट्टराई ,गोपी उप्रेती प्रेमबहादु कार्की र दानबहादुर श्रेष्ठ रहेका छन् । सञ्जय… पुरा पढौ

पोखरामा लागू औषध कारोबारी दुई महिला पक्राउ

लागू औषध कारोबार गरेको आरोपमा पक्राउ परेका महिलाहरु लागू औषध कारोबारी दुई महिला पोखराबाट पक्राउ परेका छन् । लागू औषध कारोबारका लागि लागू औषध बोकेर हिंडिरहेका दुई जना महिलालाई मंगलबार पोखरा–८ सिमलचौरबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लमजुङ जिल्ला दोर्दी गाउँपालिका वडा नम्ब्र ७ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ९ बस्ने ३१ व्र्षिया प्रेमा गुरुङ र गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नम्बर २ घर भई हाल प्रेमाकै डेरामा बस्दै आएकी ३१ वर्षिया कोपिला अर्याल… पुरा पढौ

मगर चलचित्रकर्मी संघ कास्कीको अध्यक्षमा पुनः राहुल

मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः राहुल थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा केशव आलेमगर, सचिवमा पुष्पा पुर्जामगर, सह–सचिवमा चन्द्रबहादुर थापामगर र कोषाध्यक्षमा लेकदेवी पुनमगर रहनुभएको छ । त्यसैगरी, ११ सदस्यीय कार्यसमितिको सदस्यहरूमा अञ्जु बुढामगर, मुना रानामगर र बाजिन्द्र बुढामगर रहनुभएको छ भने तीन जना सदस्य पछि मनोनित गरिने जनाइएको छ ।यसअघि, अधिवेशनको उद्घाटन गर्दै मगर चलचित्रकर्मी संघ नेपालका केन्द्रीय उपाध्यक्ष मेजन पुनमगरले कोरोना महामारीका कारण चलचित्र क्षेत्रले ठूलो… पुरा पढौ

१४ लाखको बाउन्स चेक दिएको आरोपमा पोखराबाट एक पक्राउ

बैंकिङ कसुरमा पक्राउ परेका शंकर गुरुङ बाउन्स चेक दिएको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन् । बाउन्स चेक दिएको आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १३ बाँझापाटन स्थायी घर भई पोखरा–१० बुद्धचोक बस्ने ३५ वर्षिय शंकर गुरुङलाई पक्राउ गरेको हो । पक्राउ परेका गुरुङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जान्दाजान्दै १३ लाख ८० हजारको चेक दिएको आरोप लागेको छ । उनले दिएको चेक नसाटिएपछि चेक साट्न गएका व्यक्तिले आफूले पाउनुपर्ने रकम नपाएको भन्दै चेक बाउन्स गराएको आरोपमा… पुरा पढौ

चीनद्वारा पोखराका चार विद्यालयमा निःशुल्क ईन्टरनेट सुविधा

चीनिया दुतावासको सहयोगमा पोखराका चार सरकारी विद्यालयमा निःशुल्क ईन्टरनेट सुविधा प्रदान गरिने भएको छ । नेपाल–चीन जनमैत्री संघ पोखराको समन्वय तथा चीनिया दुतावासको सहयोगमा पोखराका जनचेतना मावि, जनजागृति मावि, शिशुकल्याण मावि र भविष्य निर्माण माविमा निःशुल्क ईन्टरनेट सेवा जडान गर्न लागिएको हो । ती चार विद्यालयमा निःशुल्क ईन्टरनेट जडान गर्ने सम्बन्धमा मंगलबार चीनिया राजदुत हउ यान्छीको भर्चुअल उपस्थितिमा सम्झौता भएको छ । सम्झौतामा नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखे र चार वटै विद्यालयका प्रधानाध्यापकहरुले मंगलबार पोखराको माउण्ट कैलाश रिसोर्टमा… पुरा पढौ

चौथोे डायमण्ड रनिङ सिल्डमा मंगलबार ६ खेल सम्पन्न

कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा चौथा डायमण्ड रनिङ शिल्ड खेलकुद प्रतियोगिता जारी रहेको छ । अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ संचालन भईरहेको खेलकुद प्रतियोगिताको दोस्रो दिन फुटबलका पहिलो चरणका ६ खेल सम्पन्न भएको विद्यालय संयोजक दिनेश शर्माले जानकारी दिएका छन् । दोस्रो दिनको पहिलो फुटबल खेल टाईब्रेक्ररमा कक्षा ११ व्यवस्थापन समुह लाई २—१ ले पाखा लगाउदै कक्षा १० बि समुहको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । त्यस्तै दिवश सुबेदीको… पुरा पढौ

सर्वोच्च अदालतमा आज तोकियो सबै खालका मुद्दामा पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले नौवटा इजलास पेसी तोक्नुभएको छ । तीमध्ये आठवटा संयुक्त र प्रधानन्यायाधीश राणाको एकल इजलास रहेको छ । सोमबार बन्दीप्रत्यक्षीकरणका मुद्दामा मात्र पेसी तोकिएको थियो । आज सबै खालका मुद्दामा पेसी तोकिएको छ । यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरुले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । सर्वोच्च… पुरा पढौ

सुनको मूल्य घट्यो चाँदीको स्थिर

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९२ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० रहेको छ । यसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार तोकिएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी सोमबार प्रतितोला रु एक हजार २५० मा… पुरा पढौ

बेलिब्रिज प्रयोगविहीन

राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडकमा चार वटा बेलिब्रिज प्रयोगविहीन भएका छन् । अर्कोतर्फ सडकको विभिन्न ठाउँका खोलामा पुल नहुँदा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यताका साथै सवारी आवतजावत् प्रभावित बनेको छ । स्थायी पक्की पुल निर्माण भएपछि अस्थायी रुपमा सवारीसाधन आवतजावत गराउन बनाइएको बेलिब्रिज प्रयोगविहीन बनेका हुन् । दुई वटा बेलिब्रिज प्रयोगविहीन बनिसकेको बेनी–जोमसोम सडकका थप दुई वटा बेलिब्रिज पनि विस्थापित हुने अवस्थामा रहेका बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजना प्रमुख जगत प्रजापतिले म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ र… पुरा पढौ

दशैं तिहारमा घरबास पर्यटनमा राहत

दशैं तिहारका बीचमा गण्डकी प्रदेशभित्रका चर्चित होमस्टेहरूमा पर्यटकको चहलपहल बढेसँगै व्यवसायीलाई पनि उत्साहित बनाएको छ । यस अवधिमा कास्कीको सिक्लेस, स्याङ्जाको सिरुबारी, पर्वतको भुकदेउराली, मुस्ताङको ठिनी, नवलपुरको अमलटारी लगायतका होमस्टेमा पर्यटकको उपस्थिति उत्साहजनक रहेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले बताए । “कोरोनाका कारण सुनसान जस्तै बनेका प्रदेशभित्रका अधिकांश घरबास ९होमस्टे०मा दसैँतिहारको अवधिमा आन्तरिक पर्यटकको राम्रै उपस्थिति देखियो,” उहाँले भन्नुभयो, “समग्रतामा क्षमताको ४० प्रतिशत पर्यटक होमस्टेमा पुगे पनि यसले आगामी दिनका लागि राम्रो सन्देश दिएको छ… पुरा पढौ