समाचार

एएफसी यू–२३ एसियन कप छनोट फुटबल : नेपाल इरानसँग पराजित

काठमाण्डौं । एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ । ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रङ्गशालामा आज भएको खेलमा नेपाल इरानसँग ४–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खान पुगेको हो । इरानका लागि खेलको ४७औँ मिनेटमा मेहदीले गोल गरेका थिए । त्यस्तै इरानका होसेनले खेलको ७७औँ र ७९औँ मिनेटमा गोल गर्दै ३–० गोलको अग्रता दिलाएका थिए । यासिनले… पुरा पढौ

गल्याङ नगर अस्पतालमा दन्त उपचार सेवा सुरु

स्याङ्जाको गल्याङ नगर अस्पतालमा दन्त उपचार सेवा सुरु गरिएको छ । गल्याङ नगरपालिकाको व्यवस्थापनमा वडा नं ३ बल्पुकमा सञ्चालन हुँदै आएको अस्पतालले पहिलो पटक दन्त उपचार सेवा सुरु गरेको हो । रोटरी क्लब अफ काठमाडौँ नर्थको पहलमा रोटरी क्लब अफ उक जिङजङ न्यू ताईपेय÷ताईवान र रोटरी क्लब अफ आइआरडीको सहयोगमा दन्त उपचार सेवा सुरु गरिएको अस्पताल प्रशासक थानापति न्यौपानेले जानकारी दिनुभयो । रोटरी क्लबले मेसिन तथा उपकरण निःशुल्क उपलब्ध गराएको हो भने कान्तिपुर डेन्टल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सेवा थालिएको… पुरा पढौ

धवलागिरि अस्पताल पदाधिकारीविहीन

उपप्रादेशिक तहमा स्तरवृद्धिको घोषणा गरिएको धवलागिरि अस्पताल पदाधिकारीविहीन अवस्थामा छ । अघिल्लो व्यवस्थापन समितिका पदाधिकारीको अवधि गत असोज २२ गते सकिए पनि अझैसम्म नयाँ नियुिक्त हुन सकेको छैन । समितिका अध्यक्षको नियुक्ति प्रदेश सरकारले गर्छ । राजनीतिक नियुक्ति भएकाले सत्तापक्षीय दलबीच कुरा नमिल्दा पदाधिकारी चयनमा ढिलाइ भइरहेको हो । एउटै दलभित्र पनि अध्यक्षका आकाङ्क्षी धेरै छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन डा शैलेन्द्र विक पोखरेलले पदाधिकारी नियुक्तिका विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताउनुभयो । पदाधिकारी नहुँदा पनि अस्पतालको नियमित सेवा र… पुरा पढौ

एक लाख मात्रा फाइजर खोप हस्तान्तरण

नेपाल सरकारलाई अमेरिकी सरकारले आज कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई अमेरिकी सहयोग नियोग नेपालका निर्देशक सेपिडे केभान्साडले हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सचिव डा पोखरेलले खोपले कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न सरकारलाई सहयोग हुने बताउनुभयो । उहाँले अमेरिकाले उपलब्ध गराएको खोप १२ वर्षभन्दामाथिका दीर्घरोगीलाई लगाइने जानकारी दिनुभयो । नियोगका नेपालस्थित निर्देशक केभान्साडले खोप नेपाललाई दिन पाएकामा खुसी व्यक्त गर्दै उहाँले नेपाललाई भविष्यमा फाइजर खोपका लागि थप… पुरा पढौ

आन्तरिक पर्यटकका रोजाइमा ‘प्याराग्लाइडिङ ’

पोखरा । पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए। उनले कोरोना पछि पोखरामा आन्तरिक पर्यटकको आगमनले प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको बताए । “अहिले पोखरामा प्याराग्लाइडिङ गर्नेको सङ्ख्या राम्रो छ यसले प्याराग्लाइडिङ व्यवसायीलाई उत्साहित बनाएको छ ।” उनले भने । गत वर्ष ५० प्रतिशत छुट दिएर उडान गरेको भए पनि यो वर्ष भने छुट दिन नसकेको… पुरा पढौ

इङ्लिस प्रिमियर लिगः लिभरपुलसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेको छ। गएराति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको युनाइटेडमाथि ५–० गोल अन्तरको सानदार जित निकालेको हो। युनाइटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले ह्याट्रिक गरे। नेबी केइटा र डिएगो जोटाले १÷१ गोल गरे। खेलको पाँचौँ मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। जितसँगै लिभरपुलले ९ खेलमा २१ अंक जोडेको छ। युनाइटेड १४ अंक जोडेर सातौं स्थानमा रहेको छ । अर्को खेलमा टोटेनह्याम वेस्ट ह्यामसँग १–० गोल… पुरा पढौ

शाकिब बने टी–२० विश्व कपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी

बंगलादेशका शाकिब अल हसन टी–२० विश्व कप क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन्। हिँजो (आइतबार) भएको श्रीलङ्कासँगको खेलमा २ विकेट लिएका बंगलादेशका अलराउन्डर शाकिब अल हसन टी–२० विश्व कपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन्। शाकिबले टी–२० विश्व कपमा विकेटको संख्या ४१ बनाएसँगै टी–२० विश्व कप सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका हुन्। दोस्रोमा ३९ विकेटसहित पाकिस्तानका शाहीद अफ्रिदी, तेस्रोमा ३८ विकेटसहित श्रीलंकाका लासिथ मालिङ्गा र ३६ विकेटसहित पाकिस्तानका सईद अजमल चौथो नम्बरमा छन्। हिँजोको खेलमा ३ ओभर… पुरा पढौ

आइसीसी टी–२० विश्व कप: श्रीलंकाको सुखद् सुरुवात

आइसीसी टी–२० विश्व कप अन्तर्गत सुपर १२ को हिँजो (आइतबार) को पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले हराएको छ। शारजाह क्रिकेट मैदानमा बंगलादेशले दिएको १ सय ७२ रनको लक्ष्य श्रीलंकाले ५ विकेट गुमाएर ७ बलअघि नै भेटायो। श्रीलंकाका लागि चरिता असलंकाले अविजित ८० रन बनाए। यस्तै, भानुका राजपाक्क्षले ५३ रन बनाए। बलिङतर्फ बंगलादेशका नसुम अहमद र शाकिब अल हसनले २÷२ विकेट लिए। यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनायो। बंगलादेशका… पुरा पढौ

आइसीसी टी–२० विश्व कप: पाकिस्तानले भारतलाई पहिलो पटक हरायो

आइसीसी टी–२० विश्व कपमा पाकिस्तानले पहिलो पटक भारतलाई हराएको छ। भारतले दिएको १ सय ५१ रनको लक्ष्य पाकिस्तानले १ विकेट पनि नगुमाई १३ बलअघि नै भेटायो। पाकिस्तानका लागि कप्तान बाबर आजमले ६८ र विकेटकीपर मोहम्मद रिजवानले ७९ रन बनाए। आजम र रिजवानले १ सय ५२ रनको साझेदारी गरे। यसअघि, दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनायो। भारतका लागि कप्तान विराट कोहलीले ५७ रन बनाए। यस्तै, विकेटकीपर ऋषभ पन्तले… पुरा पढौ

पाँचसय ५७ सङ्क्रमित थपिँदा ८७७ जना सङ्क्रमणमुक्त

काठमाण्डौं । बितेका २४ घण्टामा देशभर ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ८७७ जना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका स्वास्थ्यसंस्था र प्रयोगशालामा सात हजार ६२५ जनाको परीक्षण गर्दा ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । छ हजार ६१ जनाको ‘पिसिआर’ परीक्षण गर्दा ५२२ र एक हजार ५६४ जनाको ‘एन्टीजेन’ विधिबाट परीक्षण गर्दा ३५ जना सङ्क्रमित भेटिएका हुन् । देशभर १० हजार २०१ जना सक्रिय सङ्क्रमित रहेका,… पुरा पढौ