समाचार

भाष्कर स्मृति प्रतिष्ठानले जेष्ठ नागरिकलाई सम्मान गर्ने

भाष्कर स्मृति प्रतिष्ठानले ३० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानको यहि कात्तिक १८ गते विहीबार हुने प्रथम भेलाको अवसरमा ३० जना जेष्ठ सदस्यहरुलाई ज्येष्ठ नागरिक सम्मानबाट सम्मान गर्ने प्रतिष्ठानका संयोजक अमर सापकोटाले जानकारी दिए । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ४ घाम्नुङ, राईथर (तारकाङ) निवासी पुर्खा भाष्कर सापकोटाभाटका सन्तान दरसन्तानहरुको आपसी भाइचारा वृद्धि गर्दै सामाजिक कामका सक्रियता वढाउने उध्येश्यले भाष्कर स्मृति प्रतिष्ठान गठन गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १३ काँहुखोलामा कार्यालय रहने सो प्रतिष्ठानका… पुरा पढौ

जग्गा बाँझो राखेर बैंकबाट ऋण लिने परिपार्टीको अन्त्य गरौं : मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले जग्गा बाझो राखी बैंकबाट ऋण लिने परिपार्टीको अन्त्य गर्नुपर्ने बताउनु भएको छ । पोखरा २२ स्थित फेवा टोल विकास संस्था तथा पात्ले सिम्ले लामडाँडाले विहिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । पछिल्लो समयमा पर्यटकीय महत्व राख्ने स्थानहरुमा शहर बजारका केही टाठाबाठा एवं हुनेखाने व्यक्तिहरुले गाँउ गाँउका डाँडा पाखा खरिद गरी त्यसै बाजो राखी बैंकबाट ऋण असुली गर्दै आएको सन्दर्भमा मन्त्री बरालले… पुरा पढौ

पोखरामा ईनारमा एक व्यक्ति मृत भेटिए

पोखरामा पानीको ईनारमा एक व्यक्ति मृत भेटिएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३१ म पर्ने बेगनास बसपार्कस्थित पानीको ईनारमा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ भदौरे देउराली घर भएका अन्दाजी २२÷२३ वर्षिय राजु लामिछाने मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव ईनारबाट निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शव गृहमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ । पुरा पढौ

पोखरामा घरको जग हाल्न खनेको खाल्डो भत्किएर महिलाको मृत्यू

पोखरामा घरको जग हाल्न खेको खाल्डो भत्किएर एक जनाको मृत्यू भएको छ । पोखरा ११ फुलबारीस्थित लामिछाने थर भन्ने ठाउँमा घर निर्माण गर्न खनेको जगको खाल्डोमा सोइलिङ गर्ने क्रममा खाल्डोको भित्ता भत्किएर पुरिदा ती व्यक्तिको मृत्यू भएको हो । मृत्यू हुनेमा सिन्धुली जिल्ला ठूला गाउँ घर भई पोखरा महानगरपालिका वडा नम्बर ११ फुलबारीमा डेरागरी बस्ने ४१ व्र्षिया आइतीमाया थोकरको मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । खाल्डोमा पुरिएर गम्भीर घाइते भएकी आईतीमायालाई तत्काल उद्धार गरेर उपचारका लागि मणिपाल… पुरा पढौ

स्वर्गीय उदय बहादुर बस्नेत स्मृति भलिबल सम्मान यम रानालाई

स्वर्गीय उदय व बस्नेत स्मृति भलिबल खेलाडी सम्मान वाट पोखराका किर्याशिल खेलाडी यम राना सम्मानित हुने भएका छन् । कास्की जिल्ला भलिबल संघ का संस्थापक अध्यक्ष स्व उदय व बस्नेत को स्मृति मा पोखरा को बाटुलेचौरमा रहेको हिमालय क्लबले स्थापना गरेको उक्त पुरस्कार पहिलो पटक राष्ट्रिय भलिबल टिमका कप्तान रानालाई प्रदान गर्न लागिएको हो । रानालाई क्लबले यही कार्तिक १३ गते एक कार्यक्रमकाबीच सम्मान पत्र सहित नगद १० हजार रुपैयाँको पुरस्कार प्रदान गरिने क्लब का अध्यक्ष मोहन थापा ले जानकारी… पुरा पढौ

अन्नपूर्ण आधार शिविरको यात्रा अवधि छोटियो

म्याग्दी । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दोभान–छोटेपा हुँदै हुमखोला जोड्ने सडक निर्माण भएपछि तीन दिनको यात्रा अवधि छोटिएको हो । नारच्याङको अन्नपूर्ण युवा क्लबका अध्यक्ष श्याम पुर्जाले चार दिनको यात्रा अब दुई दिनमा छोटिएको जानकारी दिए । “नारच्याङबाट छोटेपा र छोटेपाबाट हुमखोला दुई दिन हिँड्नुपर्ने बाटो अहिले गाडीमा दुई घण्टामा पार गर्न सकिन्छ”, उनले भने “सडक यातायातको सुविधासँगै नारच्याङबाट अब बढीमा दुई दिनमा अन्नपूर्ण… पुरा पढौ

‘म्याराडोना कप’ मैत्रीपूर्ण फुटबल हुँदै, बार्सिलोना र बोका जुनियर्सबीच खेल हुने

अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाको सम्झनामा स्पेनी क्लब बार्सिलोना र अर्जेन्टिनी क्लब बोका जुनियर्सबीच मैत्रीपूर्ण खेल हुने भएको छ। बार्सिलोना र बोका जुनियर्सबीचको मैत्रीपूर्ण खेल आगामी डिसेम्बर १४ मा साउदी अरेबियामा हुने तय भएको छ। मैत्रीपूर्ण खेलको नाम ‘म्याराडोना कप’ राखिएको छ। ीवगतमा म्याराडोनाले बार्सिलोना र बोका जुनियर्स दुवै क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए। म्याराडोनाको गत नोभेम्बरमा ६० वर्षको उमेरमा अर्जेन्टिनाको एक अस्पतालमा निधन भएको थियो। म्याराडोनासहितको टोलीले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएको थियो। म्याराडोना अर्जेन्टिनाका पूर्वप्रशिक्षकसमेत हुन्।… पुरा पढौ

आइसीसी टी–२० विश्वकप क्रिकेटः अफगानिस्तानको पनि सुखद् सुरुवात

आइसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले पनि सुखद् सुरुआत गरेको छ। सारजाहमा भएको खेलमा स्कटल्यान्डलाई १ सय ३० रनले पराजित गर्दै अफगानिस्तानले सुखद् सुरुआत गरेको हो। अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो। यसअघि, पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो। पुरा पढौ

गाडीको ठक्करबाट साउदीमा एक नेपालीको ज्यान गयो

सडक दुर्घटनामा परि साउदीमा एक नेपालीको ज्यान गएको छ। मदिना अलियामा ड्युटी जाने जाँदै गर्दा सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट रामेछापका युवराज क्याप्छकीमगरको मृत्यु भएको साउदीस्थित नेपाली दूतावासले बताएको छ। उनी, ८ महिनाअघि बैदेशिक रोजगारीका लागि साउदीको एक रेस्टुरेन्टमा काम गर्दै थिए। दूतावासका अनुसार, मृतक मगरको शव आवश्यक कानूनी प्रकिया पूरा गरि नेपाल ल्याउने तयारी भइरहेको जनाएको छ। पुरा पढौ

सुडानमा सैनिक ‘कु’, विरोधमा उत्रिएका ७ जनाको गोली लागेर मृत्यु

सुडानमा सेनाले गरेको सत्ता कब्जाको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले गोली चलाएको छ। सेनाको गोली लागेर ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्। सेना र प्रदर्शनकारीबीचको झडप भएको थियो। स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जनाएअनुसार प्रदर्शनका क्रममा गोली लागेर १ सय ४० जना घाइते भएका छन्। सुडानमा सोमबार संक्रमणकालीन सरकारको नेतृत्व गरिरहेको सेनाले सत्ता कब्जा गरेको थियो। सेनाले प्रधानमन्त्रीसहित थुप्रै नेतालाई गिरफ्तार गरेको थियो। सशस्त्र बलले नागरिक शासन अपदस्त गरी राजनीतिक नेताहरूलाई पक्राउ गरेर संकटकाल घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा आएका हुन्।… पुरा पढौ