समाचार

अलैँचीको भाउ पाएपछि किसान मक्ख

बागलुङ । बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसानले यसपालि अलैँची बेचेर रु. २२ लाख छ हजार ५०० भित्र्याए । नमूना अलैँची उत्पादक कृषक समूहमा आबद्ध ती किसानले २० क्विन्टल अलैँची फलाएका थिए । अलैँचीबाट तुलसीराम पौडेलले सबैभन्दा बढी रु. पाँच लाख कमाए । त्यसपछि विमल पौडेलले रु. तीन लाख । विमल पौडेल समूहको अध्यक्षसमेत हुन् । अलैँचीले भाउ राम्रो पाएपछि किसानको कमाइ बढेको हो । अघिल्लो वर्ष प्रतिकिलो अलैँचीलाई जम्मा रु. ६०० मा बेचेका किसानले यो वर्ष रु. एक हजार १५० सम्म… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा

कास्की । माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका विभिन्न मार्गमा सञ्चालन हुने सार्वजनिक बसको भाडादर तोकेको छ । बसको भाडा र सञ्चालन तालिकाको सम्बन्धमा पटक–पटक गुनासा आउने गरेको र एकै प्रकारको भाडादर कायम नभएकाले पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिसहित सरोकार पदाधिकारीकोे छलफलबाट भाडादर कायम गरिएको गाउँपालिकाले जनाएको छ । प्रालिद्वारा पोखराको हरिचोकबाट गाउँपालिकाको खोराकोमुख लुम्रे मार्गमा सञ्चालन हुने बसको अधिकतम भाडा रु. ११० कायम गरिएको गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर शाहीले बताए । उनका अनुसारसोही मार्गअन्तर्गत पर्ने अन्य स्थानको भाडा पनि समायोजन गरिनेछ ।यातायात… पुरा पढौ

सामूहिक बलात्कारका तीन आरोपी पक्राउ

गलेश्वर । सामूहिक बलात्कारको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग–अलग ठाउँबाट प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । तीमध्ये एकजनालाई रुपन्देही र दुई जनालाई पोखराबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए। “आधुनिक विधि र प्रविधि प्रयोग गरी अनुसन्धान भइरहेको छ, घटनामा कसैको दबाब छैन”, उनले भने। एक्लै सुतिरहेको अवस्थामा ती युवाले जबर्जस्ती… पुरा पढौ

राष्ट्रिय जनगणना ०७८ः भोलिदेखि मूल गणना सुरू

राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि (बुधबार)बाट मूल गणना हुने भएको छ। मंसीरको ९ गतेसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागले जानकारी दिएको छ। मूल गणनाका लागि ४० हजार गणक र ८ हजार १६ जना सुपरीवेक्षक खटिने छन्। नेपालमा हरेक १०/१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ। यसअघि ३० भदौबाट सुरु भएको सूचीकरण १८ असोजसम्म चलेको थियो। छुटेका व्यक्ति तथा परिवारले केन्द्रीय तथ्यांक विभागमा सम्पर्क गरी टिपाउन सक्नेछन्। तथ्यांक विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने… पुरा पढौ

टी–२० विश्व कप क्रिकेटको सेमिफाइनलको समीकरण पूरा

आईसीसी टी–२० विश्व कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। अब फाइनल पुग्नका लागि पाकिस्तानले आउँदो बिहीवार सुपर १२ को समूह २ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ। अहिलेसम्म अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पाकिस्तान यो विश्व कपमा एक्लो टोली बनेको छ। यस्तै, फाइनल प्रवेशका लागि भोली (बुधबार) इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्नेछन्। सुपर १२ को समूह १ बाट इङ्ल्यान्ड विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् भने समूह २ बाट पाकिस्तान विजेता र न्युजिल्यान्ड उपविजेता बनेर सेमिफाइनलमा पुगेका हुन्। फाइनल खेल आउँदो… पुरा पढौ

दोस्रो अभ्यास खेलमा नेपाली महिला टिम पराजित

नेपाली महिला टिम बंगलादेशमा भएको दोस्रो अभ्यास खेलमा बंगलादेशको क्रिरा शिक्षा प्रतिष्ठानसँग ५ विकेटले पराजित भएको छ। आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोटको तयारीका लागि हाल बंगलादेशमा रहेको नेपाली महिला टिमले दोस्रो अभ्यास खेलमा बंगलादेशको क्रिरा शिक्षा प्रतिष्ठानसँग ५ विकेटल हार ब्यहोरेको हो। पहिलो खेलमा जित निकालेको नेपाली टिमको दोस्रो खेलमा भने राम्रो ब्याटिङ चल्न सकेन। टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टिम १८ ओभर ३ बलमा मात्र ४५ रनमा अलआउट बन्यो। नेपालका लागि २ खेलाडीले मात्र दोहोरो अंक जोड्न… पुरा पढौ

मंसीरमा हाई अल्टिच्युड माउण्टेनबाइक च्यालेन्ज हुने

मंसिरको तेस्रो साता प्रथम हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज हुने भएको छ। सोमबार आयोजक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश तथा जिल्ला साइक्लिङ संघ रसुवाले संयुक्त पत्रकार सम्मलेन गर्दै पहिलो संस्करणको हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज मसिंर १८ गते आयोजना गर्ने बताएको हो। ३ विधामा आयोजना हुने प्रतियोगिताको इलिटतर्फ मात्रै महिलाको सहभागिता रहँदा पुरुषतर्फ ईलिट, जुनियर र मास्टर गरी ३ विधामा प्रतिस्पर्धा हुनेछ। जिल्ला साइक्लिङ संघ रसुवाले प्रतियोगिताको रुटसमेत तय गरेको छ। प्रतियोगिताको इलिटतर्फको प्रथम देखि दशौं सम्मको विजेताले ४०… पुरा पढौ

म्याग्दीको रत्नेचौर खेलमैदानमा पूर्वाधार निर्माण

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा खेलमैदान बनाउन पूर्वाधार निर्माण भएको छ। बेनी नगरपालिका र युवा तथा खेलकुद मन्त्रालयले रत्नेचौरस्थित बुढोचौरलाई सम्माएर धौलागिरि क्षेत्रकै ठूलो खेलमैदानमा प्याराफिट, स्टेज, भवन र घेराबार निर्माण गरेका हुन्। पछिल्लो ४ वर्षमा ९० लाख रुपैयाँ लगानी भएको खेलमैदान स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा संघीय सरकारबाट थप १० लाख रुपैयाँ विनियोजन भएको छ। गत वर्ष विनियोजन भएको ७ लाख रुपैयाँ बजेटबाट निर्माण भएको खेलमैदान परिसरको २ कोठे सामुदायिक भवन आइतबार सांसद भूपेन्द्र थापाले शुभारम्भ गरे। भवनको १/१ कोठा… पुरा पढौ

यू–१९ क्रिकेट टोली छनोट

मङ्सिरमा आयोजना हुने वाइवाइ १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरिएको छ । जिल्ला क्रिकेट सङ्घले कात्तिक २१ गते छनोट क्याम्प सञ्चालन गरेर खड्गबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरेको हो । टोलीका अन्य सदस्यमा गजेन्द्र बोहरा, दीपक बोहरा, प्रदीप चन्द, सुनिल चन्द, वीरेन्द्रनाथ, श्याम साउद, नरेन भट्ट, भूपेन्द्र चन्द, वीरेन्द्र चन्द, हेमन्त चन्द, विशाल चन्द, नीरज रावल र सुरेन्द्र ऐरी रहेका छन् । यस्तै धीरज मल्ल, सन्तोष चन्द, दीपेन्द्र भण्डारी र जीवन चन्द वैकल्पिक खेलाडीको रुपमा… पुरा पढौ

जनमुक्ति सेनाद्वारा सेनालाई तीन लाख डोज भेरोसेल खोप उपलब्ध

काठमाडौँ । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरुप कोभिड–१९ विरुद्धको तीन लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ। प्रधानसेनापति प्रभुराम शर्मालाई जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले १० थान भेन्टिलेटर, १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित सो भेरोसेल खोप हस्तान्तरण गरेका थिए। सो अवसरमा प्रधानसेनापति शर्माले भेरोसेल खोप सहयोगका लागि मित्रराष्ट्र चीन सरकार र चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त खोप सेनाका सकल दर्जा र प्राथमिकताका साथ अन्य… पुरा पढौ