समाचार

बाढी प्रभावितलाई छिटोभन्दा छिटो राहत प्याकेजको घोषणा गरिने : प्रधानमन्त्री

सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताएका छन् । केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा बाहिनी मुख्यालय पक्कली सुनसरीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्षासँगै आएको बाढी, पहिराका कारण सुदूरपश्चिम र प्रदेश नं १ मा ठूलो जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गरे । उनले आफू काठमाडाँै फर्किनासाथ आवश्यक क्षतिपूर्तिका लागि निर्णय गर्ने बताए । विपद् ढोल… पुरा पढौ

खोलामा बालक बेपत्ता, एक पुरुष मृतावस्थामा भेटिए

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका– ७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । शनिबार साँझ भुजीखोलामा साथीसँग खेल्न भनी गएका ढोरपाटन –७ धाराबोटका दिलबहादुर विकका पाँच वर्षीय छोरा जीवन बेपत्ता भएका हुन् । उनी साथीसँग खेल्ने क्रममा भुजीखोलामा रहेको साघुँबाट खसेका स्थानीयवासीले बताएका छन् । नमूना बाल विकास धारकोटमा अध्यननरत विक दिउँसो खेल्दाखेल्दै खोलामा पुगेका थिए । बेपत्ता विकको खोजीका लागि प्रहरी चौकी बुर्तिबाङ बागलुङबाट पाँच जनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । नजिकै रहेको… पुरा पढौ

खोलामा बालक बेपत्ता, एक पुरुष मृतावस्थामा भेटिए

बलेवा । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका– ७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । शनिबार साँझ भुजीखोलामा साथीसँग खेल्न भनी गएका ढोरपाटन –७ धाराबोटका दिलबहादुर विकका पाँच वर्षीय छोरा जीवन बेपत्ता भएका हुन् । उनी साथीसँग खेल्ने क्रममा भुजीखोलामा रहेको साघुँबाट खसेका स्थानीयवासीले बताएका छन् । नमूना बाल विकास धारकोटमा अध्यननरत विक दिउँसो खेल्दाखेल्दै खोलामा पुगेका थिए । बेपत्ता विकको खोजीका लागि प्रहरी चौकी बुर्तिबाङ बागलुङबाट पाँच जनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए। नजिकै… पुरा पढौ

म्याग्दीमा व्यावसायिक कालिजपालन

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२१ ले डाँफे, मुनाल, कालिजलगायतका वनजंगलमा पाइने पंक्षी पाल्न तथा सिकार गर्न प्रतिबन्ध लगाएको छ। विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा सिकार गर्न पाइने कानूनी व्यवस्थासँगै पछिल्लो समय कालिज पाल्नेको लहर चलेको छ। केही वर्षअघिसम्म दुर्लभ मानिने कालिज (वनकुखरा)को मासु होटल, रेष्टुरेन्टदेखि व्यक्तिका भान्छामा सहजरूपमा उपलब्ध हुन थालेको छ।भारतीय गोरखा सैनिकबाट सेवानिवृत्त भएपछि व्यावसायिक कालिजपालन सुरुआत गरेका बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरे छोटो समयमै राम्रो व्यावसायिक सफलता मिलेको बताउँछन्। ‘पल्टनमा हुँदा दार्जिलिङमा कालिजपालन… पुरा पढौ

पृथ्वी राजमार्गमा गुडिरहेको बसमा आगलागी, यात्रु सकुशल

पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज –आइतबार) बिहान आगलागी भएको छ। सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख १४७१ नंको यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। ३६ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ। बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ। राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए। पुरा पढौ

‘गर्भावस्थामा कोभिडविरुद्धको खोप लगाउनु सुरक्षित’

कोभिड–१९ को महामारी सुरु भएदेखि नै गर्भवती महिलाहरूमा यसले पार्ने असरबारे होसियारीसाथ ध्यान दिइएको छ। कुनैपनि नयाँ संक्रामक रोग लागेमा गर्भवती महिला र उनमा भएको भ्रुणलाई असर गर्न सक्छ भन्ने विश्वासका कारण महिलालाई संक्रामक रोगबाट सुरक्षित राख्न खोप वा औषधिको प्रयोगबारे अध्ययन गरिएको र १८ महिनाको अनुसन्धानपछि डाक्टर तथा अनुसन्धानकर्ताहरूले यसको खतराबारे सान्दर्भिक व्याख्या गरेका छन्। कोभिड–१९ को संक्रमण गराउने सार्स–कोभ–२ का कारण संक्रमित अधिकांश गर्भवती महिलामा जटिल समस्या भएको अनुभव नगरिएको अध्ययनले देखाएको छ। यद्यपि, कोभिडको भाइरसले हल्का वा… पुरा पढौ

वैशाखयताका विपद्जन्य घटनामा ३५३ को मृत्यु

काठमाण्डौं । यही वर्षको वैशाखयता विपदजन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन् । सबैभन्दा बढी पहिरामा परेर १६१ को मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि बाढीबाट ५२ र चट्याङ लागेर ४९ जनाको मृत्यु भएको छ । भारी वर्षाले १८, सर्पले टोकेर २०, आगलागीबाट १८, जनावरको आक्रमणबाट २८, डढेलो, हावाहुरी र महमारीबाट सात जनाले ज्यान गुमाएका छन् । बेपत्ता भएका ८० मध्ये पहिरामा ४२… पुरा पढौ

विपद्मा परेकालाई सरकारले राहत दिनुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाण्डौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढी, पहिरो प्रभावित जनतालाई सरकारले राहत दिनुपर्ने बताए । उनले विपद्मा परेकाका लागि प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले किसानलाई बीउविजन, मल, ऋण, क्षतिपूर्ति, भत्केका संरचना निर्माणलगायत सबै किसिमको प्रबन्ध मिलाउन सरकारले दीर्घकालीन र तत्कालीन कार्यक्रम ल्याउनुपर्ने बताए । सरकारलाई अझ तदारुकताका साथ राहत कार्यक्रममा जुटन आग्रह गर्ने उनले बताए । फरक प्रसङ्गमा नेता पौडेलले अझै पनि लोकतन्त्रमाथि सङ्कट नटरेकाले त्यसको… पुरा पढौ

एमाले पोखरा–७ मा किशोर बराल

पोखरा । नेकपा (एमाले)को पोखरा–७ को वडा कमिटीको अध्यक्षमा किशोर बराल सर्वसम्मत निर्वाचित भएका छन् । एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्र्तगत शनिबार सम्पन्न प्रथम वडा अधिवेशनले बरालको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी चयन गरेको हो । यसै क्रममा आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न भएको नेकपा एमाले केन्द्रिय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ। एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कार्तिक ११… पुरा पढौ

एमाले पोखरा–४ को अध्यक्षमा शंकर बहादुर कोइराला

पोखरा । नेकपा (एमाले) पोखरा–४ को वडा कमिटीको अध्यक्षमा शंकर बहादुर कोइराला निर्वाचित भएका छन् । शनिबार सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्र्तगत प्रथम वडा अधिवेशनले कोइराललाई वडा कमिटीको अध्यक्षमा चयन गरेको हो । यसै क्रममा आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न भएको नेकपा एमाले केन्द्रिय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ। एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कार्तिक ११ गते स्थायी… पुरा पढौ