समाचार

टी–२० क्रिकेट वरियतामा नेपालको सुधार

अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीको टी–२० क्रिकेट वरीयतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ। आइसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान उक्लदै १३ औँ स्थानमा पुगेको हो। यसअघि नेपाल १४ औँ स्थानमा थियो। वरीयतामा इङ्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ। त्यसैगरी, भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन्। पुरा पढौ

भाइटीकाको साइत ११ बजेर २ मिनेटमा उत्तम

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास निर्णायक समितिले भाइटिकाको साइत सार्वजनिक गरेको छ । समितिले सार्वजनिक साइत अनुसार भाइटिकाको शुभ साइत ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाइएको छ । यही कार्तिक २० गते शनिबार भाईटिकको शुभसाइत विहान ११ बजेर २ मिनेटमा उत्तम रहेको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ । पुरा पढौ

एमाले एक्लैले बहुमत ल्याउँछ : अध्यक्ष ओली

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताए । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा उनले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताएका हुन् । पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उनले भने, “हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा ५०/५० प्रतिशतभन्दा बढी ल्याउनैपर्छ, त्यसको तयारी गर्नुहोस्, एमाले वैशाखी टेकेर होइन, एक्लै चुनावमा जान्छ ।” नेकपा एमाले बहुमतको सङ्कल्पका साथ अघि बढेको भन्दै उनले कसैको… पुरा पढौ

गण्डकीमा ३४ कोरोना सङ्क्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा २३ सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थपिनेमा कास्कीका नौ, स्याङ्जाका आठ, तनहुँका दुई तथा नवलपरासीपूर्व, लमजुङ, गोरखा र म्याग्दीका एक/एक जना छन् । यस अवधिमा पोखरा महानगरपालिका–२६ का ५६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार निजसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु… पुरा पढौ

पिसाव गर्न गएकी शान्ती श्रीको लडेर मृत्यु

पोखरा । सोमबार नवलपरासी पूर्वको दाउन्नेमा भारतीय एक महिलाको लडेर मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको यूपी ७६ एसएल २५१० नं को कारमा सवार भारतको उत्तर प्रदेश बस्ने शान्ती श्री २७ को विनयी त्रिवेणी–२ को दाउन्नेमा पिसाब गर्न जाने क्रममा सडकको डिलबाट अन्दाजी एक सय मिटर तल खस्दा उपचारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सवार कारमा ५ जना थिए । भिरबाट खसेर गम्भीर घाइते भएकी श्रीको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको… पुरा पढौ

एमालेमा पोखराका युवा व्यवशायीहरुको प्रवेश

पोखरा । पोखराका युवा व्यवशायीहरु नेकपा एमालेमा प्रवेश गरेका छन । युवा संघ नेपाल गण्डकी प्रदेशले गण्डकी प्रदेशमा ३० हजार युवालाई पार्टी प्रवेश र १५ हजार युवालाई संगठित गराउने अभियान चलाइरहेको वेलामा यहांका एकदर्जन वढी युवा ब्यवशायीहरु एमालेमा प्रवेश गरेका हुन । एमालेमा प्रवेश गर्नेहरुमा होटल तथा रेष्टुरेण्ट व्यवशायी सरोज गुरुङ (मिक्की), क्रस फायर बाइक सोरुमका सञ्चालक रोशन लोप्चन, नेपाल परिवार दलका केन्दीय सदस्य चित्र बहादुर गुरुङ, रुपाहिल दोहोरी सांझका सञ्चालक व्यवशायी मनोज कुमार वर्देवा सहित प्रेम अधिकारी, नेत्रमान गुरुङ… पुरा पढौ

फोनिज स्याङ्जाको संयोजकमा गुरुङ

स्याङ्जा । नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) स्याङ्जाको संयोजकमा तिलक गुरुङ चयन भएका छन् । आदीवासी जनजाती पत्रकार महासंघ स्याङ्जाको भेलाले गुरुङ्लाई तदर्थ समितिको संयोजकमा चयन गरेको हो । गुरुङ् ग्रामिण क्षेत्रमा बसेर पत्रकारीता गर्दै आएका व्यक्ति हुन् । त्यसैगरी भेलाले सात सदस्यीय तदर्थ समिति गठन गरेको छ । यसको उपसंयोजकमा अप्सरा राना सचिवमा इशा राना, सदस्यहरुमा अस्मिता राना, सिता थापा, प्रमोद गुरुङ र जमुना गुरुङ् चयन भएका छन् । नेपाल आदीवासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष एमवि… पुरा पढौ

पोखराका गुफाहरुको विकासका लागी सरकार प्रतिवद्घ छ : मन्त्री खड्का

पोखरा । गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री कुमार खड्काले प्रदेश सरकारले जनताका समस्यालाई उच्च प्राथामिकता राखेर काम गरेको बताएका छन् । महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले सोमवार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्वोधन गर्दै उनले वर्तमान गठवन्धन सरकारले जनमुखी काम गरेर प्रदेशलाई समृद्घ बनाउने बताए । मन्त्री खड्काले पोखरामा रहेका गुफाहरुको विकासका लागी प्रदेश सरकारले संभाव्यता अध्ययन गर्ने र छुट्टै अधिकार सम्पन्न समिति बनाएर काम थाल्ने समेत बताए । महेन्द्र गुफाको विकासका… पुरा पढौ

एसओएस पोखरामा विद्यार्थी परिषद् पदस्थापन

पोखरा । पोखरा १७ घारिपाटनमा रहेको एसओएस हर्मन माइनर स्कुल पोखरामा सोमबार विद्यार्थी परिषद्को पदस्थापन भएको छ । शैक्षिक वर्ष सन् २०२१/२०२२ का लागि विद्यालयले नयाँ परषिद् मतदानबाट सम्पन्न गरेको विद्यालयका प्राचार्य फुर्वु थिन्लेले बताए । परिषद्लाई सफल कार्यकालको शुभकामना दिँदै थिन्लेले अनुशासित र मर्यादित भएर नमूना बन्न आग्रह गरे । विद्यालयको शैक्षिक,सहक्रियाकलाप, खेलकुद एवम् चौतर्फी विकासमा परिषद्कोे महत्त्वपूर्ण भूमिका रहने उनले बताए । परिषदमा विद्यार्थी नायकमा तेजबहादुर तामाङ चयन भएका छन् । परिषद्मा तेन्जिन छोन्देन, छिरिङ टासी, टासी पाल्जोर,… पुरा पढौ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा विजयादशमी, दिपावली, छठलगायत पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले प्रेस स्वतन्त्रतालाई अङ्कुस लगाउने कुरामा सरकार जान नसक्ने स्पष्ट पारे । पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै उल्लेख भएको जनाउँदै उनले प्रदेशमा बन्ने कुनै पनि ऐन तथा कानून यसका विरुद्धमा हुन नसक्ने उल्लेख गरे । सरकारका कामकारबाही एवं गतिविधिका सम्बन्धमा प्रेस जगतबाट तथ्यगत समारचाको अपेक्षा गरिएको जनाउँदै… पुरा पढौ